Pairabi logo

असोज २८, २०८३, बुधबार                    

अवधी पत्रकार संघले १५औ स्थापना दिवस मनाउदै

डेक्स

डेक्स

अवधी पत्रकार संघले १५औ स्थापना दिवस मनाउदै
ADVERTISEMENT

नेपालगन्ज २७ भदौ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको आज १५ वर्ष पुरा भएको छ ।

विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ । संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने  निर्णय भएको छ ।

संघले भोली भदौ २८ गते विहीबार फत्तेबाल आँखा अस्पतालमा सम्पुर्ण पत्रकारहरुको निशुल्क आँखा जाँच कार्यक्रम, भदौ ३० गते अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिताबारे एकदिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेशकुमार मिश्रले बताउनुभयो । 

केन्द्रीय अध्यक्ष मिश्रका अनुसार संघले दिवसलाई यस वर्ष अलि फरक स्वास्थ्यसंग जोडिएको विषयलाई प्राथमिकता दिएको छ । दिवसको अवसरमा भोली विहीबार गरिने निःशुल्क आँखा जाँच कार्यक्रममा जिल्लाका सम्पुर्ण पत्रकारहरुलाई आँखा जाँच गराउन अनुरोध समेत गरेको छ ।

फत्तेबाल आखा अस्पतालको सहयोगमा संघले आँखा जाँच कार्यक्रम गर्न लागेको छ ।अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा कौशल कुमार बर्माले बताउनुभयो । 

कुनै पनि राजनितिक दलसंग आवद्ध नभई स्वतन्त्र र निश्पक्ष रुपमा अवधी भाषी पत्रकारहरुको विचार र आस्थाको छाता संगठनको रुपमा केन्द्रीयस्तरमा नेपालगन्जमा अवधी पत्रकार संघ नेपाल रहेको छ ।

यस संघको काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा शाखा समेत स्थापना भएको छ, भने अन्य जिल्लाहरुमा पनि अवधी भाषी पत्रकारहरुको विकासमा संघ लागि परेको छ । नेपालमै अवधी भाषीहरुको बाहुल्यता रहेकाले संञ्चारको माध्यमबाट विकासमा सहयोग पुरयाउने उद्देश्यले संघ काम गर्दै आएको छ । 


 

ताजा

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…