Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँके र बर्दियामा खानेपानीमा आर्सेनिक

डेक्स

डेक्स

बाँके र बर्दियामा खानेपानीमा आर्सेनिक
ADVERTISEMENT

नेपालगञ्ज, ।  बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका असिटेन्ट केमिष्ट गोपाल रेग्मीले जानकारी दिए । खास गरी बाँकेको डुडुवा गाउँपालिका तथा बर्दियाका राजापुर, मधुवन र गेरुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा फाटफुट मात्रामा आर्सेनिक देखिएको हो ।

पानी प्रयोगशालाका अनुसार बाँकेका केही स्थानमा खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको छ । खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिएको छ । चुनको मात्रा बढी हुँदा खानेपानीको पाइप जाम भएको समेत बताइएको छ । बाँकेको कोहलपुरमा सो समस्या देखिएको रेग्मीले जानकारी दिए । पानी परीक्षणका क्रममा खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको प्रयोगशालाले जनाएको छ । केही नमूनामा त्यस्तो देखिएको उनले बताए । “शौचालय, गाई गोठ नजिक हाते पम्पबाट आउने खानपानीमा त्यस्तो कोलिफर्म देखिन सक्छ”, उनले भने ।

खानेपानी प्रयोगशालाले फिल्डमा गएर र कार्यालयमा आएका खानेपानीका नमूना हेरेर लुम्बिनी प्रदेशबाहेक हुम्ला, जुम्ला र डोल्पा, जाजरकोटको पानी पनि परीक्षण गर्दै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, खानेपानीका उपभोक्ता समिति, गैरसरकारी संस्थाले कार्यालयमा ल्याएको खानेपानीसमेत परीक्षण हुने गरेको रेग्मीको भनाइ छ ।

राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ का अनुसार शुद्ध खानेपानीमा सबै नागरिकको हक रहेको छ । खानेपानी प्रयोगशालामा करिब पाँच सय हाराहारीमा भएको खानेपानीको परीक्षणबाट चार लाख ७५ हजार राजस्व सङ्कलन भएको प्रयोगशालाका केमिष्ट रविकिरण आर्चायले जानकारी दिए ।

उनले खानेपानीको विभिन्न प्यारामिटर परीक्षण हुने उल्लेख गर्दै खानेपानीको अमिलो वा टर्रोपना, विद्युतीय सम्वाहक, पानीको घुलित अवस्था, अमोनिया लगायतका विषयको परीक्षण हुने जानकारी दिए । “खानेपानीमा धमिलो पानी आए फिल्टर गरेर खान सुझाव दिएका छौँ”, उनले भने । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…