Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

तीन सःमिलमा छापा, अवैध काठ बरामद

डेक्स

डेक्स

तीन सःमिलमा छापा, अवैध काठ बरामद
ADVERTISEMENT

नेपालगञ्ज ।  डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न तीन सःमिलमा छापा मारेको छ । नेपालगञ्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा अवैध काठ बरामद भएको छ ।

उहाँका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने सूचनाका आधारमा बाँकेका तीन  मिलमा छापा मारेर अवैध काठ बरामद गरिएको हो।

सहायक डिभिजनल वन अधिकृत पार्धेका अनुसार १९१।७८ क्यूफुट अवैध सालको चिरान काठ र ५१।०२ क्यूफुट अवैध खयरको गोलिया बरामद भएको छ । मङ्गलबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २०, राँझास्थित मनकामना सःमिलबाट ९४ थान सालको ५१।८२ क्यूफुट चिरान काठ र जानकी गाउँपालिका ६, पिप्रहवास्थित शिवशङ्कर सःमिलबाट १ सय ४९ थान सालको १ सय ३३।९६ क्यूफुट चिरान काठ बरामद गरिएको पार्धेले जानकारी दिनुभयो ।

त्यसैगरी बुधवार बिहान जानकी गाउँपालिका ३, मानपुरस्थित जनता सःमिल प्रालिबाट ५६ थान खयर गोलियाको ५१।०२ क्यूफुट काठ बरामद गरिएको उहाँले बताउनुभयो ।

बरामद गरिएका सबै काठहरु डिभिजन वन कार्यालय बाँकेमा ल्याइएको छ ।  बरामद गरिएका काठ र त्यसमा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान थालिएको छ ।  

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि