Pairabi logo

असोज २०, २०८३, मंगलबार                    

‘कृषिमा सम्भावना छ, त्यसका लागि काम गुर्नपर्छ’

डेक्स

डेक्स

‘कृषिमा सम्भावना छ, त्यसका लागि काम गुर्नपर्छ’
ADVERTISEMENT

नेपालगन्ज । कृषि ज्ञान केन्द्र, बााकेले चालु आर्थिक बर्ष २०७९/०८० का लागि  बजेट घटेको विषय  सार्वजनिक गरेको छ ।  

अघिल्लो आ.व. २०७८/०७९ मा १६ करोड बजेट प्राप्त गरेको ज्ञान केन्द्रले १० करोडको हाराहारीमा बजेट प्राप्त गरेको छ  । जसमा अघिल्लो आ.व.कै करिब १ करोड ८५ लाख दायित्व थियो ।

भुक्तानीको निर्धारित समयसीमाको अघिल्लो दिन सर्भरमा भएको समस्याका कारण हिसाब इन्ट्री हुन सकेन, बन्द भयो । किसानले पाउनु पर्ने ठूलो रकम भुक्तानी हुन नसकेपछि कृषि ज्ञान केन्द्र बाँकेले निकै दबाब झेल्नुपरेको बताइएको छ ।  


‘लामो प्रयास पछि भुक्तानी गर्नुपर्ने मध्ये १ करोड ५३ लाख रूपैयाँ हामीले भुक्तानी गर्न सफल भयौं’, कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख सकिल अहमदले भन्नुभयो ‘किसानको निकै दबाब थियो, भुक्तानीका लागि निकै लामो प्रक्रिया पार गरेर प्रक्रिया पुगेका जतिको भुक्तानी गर्न सफल भयौं ।’

उहाँले किसानको रकम भुक्तानी गर्न पाएकोमा त्यसलाई ठूलो उपलब्धीका रूपमा लिएको बताउनुभयो । 

कृषि ज्ञान केन्द्रले चालु आ.व. २०७९/०८० कै बजेटबाट अघिल्लो आ.व. आ.व. २०७८/०७९ को बाँकी १ करोड ५३ लाख भुक्तानी गरेको हो । जसले गर्दा चालु आर्थिक बर्षमा उक्त रकम बराबरको कृषिमा लगानी ज्ञान केन्द्रको घट्न गयो । 

‘कृषि ज्ञान केन्द्र, बाँकेले कार्यान्वयन गरिएका चालु आर्थिक वर्ष २०७९/0८० का कार्यक्रममा शतप्रतिशत सकिएको छ’, निमित्त प्रमुख अहमदले भन्नुभयो, ‘ढिलो बजेट आउँदा तथा सम्झौता गर्न नआउँदा केही कार्यक्रम सुरु नै भएनन् ।’ 

कृषि ज्ञान केन्द्रले चालु र पूँजीगत तर्फको खर्च कार्यान्वयन भएका कार्यक्रममा निकै राम्रो बताएको छ ।

बुधबार पत्रकारसँगको अन्तरक्रियामा कार्यालयमा जनशक्तिको अभावका बावजुद समयमा काम गर्न सकेको, केही उदाहरणीय काम सम्पन्न भएको निमित्त प्रमुख अहमदले जानकारी दिनुभयो ।  
ज्ञान केन्द्रले चालु तर्फ ६३.०३ प्रतिशत र कुल बजेटको ६४.५६ प्रतिशत खर्च गरेको तथ्यांक उपलब्ध गराएको छ ।

 

पूँजीगत तर्फ ८० प्रतिशत खर्च भएको तथ्यांक ज्ञान केन्द्रको रहेको छ । ज्ञान केन्द्र तर्फ पशुको बजेटपनि परेपछि उपलब्धि प्रतिशत कम देखिएको हो ।

पशु तर्फको कार्यक्रम ज्ञान केन्द्रले कार्यान्वयन नगर्ने र बजेट समेत जेठमा मात्रै प्राप्त भएपछि व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रमको बजेट खर्च हुन नसकेको हो । ‘जेठमा बजेट आयो, सूचना निकालेर कार्यान्वयन गर्दा समय लाग्छ, त्यसपछि असारमा काम सम्पन्न हुन सक्ने देखिएन’, निमित्त प्रमुख अहमदले भन्नुभयो, ‘त्यसैले कार्यक्रम राकियो ।’

उहाँले नरैनापुरको हाट बजार, बेतहनीको गोदाम घरलगायत योजना कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।  
डुडुवा र जानकी गाउँपालिकामा बीउ आत्मनिर्भर कार्यक्रममार्फत तीन वटा बीउ उत्पादकसँग सम्झौता गरी कार्यक्रम गरेको, मौरी प्रवद्र्धन कार्यक्रममार्फत एक वटा मौरी पालकसँग सम्झौता गरी कोहलपुर नगरपालिकामा कार्यक्रममा सञ्चालन गरेको, आलु मिसन कार्यक्रममार्फत तीन र आलु प्रवद्र्धन कार्यक्रममार्फत दुई वटा आलु उत्पादकसँग सम्झौता गरी डुडुवा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो ।

बगैचा सुदृढिकरण कार्यक्रममार्फत दुई वटा फलफूल बगैचा सञ्चालकसँग सम्झौता गरी कार्यक्रम गरेको, ब्लक विकास कार्यक्रममार्फत एक वटा धान ब्लक समितिसँग डुडुवा गाउँपालिकामा सम्झौता गरी कार्यक्रम गरिएको, कृषिजन्य उत्पादन सामाग्री (मल, बीउ, विषादी) नियन्त्रण तथा अनुगमन अन्तर्गत खजुरा, नेपालगन्ज र कोहलपुर बजार क्षेत्र गरी १३ वटा एग्रोभेटको अनुगमन निरीक्षण गरिएको निमित्त प्रमुख अहमदले बताउनुभयो । 

‘कृषिमा सम्भावना छ, तर त्यसका लागि सबैले काम गर्नुपर्छ’, निमित्त प्रमुख अहमदले भन्नुभयो ‘बाँकेमा कृषि उत्पादन बढाएर निर्यात गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ ।’ 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

यो पनि

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…