Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

२६ जनाद्धारा रक्तदान

डेक्स

डेक्स

२६ जनाद्धारा रक्तदान
ADVERTISEMENT

“रक्तदान जीवनदान, दान मध्येको महादान ” भन्ने मुख्य उद्देश्यका साथ लोेकप्रिय सन्देश राष्ट्रिय दैनिक पत्रिकाद्वारा आयोजित रक्तदानमा महिला, पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।

प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर कमरुद्दीन राई, कसौंधन बैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्यले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिता कुमाईलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

लोेकप्रिय सन्देश राष्ट्रिय दैनिकका सम्पादक गोबिन्द प्रसाद शर्माद्वारा सञ्चालित सो रक्तदान कार्यक्रममा संयोजक पत्रकार दिनेश ठाकुर, संबिधान थापामगर, राजेन्द्र प्रसाद जोशी, लोकराज रेउले, हिम प्रकाश ओली, मनोज यादव, पत्रकार भगतराम थारु, मनिष कुमार वर्मा, आशा परियार, सुभाष रावत, दिनेश रोकाया, निराजन कुमार थारु, टंक साउद, मोनिका खासु, बिनिता सापकोटा, चेतना थापा, सरस्वती कुमारी वर्मा, अनामिका चौधरी, प्रमोद कुमार यादव, परशुराम यादव, मोबिन नाउँ, प्रवीण पोरवाल, मञ्जु रिजाल, प्रेम परियार, राम निहोरे बढही, वसीउल्ला बेहना लगायत २६ जनाले रक्तदान गरेका छन् ।

सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दीन राई, लोक प्रिय सन्देश राष्ट्रिय सन्देशका सम्पादक गोबिन्द प्रसाद शर्मा, भेरी अस्पताल बिकास समितिका अध्यक्ष बीरेन्द्र शाह, जुनकिरी बाँकेका संयोजक रबिन्द्र सिंह रठौर, नव किरण पुनः स्थापना केन्द्र नेपालगन्जका प्रमुख उत्तम खरेल, नेपालगन्ज टेक्निकल कलेज किशोर पाण्डे, कसौंधन बैश्य समाज नेपालगन्जका अध्यक्ष नन्दलाल बैश्य, जानकी गाउँपालिका वार्ड नं.–१ का वडाध्यक्ष मोहम्मद रजा राई, सत्यम खबर डटकमका चन्दे्रश्वरराज त्रिपाठी, लिमराखबर डटकमका समाचार संयोजक मन्सूर अली दर्जी, सम्वाददाता मनिष वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, सल्लाहकार पवन जायसवाल लगायतको सहभागिता रहेको थियो भने रक्तदाताहरुलाई टिसर्ट र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…