Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

बाँकेमा लम्पी स्किन विरुद्ध पाँच हजार पाँच सय खोप लगाइयो

डेक्स

डेक्स

बाँकेमा लम्पी स्किन विरुद्ध पाँच हजार पाँच सय खोप लगाइयो
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय, डुडुवा गाउँपालिकामा पाँच सय, जानकी गाउँपालिकामा नौ सय र बैजनाथ गाउँपालिकामा सात सय गरी पाँच हजार पाँच सय डोज खोप पशुलाई लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्रका अधिकृत कमल चन्दले जिल्लामा अझै ८२ हजार डोजको खोप माग भएको जानकारी दिँदै वर्षा भएपछि पशुमा रोग बढ्दो अवस्थामा रहेको बताए । “पशुको मृत्यु दरमा कमी आएको छ र उपचार भएका पशु निको पनि हुँदै गएका छन्”, उहाँले भन्नुभयो। अधिकृत चन्दले उक्त रोगका कारण दूधालु गाई वा भैँसीमा दूध उत्पादनको मात्रामा कमी आएको उल्लेख गर्दै थप डोज खोपका लागि मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो।

केन्द्रका अनुसार नेपालगञ्जमा चार हजार चार सय १८, राप्तीसोनारीमा चार हजार पाँच सय ६९, खजुरामा आठ हजार ३०, नरैनापुरमा चार हजार तीन सय ९५, कोहलपुरमा चार हजार आठ सय ५३, डुडुवामा चार हजार नौ सय ७५, जानकीमा चार हजार पाँच सय २७ र बैजनाथमा चार हजार आठ सय २५ गरी ४० हजार पाँच सय ९२ पशुमा सङ्क्रमण देखिएको छ ।

यसमध्ये राप्तीसोनारीमा २९, खजुरामा ४१, नरैनापुरमा सात, कोहलपुरमा १७, जानकीमा १२ र बैजनाथमा २२ सहित एक सय २८ पशुको मृत्यु भएको छ । बाँकेमा अहिलेसम्म पशुमा देखिएको सङ्क्रामक ‘लम्पी स्किन’विरुद्धको औषधि तथा उपचारमा रु चार लाख खर्च भएको र रु १० लाख ३३ हजार पाँच सयको खोप खरिद भएको अधिकृत चन्दले जानकारी दिनुभयो । 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…