Pairabi logo

असोज २८, २०८३, बुधबार                    

गुल्मेली सेवा समाजद्वारा तीन जना सम्मानित

डेक्स

डेक्स

गुल्मेली सेवा समाजद्वारा तीन जना सम्मानित
ADVERTISEMENT

पवन जायसवाल । 
नेपालगन्जमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम–२०८० भाद्र २३ गते शनिवार सम्पन्न भएको छ । 

गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा संस्थापक अध्यक्ष लक्ष्मण प्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्रह्मा कुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्मा कुमारी दुर्गा, योग समितिका प्रमुख योग गुरु गिरिराज शर्मा भट्टराई र वरिष्ठ पत्रकार तथा समिति का संस्थापक संयोजक पूर्णलाल चुकेलाई प्रमुख अतिथि लक्ष्मण प्रसाद गौतम, अध्यक्ष हरिलाल न्यौपाने, व्रह्मा कुमारी दुर्गाले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

सम्मानित व्यक्तित्व मध्ये व्रह्मा कुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्मा कुमारी दुर्गाले सम्वोधन गर्दै आफु व्रह्मा कुमारी विश्वविद्यालयमा वि.सं. २०३४ साल चैत्र ४ गते प्रवेश गरेको बताउँदै निःस्वार्थ भावनाले विश्वविद्यालयमा आफ्नो जीवन समर्पित गरेको बताउनु भयो ।

उहाँले ब्रह्मा कुमारी विश्वविद्यालय विभिन्न १ सय ४४ राष्ट्रमा १० हजार भन्दा बढी केन्द्रहरु रहेका छन् । ८८ वर्ष देखि नारीहरुको नेतृत्वमा सञ्चालन गरिएको संस्था हो भन्दै हाम्रो पहिरन सेतो पोशाकले हाम्रो सुरक्षा गर्छ, यो कपडा ब्रह्मा कुमारी विश्वविद्यालयको डे«स हो । यो डे«सबाट हामी सुरक्षित रहेका छौं । सेतो डे«स शान्तिको प्रतिक हो र सेतो डे«सले ज्ञानको शिक्षा दिन्छ । 

समाजका उपाध्यक्ष भीमलाल कँडेलको संयोजकत्वमा गुल्मेली समाज सेवा समिति बाँकेका सदस्यहरुको छोरा छोरी एसईईमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुनेलाई १ जना छात्र र १ जना छात्रालाई हरेक वर्ष सम्मान गरिने गरिन्छ । सोही अनुसार माध्यमिक शिक्षामा ५ जनाको फाराम भरिएको मध्ये सर्वोत्कृष्ट अंक ल्याएकी खिम प्रसाद घिमिरेको छोरी नेहा घिमीरेलाई र राम प्रसाद पन्थको छोरा प्रमेश पन्थलाई खादा ओढाएर नगद राशी ५–५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । 

सो कार्यक्रममा समाजका सचिव हिमनाथ पौडेलद्वारा सञ्चालित तथा उपाध्यक्ष भीमलाल कँडेलले स्वागत गरेको सो कार्यक्रममा गुल्मेली समाज सेवा समिति बाँकेका पदाधिकारीहरु, गुल्मी जिल्लाको विभिन्न ठाउँमा जन्म भई कर्मथलोको रुपमा बाँके जिल्लाको विभिन्न ठाउँमा रहनुभएका गुल्मेलीहरुको सहभागिता रहेको थियो ।

खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किश्मत कुमार कक्षपति, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, कर्णाली डिष्टिलरीका शिव बटाला, अधिवक्ता ईश्वरी प्रसाद ज्ञवाली, पत्रकार भेषराज बस्नेत, मधु पौडेल, ब्रह्मा कुमारी खिम कुमारी न्यौपाने, बिष्णु प्रसाद गौतमको उपस्थिति रहेको थियो ।

सो अवसरमा कार्यक्रम नेपालगन्जको सुर्खेतरोड स्थित रहेका होटेल सिद्धार्थ कटेजमा सञ्चालित कार्यक्रममा गुल्मेली महिलाहरुले मौलिक तीज गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…