Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

नेपालगन्जमा अत्याधुनिक “सिने रोयल” संचालनमा

डेक्स

डेक्स

नेपालगन्जमा अत्याधुनिक “सिने रोयल” संचालनमा
ADVERTISEMENT

नेपालगन्जमा अन्र्तराष्ट्रियस्तरको “थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेरोयल सञ्चालनमा आएको छ । नेपालगन्ज–१० सुर्खेतरोडस्थित डा. राहुल थापाले रु २५ करोड लगानी सञ्चालन गरेको हल विहीबारदेखि सञ्चालनमा आएको छ । 

सञ्चालनको पहिलो दिन करिब एक हजार बढी दर्शकले निशुल्क रुपमा मनोरञ्जन लिइ सबैलाई जानकारी गराइएको संचालक डा. थापाले बताउनुभयो । उहाँका अनुसार आज शुक्रवारबाट दर्शकका लागि खुला गरिएको छ । त्यसका लागि टिकट बुकिङ्ग खुला गरिएको छ । 

सिनेरोयलका प्रवन्ध निर्देशक डा. थापाले नेपालगन्जको विकासमा महत्वपूर्ण आधार भएको भन्दै उहाँले भन्नुभयो, “विरामी भएपछि अस्पताल जाने हो, विरामी नहुनलाई सिनेरोयल आउने हो ।’ डा. थापा सिनेरोललाई ‘रिक्रियशन सेन्टर र रिफ्रेसमेन्ट सेन्टरका रुपमा विश्लेषण गर्दै भन्नुभयो, ‘जीवनलाई तनावमुक्त बनाउन सकियो भने मानिस विरामी कम हुन्छ ।’

प्रवन्ध निर्देशक डा. थापाका अनुसार, अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र राम्रो वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।

३ ओटा आडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पस्किएको हो । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूर्ण अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको छ ।

नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको जनाएको छ । 

थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ । यहाँ उपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा, घरमा जस्तै तयार हुन्छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…