Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

बाँकेमा लम्पी स्किन विरुद्ध पाँच हजार पाँच सय खोप लगाइयो

डेक्स

डेक्स

बाँकेमा लम्पी स्किन विरुद्ध पाँच हजार पाँच सय खोप लगाइयो
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय, डुडुवा गाउँपालिकामा पाँच सय, जानकी गाउँपालिकामा नौ सय र बैजनाथ गाउँपालिकामा सात सय गरी पाँच हजार पाँच सय डोज खोप पशुलाई लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशु सेवा विज्ञ केन्द्रका अधिकृत कमल चन्दले जिल्लामा अझै ८२ हजार डोजको खोप माग भएको जानकारी दिँदै वर्षा भएपछि पशुमा रोग बढ्दो अवस्थामा रहेको बताए । “पशुको मृत्यु दरमा कमी आएको छ र उपचार भएका पशु निको पनि हुँदै गएका छन्”, उहाँले भन्नुभयो। अधिकृत चन्दले उक्त रोगका कारण दूधालु गाई वा भैँसीमा दूध उत्पादनको मात्रामा कमी आएको उल्लेख गर्दै थप डोज खोपका लागि मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो।

केन्द्रका अनुसार नेपालगञ्जमा चार हजार चार सय १८, राप्तीसोनारीमा चार हजार पाँच सय ६९, खजुरामा आठ हजार ३०, नरैनापुरमा चार हजार तीन सय ९५, कोहलपुरमा चार हजार आठ सय ५३, डुडुवामा चार हजार नौ सय ७५, जानकीमा चार हजार पाँच सय २७ र बैजनाथमा चार हजार आठ सय २५ गरी ४० हजार पाँच सय ९२ पशुमा सङ्क्रमण देखिएको छ ।

यसमध्ये राप्तीसोनारीमा २९, खजुरामा ४१, नरैनापुरमा सात, कोहलपुरमा १७, जानकीमा १२ र बैजनाथमा २२ सहित एक सय २८ पशुको मृत्यु भएको छ । बाँकेमा अहिलेसम्म पशुमा देखिएको सङ्क्रामक ‘लम्पी स्किन’विरुद्धको औषधि तथा उपचारमा रु चार लाख खर्च भएको र रु १० लाख ३३ हजार पाँच सयको खोप खरिद भएको अधिकृत चन्दले जानकारी दिनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…