Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

चलचित्र पत्रकार संघको तीज कार्यक्रम

डेक्स

डेक्स

चलचित्र पत्रकार संघको तीज कार्यक्रम
ADVERTISEMENT

विक्रम बुढाक्षेत्री 
हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै छ । यतिखेर दर खाने कार्यक्रमले बाँकेका अधिकांश होटलहरु भरिभराउ छन । अर्थात तीजको दरखाने कार्यक्रमले होटल व्यावसायीको यतिखेर राम्रै आम्दानी भईरहेको छ ।

विभिन्न संघ–संस्थाले आयोजना गर्ने दर खाने कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतलाई बोलाउने भाषण गर्ने प्रक्रिया प्राय सबै कार्यक्रममा देखिन्छ । जुन दर खाने कार्यक्रममा पनि हुन्छ । 

हामी कहाँ एउटा परम्परा नै छ, भरसख धेरै व्यक्तिहरुलाई स्टेजमा राख्ने र दुर्ई÷चार घण्टा भाषण गरेर बिताउने । यस्तो परम्पराबाट धेरे व्यक्तिहरुहरु वाक्क भई सकेका हुन्छन । तर नेपालगन्जमा चलचित्र पत्रकार संघ बाँके शाखाले आयोजना गरेको कार्यक्रममा माथिका कुनै पनि परिस्थिति देखिएन । नत स्टेजमा भाषण गर्ने व्यक्तिहरु नै देखिए ।

चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले हरेक वर्ष झै यस वर्ष पनि तीजको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको थियो । तीजमा दर खाने बाहना समातेर बाँके शाखाले जिल्ला पहिलोपटक महिला पत्रकारहरुलाई समेटेर ‘चलचित्र पत्रकारितमा महिला पत्रकारको अवस्था र सम्भावना’ सिर्षकमा अन्तरक्रिया आयोजना गरेको हो ।

कार्यक्रममा बाँके शाखाकी सदस्य सावित्री विश्वकर्माको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल पत्रकार महासंघ बाँके शाखाकी उपाध्यक्ष करुणा शाह रहेकी थिइन् । र स्टेजमा उनीहरु दुईजना मात्रै थिए । 

कार्यक्रमको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले चलचित्र पत्रकारितामा सम्भावना रहेको बताए । शाहले छोटो समयमा चलचित्र पत्रकार संघ बाँके शाखाले धेरै कामहरु गर्दै आई रहेको र सानो टिम भएता पनि बाँकेको सक्रिय पत्रकारको संस्थाको रुपमा आगडि बढेको बताउनुभयो ।  
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…