Pairabi logo

माघ १५, २०८२, बुधबार                    

दक्ष अग्नि नियन्त्रक उत्पादन गरिदै

डेक्स

डेक्स

दक्ष अग्नि नियन्त्रक उत्पादन गरिदै
ADVERTISEMENT

दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले तालिम दिन थालेको छ । घना बस्तीमा आगलागीको जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) संगको सहकार्यमा तालिम आयोजना गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्र शाखा, नगर प्रहरी, नेपाल प्रहरी र समुदायमा अग्नि नियन्त्रणको काम गर्दै आएकाहरुको दक्षता र कार्यकौशल बढाउन आजदेखि चार दिने ’आधारभूत अग्नि नियन्त्रण तथा उद्धार तालिम’ शुरु भएको छ ।

२४ जना सहभागी तालिममा आगलागीमा कसरी उद्दार गर्ने, दमकल कसरी परिचालन गर्ने, आगलागीस्थलमा पानी कसरी पुर्याउने, धुवाँमा जाँदा के गर्ने, घाइतेलाई अस्पतालसम्म कसरी पुर्याउने, खतराजन्य पदार्थको आगलागीमा कस्तो सजगता अपनाउने लगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइने प्रमुख प्रशिक्षक किशोरकुमार भट्टराईले बताउनुभयो । 

तालिम उदघाटन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले अग्नि नियन्त्रण तथा उद्दार तालिम उपयोगी हुने विश्वास ब्यक्त गर्दै चासोपूर्वक सिक्न आग्रह गर्नुभयो । राईले नेपालगञ्जमा घना बस्तीका कारण आगलागी चुनौतीका रुपमा रहेको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले तालिमबाट प्राप्त हुने सीपले आगलागी नियन्त्रणमामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश श्रीवास्तव, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित थियो । 

तालिमको उद्देश्यमाथि विपद तथा वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पार्नुभएको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…