Pairabi logo

भदौ ३१, २०८१, सोमबार                    

एक वर्षमा १७ हजार बढी युनिट रगत वितरण

डेक्स

डेक्स

एक वर्षमा १७ हजार बढी युनिट रगत वितरण
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा, नेपालगंज ।

“सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसंचार सेवा” भन्ने मुल नाराका साथ ५८औं रक्तसंचार सेवा दिवस नेपालगंजमा मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रद्वारा सेवा प्रवाह सम्बन्धी जानकारी तथा खुला रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । 

आर्थिक वर्ष २०७९÷२०८० मा १३ हजार ३ सय ७४ संकलन र १७ हजार ९ सय १५ युनिट रगत वितरण भएको छ । यसैगरी ४ हजार २८ युनिट रक्ततत्व निर्माण र १२४ पटक घुम्ती रक्तसंकलन शिविर संचालन भएको कुरा रक्तसंचार सेवाका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जानकारी दिनु भएको छ । 

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले नेपालगंज क्षेत्र मेडिकल हबको रुपमा विकास हुँदै गइरहेकोले दिन प्रति दिन रगतको माँग बृद्धि भएको बताउनु भयो । मानवीय कार्यमा सहयोग गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।  

नेरेसो रक्तसंचार व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुुर श्रीवास्तव, सदस्य नरेन्द्रकुमार पौडेल, मीनबहादुर मल्ल, सरिता ज्ञवाली, जिल्ला र उपशाखा कार्यसमिति पदाधिकारी एवं सदस्य, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जनसम्र्पक अधिकृत सरिता सिंहले गर्नु भएको थियो ।

ताजा

सबै

१११औँ बीपी जन्मजयन्तीः बाँकेमा बिचार गोष्ठी र माल्यार्पण

नेपालगन्ज २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्व…

बाँकेका एक सय पाँच कैदीबन्दी स्वअध्ययन गर्दै

नेपालगञ्ज २४ भदौः नेपालगन्जस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दी तथा…

विपदबाट जोगाउन खरको छाना हटाएर जस्तापाता

नेपालगन्ज, २४ भदौः राप्तीसोनारी गाउँपालिका१ खासकुस्माका गाउँबस्तीमा खरको छाना हटाएर…

बाँकेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन

नेपालगन्ज, २४ भदौ : बाँकेको ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीयस्थल पूर्वाधारविहीन…

लोकप्रिय

सबै

यो पनि

झाडा लागेर एक जनाको मृत्यु

झाडा लागेर एक जनाको मृत्यु

नेपालगन्ज, २३ भदौः बाँके जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको …

नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका

नरैनापुरमा फोहोर पानीको संक्रमण भएको आंशका

नेपालगन्ज १७ भदौ । बाँकेको नरैनापुरमा झाडापखलाको प्रकोप नफैलिएको स्वास्थ्यकर्मीले बता…

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगञ्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगञ्ज, भदौ १२ । नेपालगञ्ज उपमहानगरपालिकाको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ ।…

२२ जना युवाद्धारा रक्तदान

२२ जना युवाद्धारा रक्तदान

पवन जायसवाल । नेपालगन्ज २ भदौ । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल…