Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

बाँकेका विभिन्न स्थानमा धान दिवस

डेक्स

डेक्स

बाँकेका विभिन्न स्थानमा धान दिवस
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेको विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ । जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ स्थित डिगीयामा आज मेशिन मार्फत धान रोपेर विश्व धान दिवस मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ‘राइस ट्रान्सप्लान्ट’ नामक मेशिनको प्रयोगबाट करिव तीन कठ्ठा जग्गामा धान रोपाई गरिएको छ ।

सो मेशिनबाट एकदिनमा करिव तीन विगाहा खेत रोप्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपालगञ्जका प्रमुख राकेश ओझाले जानकारी दिनुभयो । ‘धान खेतीमा आधुनिक कृषि उपकरणको प्रर्दशन गरेर किसनालाई देखाउन खोजेको हो ।’ उहाँले भन्नुभयो । जिल्लाको डुडुवा गाउपालिका वडा नं कोलहीमा पनि कृषि ज्ञान केन्द्र, बाँकेले विश्व धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । 
लुम्विनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले रोपाईको शुभारम्भ गर्नुभएको थियो । बोरिङबाट आएको पानीले खेत सिंचाई गरेर धान रोपाई गरिएको कृषि ज्ञान केन्द्र, नेपालगञ्जका बागवानी अधिकृत रामप्रकाश  यादवले जानकारी दिनुभयो । उहाँले केही जग्गामा हातले नै धान रोपेर रोपाई महोत्सव मनाएको उल्लेख गर्नुभयो । 


कृषि ज्ञान केन्द्र बाँकेले असार १५ सम्म जिल्लाका आठ स्थानीय तहमा करिब १५ प्रतिशत धान रोपाईं भएको जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँनले अझ पनि केही किसानले धानको बिउँ राख्न बाँकी रहेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका प्रमुख खानले भन्नुभयो ‘सिँचाइको सुविधा भएका स्थानमा बढी धान रोपाईं भएको छ, अन्य स्थानमा बर्षाको अभावमा धान रोपाइँ हुन सकेको छैन ।’ सिँचाइको सुविधा भएका डुडुवा, बैजनाथ र राप्ती–सोनारी गाउँपालिकामा बढी धान रोपाई भएको छ ।
बर्षाको अभावका कारण घरमा खानेपानीको धारा, मोटर तथा पम्पसेटको प्रयोग गरी जेठमा बीउ राखेका किसान वर्षा नभएपछि बीउ ठूलो भएकाले चिन्तामा छन ।  समयमा बर्षा नहुँदा बाँकेको नरैनापुरमा गत वर्ष सुख्खा परेकोे थियो । बाँकेमा जिल्लाभरि ३६ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यस बर्ष विश्व धान दिवसको नारा ‘जलवायु अनुकुलन कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको थियो । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…