Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

अवधी पत्रकार संघले १५औ स्थापना दिवस मनाउदै

डेक्स

डेक्स

अवधी पत्रकार संघले १५औ स्थापना दिवस मनाउदै
ADVERTISEMENT

नेपालगन्ज २७ भदौ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको आज १५ वर्ष पुरा भएको छ ।

विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ । संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने  निर्णय भएको छ ।

संघले भोली भदौ २८ गते विहीबार फत्तेबाल आँखा अस्पतालमा सम्पुर्ण पत्रकारहरुको निशुल्क आँखा जाँच कार्यक्रम, भदौ ३० गते अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदान प्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिताबारे एकदिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेशकुमार मिश्रले बताउनुभयो । 

केन्द्रीय अध्यक्ष मिश्रका अनुसार संघले दिवसलाई यस वर्ष अलि फरक स्वास्थ्यसंग जोडिएको विषयलाई प्राथमिकता दिएको छ । दिवसको अवसरमा भोली विहीबार गरिने निःशुल्क आँखा जाँच कार्यक्रममा जिल्लाका सम्पुर्ण पत्रकारहरुलाई आँखा जाँच गराउन अनुरोध समेत गरेको छ ।

फत्तेबाल आखा अस्पतालको सहयोगमा संघले आँखा जाँच कार्यक्रम गर्न लागेको छ ।अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको फत्तेबाल आँखा अस्पतालका प्रबन्ध निर्देशक डा कौशल कुमार बर्माले बताउनुभयो । 

कुनै पनि राजनितिक दलसंग आवद्ध नभई स्वतन्त्र र निश्पक्ष रुपमा अवधी भाषी पत्रकारहरुको विचार र आस्थाको छाता संगठनको रुपमा केन्द्रीयस्तरमा नेपालगन्जमा अवधी पत्रकार संघ नेपाल रहेको छ ।

यस संघको काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा शाखा समेत स्थापना भएको छ, भने अन्य जिल्लाहरुमा पनि अवधी भाषी पत्रकारहरुको विकासमा संघ लागि परेको छ । नेपालमै अवधी भाषीहरुको बाहुल्यता रहेकाले संञ्चारको माध्यमबाट विकासमा सहयोग पुरयाउने उद्देश्यले संघ काम गर्दै आएको छ । 


 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…