Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगञ्जमा स्वास्थ्य प्रबद्र्धन केन्द्र शुभारम्भ

डेक्स

डेक्स

नेपालगञ्जमा स्वास्थ्य प्रबद्र्धन केन्द्र शुभारम्भ
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र आजदेखि शुभारम्भ भएको छ । 
सो केन्द्रको प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले संयुक्तरूपमा शुभारम्भ गर्नुभयो ।  
सो अवसरमा सांसद राठौरले नेपालगञ्ज उपमहानगरपालिकाले नगरबासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको उल्लेख गर्दै  नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मेडिकल हब भएपनि नागरिकले सोचे अनुरुप सेवा पाउन नसकेको बताउनुभयो ।  राठौरले स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीन तहका सरकार गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औंल्याउदै संविधानले नागरिकलाई प्रदत्त गरेको गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र सम्बद्र्धन गर्ने गरी स्थानीय सरकारले कामलाई प्राथमिकिीकरण गर्न आग्रह गर्नुभयो । 
नगर प्रमुख प्रशान्त विष्टले  नागरिकलाई रोग लाग्नै नदिने गरी योजना बनाउन आवश्यक भएको उल्लेख गर्दै सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रले त्यस कार्यमा अहम् भूमिका खेल्ने बताउनुभयो । स्वस्थ मानिसले मात्र आफ्नो दैनिकी स्वस्थ ढंगले अघि बढाउन सक्ने भन्दै उहाँले स्वस्थ नागरिक तयार गर्न प्रबद्र्धनात्मक कार्यक्रममा जोड दिँदै आएको बताउनुभयो । नसर्ने रोगहरुको जोखिम बढदै गएको भन्दै नगर प्रमुख विष्टले स्वास्थ्य सचेतना जरुरी रहेकोमा जोड दिनुभयो ।
नगर उपप्रमुख कमरुद्दिन राईले सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रबाट भेरी अस्पताल भन्दा सस्तो र सुलभ शुल्कमा सेवा प्रदान गरिने बताउँदै  गरिव दुःखीका लागि निःशुल्क सेवा प्रदान गर्ने गरी अगाडि बढ्ने बताउनुभयो । 
वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले २३  वडालाई कार्य क्षेत्र बनाएर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले काम गर्ने जानकारी दिनुभयो । उहाँले यसलाई आयुर्वेदिक उपचार केन्द्रका रुपमा विकास गर्ने लक्ष्य समेत रहेको सुनाउनुभयो । पुनले विहान ७ बजेदेखि ९ तथा विहान १० देखि दिउँसो १ बजेसम्म सुलभ शुल्कमा विभिन्न प्रयोगशाला जाँच गरिने जानकारी दिनुभयो । 
स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रवद्र्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिएको उल्लेख गर्नुभयो। 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, एमडिएम फ्रान्सका कन्ट्री डाइरेक्टर अब्दुल सबुर खानले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…