Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु

डेक्स

डेक्स

सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु
ADVERTISEMENT

नेपालगञ्ज ।  नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने र उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् ।

स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा भेरी अस्पतालमा आयोजित  तालिमको सहजीकरण गर्दै भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा।कृष्ण आचार्यले सर्पदंशका अधिकांश बिरामीको स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा दुर्घटना हुने गरेकोले सो दुर्घटना नहोस् भन्ने उद्देश्यले सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम दिइएको बताउनुभयो । 

जङ्गल क्षेत्रसंग जोडिएका बाँके, बर्दिया, दाङ, कैलाली, कंचनपुर लगायत तराईका २२ जिल्ला र सुर्खेत, डडेलधुरा, पाल्पा र सिन्धुली लगायतका पहाडी जिल्ला सर्पको जोखिममा छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमही सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेका छन् ।

नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, दाङ र बर्दियाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत, स्वास्थ्यकर्मी सहभागी तालिममा सर्पको पहिचानदेखि उपचार व्यवस्थापनसम्म जानकारी प्रवाह गरिने स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले जानकारी दिनुभयो । 

तालिमको भेरी अस्पतालका निमित्त मेसु समेत रहेका एनेस्थेसियोलोजिष्ट डा। आचार्य, सर्पदंश विशेषज्ञ कमल देवकोटा, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजंश शाहलगायतले सहजीकरण गर्नुभएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…