Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

औतारदेईको ११औं स्मृती दिवसमा सम्झना

डेक्स

डेक्स

औतारदेईको ११औं स्मृती दिवसमा सम्झना
ADVERTISEMENT

नेपालगञ्जमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफ्नो करोडौंको सम्पती दान गरेर उदाहरणीय बनेकी दानवीर स्व। औतारदेई कशौधन (चौधराइन) को ११ औं स्मृती दिवस विविध कार्यक्रम गरि मनाईएको छ । स्वर्गीय चौधराइनको भदौ ६ गते स्मृती दिवसको सन्दर्भमा आज भेरी अस्पतालमा उनको योगदानको बारेमा चर्चा गर्दै सम्झना गरिएको हो । विस १९५४ मा जन्मिएकी चौधराइनको २०२८ भदौ ६ गतेका दिन निधन भएको थियो ।

भेरी अस्पताल परिसरमा रहेको चौधराईनको प्रतिमामा माल्यार्पण, प्रवचन र विरामीलाई फलफूल वितरण गरेर दिवस मनाइएको हो । स्व। चौधराईनले स्थानीय महेन्द्र बहुमुखी क्याम्पस, भेरी अञ्चल अस्पताल, नारायण मावि, जिल्ला स्वास्थ्य कार्यालयलाई जग्गा दान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा पु¥याएको योगदानको स्मरण गर्दै औतार देई कशौधन (चौधराइन) सेवा प्रतिष्ठानले स्मृति दिवसको आयोजन गरेको हो ।

कार्यक्रममा पुर्वमन्त्री मो इस्तियाक राई, प्रदेश सांसद आदेश अग्रवाल, नेपालगञ्ज उपमहानगरपालिका उप प्रमुख कमरुद्धिन राई, भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रतिष्ठानका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायतले औतार देइको दानको अभिलेखीकरण हुनुपर्ने आवश्यक्ता औल्याउँदै स्थायीत्व र स्मरणीय खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

सोही अवसरमा अस्पतालका डेढ सय विरामीलाई फलफलु वितरण गरिएको थियो ।

औतार देई कशौधन ९चौधराइन० सेवा प्रतिष्ठानकी अध्यक्ष रमारानी वैश्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष समृति दिवसमा कार्यक्रम गर्दै आएको छ ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…