Pairabi logo

पुस १३, २०८२, आइतबार                    

नेपालगञ्जमा स्वास्थ्य प्रबद्र्धन केन्द्र शुभारम्भ

डेक्स

डेक्स

नेपालगञ्जमा स्वास्थ्य प्रबद्र्धन केन्द्र शुभारम्भ
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र आजदेखि शुभारम्भ भएको छ । 
सो केन्द्रको प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा शुभारम्भ गर्नुभयो ।  
सो अवसरमा सांसद राठौरले नेपालगञ्ज उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको उल्लेख गर्दै  नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मेडिकल हब भएपनि नागरिकले सोचे अनुरुप सेवा पाउन नसकेको बताउनुभयो ।  राठौरले स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीन तहका सरकार गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औंल्याउदै संविधानले नागरिकलाई प्रदत्त गरेको गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र सम्बद्र्धन गर्ने गरी स्थानीय सरकारले कामलाई प्राथमिकिीकरण गर्न आग्रह गर्नुभयो । 
नगर प्रमुख प्रशान्त विष्टले  नागरिकलाई रोग लाग्नै नदिने गरी योजना बनाउन आवश्यक भएको उल्लेख गर्दै सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रले त्यस कार्यमा अहम् भूमिका खेल्ने बताउनुभयो । स्वस्थ मानिसले मात्र आफ्नो दैनिकी स्वस्थ ढंगले अघि बढाउन सक्ने भन्दै उहाँले स्वस्थ नागरिक तयार गर्न प्रबद्र्धनात्मक कार्यक्रममा जोड दिँदै आएको बताउनुभयो । नसर्ने रोगहरुको जोखिम बढदै गएको भन्दै नगर प्रमुख विष्टले स्वास्थ्य सचेतना जरुरी रहेकोमा जोड दिनुभयो ।
नगर उपप्रमुख कमरुद्दिन राईले सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट भेरी अस्पताल भन्दा सस्तो र सुलभ शुल्कमा सेवा प्रदान गरिने बताउँदै  गरिव दुःखीका लागि निःशुल्क सेवा प्रदान गर्ने गरी अगाडि बढ्ने बताउनुभयो । 
वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले २३  वडालाई कार्य क्षेत्र बनाएर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले काम गर्ने जानकारी दिनुभयो । उहाँले यसलाई आयुर्वेदिक उपचार केन्द्रका रुपमा विकास गर्ने लक्ष्य समेत रहेको सुनाउनुभयो । पुनले विहान ७ बजेदेखि ९ तथा विहान १० देखि दिउँसो १ बजेसम्म सुलभ शुल्कमा विभिन्न प्रयोगशाला जाँच गरिने जानकारी दिनुभयो । 
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रवद्र्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिएको उल्लेख गर्नुभयो। 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, एमडिएम फ्रान्सका कन्ट्री डाइरेक्टर अब्दुल सबुर खानले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

यो पनि

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

अब नरैनापुर मै सुरक्षित मातृत्वको सेवा

बाँके, २७ कार्तिक । नेपालका धेरै दुर्गम गाउँहरूमा आज पनि स्वास्थ्य सेवा पहुँचको विषय…

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

बाँकेका पत्रकारहरुको निशुल्क मुटु रोग जाँच

नेपालगञ्ज, २१ कात्तिक । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँ…

बेलासपुरमा सरसफाइ

बेलासपुरमा सरसफाइ

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा…