Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

दक्ष अग्नि नियन्त्रक उत्पादन गरिदै

डेक्स

डेक्स

दक्ष अग्नि नियन्त्रक उत्पादन गरिदै
ADVERTISEMENT

दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले तालिम दिन थालेको छ । घना बस्तीमा आगलागीको जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) संगको सहकार्यमा तालिम आयोजना गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्र शाखा, नगर प्रहरी, नेपाल प्रहरी र समुदायमा अग्नि नियन्त्रणको काम गर्दै आएकाहरुको दक्षता र कार्यकौशल बढाउन आजदेखि चार दिने ’आधारभूत अग्नि नियन्त्रण तथा उद्धार तालिम’ शुरु भएको छ ।

२४ जना सहभागी तालिममा आगलागीमा कसरी उद्दार गर्ने, दमकल कसरी परिचालन गर्ने, आगलागीस्थलमा पानी कसरी पुर्याउने, धुवाँमा जाँदा के गर्ने, घाइतेलाई अस्पतालसम्म कसरी पुर्याउने, खतराजन्य पदार्थको आगलागीमा कस्तो सजगता अपनाउने लगायतका विषयमा प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिइने प्रमुख प्रशिक्षक किशोरकुमार भट्टराईले बताउनुभयो । 

तालिम उदघाटन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले अग्नि नियन्त्रण तथा उद्दार तालिम उपयोगी हुने विश्वास ब्यक्त गर्दै चासोपूर्वक सिक्न आग्रह गर्नुभयो । राईले नेपालगञ्जमा घना बस्तीका कारण आगलागी चुनौतीका रुपमा रहेको बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले तालिमबाट प्राप्त हुने सीपले आगलागी नियन्त्रणमामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश श्रीवास्तव, आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायत उपस्थित थियो । 

तालिमको उद्देश्यमाथि विपद तथा वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पार्नुभएको थियो । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…