Pairabi logo

माघ ०३, २०८२, शुक्रबार                    

‘कृषिमा सम्भावना छ, त्यसका लागि काम गुर्नपर्छ’

डेक्स

डेक्स

‘कृषिमा सम्भावना छ, त्यसका लागि काम गुर्नपर्छ’
ADVERTISEMENT

नेपालगन्ज । कृषि ज्ञान केन्द्र, बााकेले चालु आर्थिक बर्ष २०७९/०८० का लागि  बजेट घटेको विषय  सार्वजनिक गरेको छ ।  

अघिल्लो आ.व. २०७८/०७९ मा १६ करोड बजेट प्राप्त गरेको ज्ञान केन्द्रले १० करोडको हाराहारीमा बजेट प्राप्त गरेको छ  । जसमा अघिल्लो आ.व.कै करिब १ करोड ८५ लाख दायित्व थियो ।

भुक्तानीको निर्धारित समयसीमाको अघिल्लो दिन सर्भरमा भएको समस्याका कारण हिसाब इन्ट्री हुन सकेन, बन्द भयो । किसानले पाउनु पर्ने ठूलो रकम भुक्तानी हुन नसकेपछि कृषि ज्ञान केन्द्र बाँकेले निकै दबाब झेल्नुपरेको बताइएको छ ।  


‘लामो प्रयास पछि भुक्तानी गर्नुपर्ने मध्ये १ करोड ५३ लाख रूपैयाँ हामीले भुक्तानी गर्न सफल भयौं’, कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख सकिल अहमदले भन्नुभयो ‘किसानको निकै दबाब थियो, भुक्तानीका लागि निकै लामो प्रक्रिया पार गरेर प्रक्रिया पुगेका जतिको भुक्तानी गर्न सफल भयौं ।’

उहाँले किसानको रकम भुक्तानी गर्न पाएकोमा त्यसलाई ठूलो उपलब्धीका रूपमा लिएको बताउनुभयो । 

कृषि ज्ञान केन्द्रले चालु आ.व. २०७९/०८० कै बजेटबाट अघिल्लो आ.व. आ.व. २०७८/०७९ को बाँकी १ करोड ५३ लाख भुक्तानी गरेको हो । जसले गर्दा चालु आर्थिक बर्षमा उक्त रकम बराबरको कृषिमा लगानी ज्ञान केन्द्रको घट्न गयो । 

‘कृषि ज्ञान केन्द्र, बाँकेले कार्यान्वयन गरिएका चालु आर्थिक वर्ष २०७९/0८० का कार्यक्रममा शतप्रतिशत सकिएको छ’, निमित्त प्रमुख अहमदले भन्नुभयो, ‘ढिलो बजेट आउँदा तथा सम्झौता गर्न नआउँदा केही कार्यक्रम सुरु नै भएनन् ।’ 

कृषि ज्ञान केन्द्रले चालु र पूँजीगत तर्फको खर्च कार्यान्वयन भएका कार्यक्रममा निकै राम्रो बताएको छ ।

बुधबार पत्रकारसँगको अन्तरक्रियामा कार्यालयमा जनशक्तिको अभावका बावजुद समयमा काम गर्न सकेको, केही उदाहरणीय काम सम्पन्न भएको निमित्त प्रमुख अहमदले जानकारी दिनुभयो ।  
ज्ञान केन्द्रले चालु तर्फ ६३.०३ प्रतिशत र कुल बजेटको ६४.५६ प्रतिशत खर्च गरेको तथ्यांक उपलब्ध गराएको छ ।

 

पूँजीगत तर्फ ८० प्रतिशत खर्च भएको तथ्यांक ज्ञान केन्द्रको रहेको छ । ज्ञान केन्द्र तर्फ पशुको बजेटपनि परेपछि उपलब्धि प्रतिशत कम देखिएको हो ।

पशु तर्फको कार्यक्रम ज्ञान केन्द्रले कार्यान्वयन नगर्ने र बजेट समेत जेठमा मात्रै प्राप्त भएपछि व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमको बजेट खर्च हुन नसकेको हो । ‘जेठमा बजेट आयो, सूचना निकालेर कार्यान्वयन गर्दा समय लाग्छ, त्यसपछि असारमा काम सम्पन्न हुन सक्ने देखिएन’, निमित्त प्रमुख अहमदले भन्नुभयो, ‘त्यसैले कार्यक्रम राकियो ।’

उहाँले नरैनापुरको हाट बजार, बेतहनीको गोदाम घरलगायत योजना कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।  
डुडुवा र जानकी गाउँपालिकामा बीउ आत्मनिर्भर कार्यक्रममार्फत तीन वटा बीउ उत्पादकसँग सम्झौता गरी कार्यक्रम गरेको, मौरी प्रवद्र्धन कार्यक्रममार्फत एक वटा मौरी पालकसँग सम्झौता गरी कोहलपुर नगरपालिकामा कार्यक्रममा सञ्चालन गरेको, आलु मिसन कार्यक्रममार्फत तीन र आलु प्रवद्र्धन कार्यक्रममार्फत दुई वटा आलु उत्पादकसँग सम्झौता गरी डुडुवा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो ।

बगैचा सुदृढिकरण कार्यक्रममार्फत दुई वटा फलफूल बगैचा सञ्चालकसँग सम्झौता गरी कार्यक्रम गरेको, ब्लक विकास कार्यक्रममार्फत एक वटा धान ब्लक समितिसँग डुडुवा गाउँपालिकामा सम्झौता गरी कार्यक्रम गरिएको, कृषिजन्य उत्पादन सामाग्री (मल, बीउ, विषादी) नियन्त्रण तथा अनुगमन अन्तर्गत खजुरा, नेपालगन्ज र कोहलपुर बजार क्षेत्र गरी १३ वटा एग्रोभेटको अनुगमन निरीक्षण गरिएको निमित्त प्रमुख अहमदले बताउनुभयो । 

‘कृषिमा सम्भावना छ, तर त्यसका लागि सबैले काम गर्नुपर्छ’, निमित्त प्रमुख अहमदले भन्नुभयो ‘बाँकेमा कृषि उत्पादन बढाएर निर्यात गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।’ 

ताजा

सबै

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

लोकप्रिय

सबै

महिला तथा बालिकाविरुद्ध हुने हिंसा कानूनी रुपमा न्युनीकरण गरिने

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा न्युनीकर…

खजुरामा महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि कार्यविधी तयार

खजुरा (बाँके) १ माघ । बाँकेको खजुरा गाउँपालिकामा महिला तथा बालिकाविरुद्ध हुने हि…

राप्ती नदी सिधनिया घाटमा मकर स्नान महोत्सव शुरु

नेपालगञ्ज, ३० पुसः बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक मकर स्नान महोत्सवक…

यो पनि

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…