Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

राज्यको बित्तिय बितिरण प्रणालीमा हस्तान्तरण भएको पाँच अरब स्थानीय तहमा रोकियो

डेक्स

डेक्स

राज्यको बित्तिय बितिरण प्रणालीमा हस्तान्तरण भएको पाँच अरब स्थानीय तहमा रोकियो
ADVERTISEMENT

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका बिभिन्न सेवामा कार्यरत दितीय तहका अधिकृतहरुको सेवाकालीन तालिम अन्तर्गतका ACMD-2, 2080 को Know Your Economy शीर्षकमा यार्षा समूहका प्रशिक्षार्थीहरुले "बित्तिय बितिरणका चारबर्षको अभ्यास" बिषयक एक दिने सेमिनार ललितपुर स्थित प्रतिष्ठानको पृथ्वी हलमा शुक्रबार सम्पन्न गरेका छन । 

सो सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्रमा नेपालले अंगिकार गरेको संघीय संरचना अन्तर्गत तीनै तहमा बित्तिय बितिरण गरिएको बजेटको उपयोग खर्च वार्षिक अस्सी प्रतिशत भन्दा बढि हुन् नसकेको अध्ययनले देखाएको छ | यसैगरि स्थानीय तहले उक्त रकम खर्च गर्न नसके संघको कोषमा फिर्ता नगरी आफ्नै कोषमा राख्ने गरेकाले उदेश्य अनुरुप विकास हुन सकिरहेको पाइएन | उक्त कार्यपत्रको प्रमुख उद्देश्य विनियोजित राजस्व को उचित उपयोग र राष्ट्रियकोषको नीतिगत सुधारका लागि सुझाब प्रस्तुत गर्नु रहेको थियो | 

कार्यक्रमको प्रमुख अतिथि प्रतिष्ठानका बरिस्ठ निर्देशक त्रिलोचन पोखरेलले संघियता अहिलेपनि अभ्यासको क्रममा रहेकोले उचित बय्स्थापन गर्नमा जोड दिनु भयो | उहाले ससर्त अनुदान राज्यको मुख्य सन्चालन खर्चमा रहेकोले यसलाई अझ बढी बयस्थित बनाउनुका साथै राजस्व संकलन र बितरण स्थानीय र संघमा दोहोरो हुनु पर्नेमा जोड दिनु भयो|

कार्यक्रमका बिशेष अतिथि प्रतिष्ठानका अध्ययन निर्देशक द्दय डा. रघु बिस्ट र अनिता पौडेलले आर्थिक विकासका बिभिन्न आयामहरुको कसीमा विकासखर्च र राजस्व संकलन लाई हेर्नुपर्ने बताउनुभयो | उहाँहरुले अध्ययनको दायरालाई अझ बढी फराकिलो बनाई बिभिन्न  अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेटेर लैजानु पर्नेमा जोड दिनुभयो |

बित्तिय बितरणका चार बर्षमा बजेट विनियोजन संगै बेरुजु पनि उत्तिकै बढेकोले आर्थिक सुचंकाकमा सुधार गर्नु पर्ने देखिएको छ| तीनै तहमा आपसी समन्वयको आभाव र मनोबैज्ञनिक त्रासको बाताबरणले पनि समुचित खर्चको बयस्थापन हुन् सकेको छैन|

उक्त सेमिनारको प्रस्तुतिकरण समुहको तर्फ बाट ध्रुव प्रसाद पाण्डे र दिपक लामिछानेले गरेका थियो | सेमिनारमा टिप्पणीकर्ता सुदिना कुइकेल र मनोज कुमार साहले रिपोर्टर को भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको संचालन विजय कुमार वर्माले गरेका थिए|

कार्यक्रमका अध्यक्ष सागर प्रसाईले प्रमुख अतिथि, बिशेष अतिथि, ACMD-2 कार्यक्रमका संयोजक गोबिन्द भण्डारी, सेमीनार सहजकर्ता शितल मोक्तान, टिप्पणीकार दान बहादुर थापा लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो |

उक्त तालिममा बिभिन्न सरकारी तथा सार्वजनिक निकायका चौबिसजना प्रशिक्षार्थीहरुको सहभगिता रहेकोछ|

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…