Pairabi logo

पुस १३, २०८२, आइतबार                    

काफल विक्रीबाट राम्रो आम्दानी

डेक्स

डेक्स

काफल विक्रीबाट राम्रो आम्दानी
ADVERTISEMENT


अहिलेको यो सिजन काफलको हो । मध्य र पहाडी क्षेत्रका वन जंगलपाखाहरूमा अहिले काफल पाकिरहेको छ । पहाडमा पाकेको काफल अहिले तराईमा पनि बिक्रि वितरण भैरहेको छ । तराईका बजारमा सजिलै बिक्रि भैरहेको व्यापारीहरु बताउछन् । नेपालगन्ज, कोहलपुरमा काफलले राम्रो बजार पाएको छ । 

नेपालको मध्य र पहाडी क्षेत्रमा फलेको काफल तराईमा खान पाउदा उपभोक्ताहरु खुशी भएर किन्ने गरेका छन् । बर्षौ पहिले तराई झरेकाहरु अहिले तराईमा नै काफल खान पाउदा आफु निकै हर्षित भएको नेपालगन्जमा काफल किन्दै गर्नुभएका एरिका कुरेलले बताउनुभयो । 

पहाडबाट तराई झरेकाहरुको पहिलो रोजाईमा काफल पर्ने गरेको छ । पहाडमा हुदां खाएको काफल अहिले तराईमा बिक्रि भएको देख्ने बित्तिकै अधिकांसले किन्ने गरेका छन् । नेपालगन्जको धम्बोझीमा काफल किन्दै गर्नुभएका अर्का स्थानीय मुस्कान सत्यालले पहाडको बनपाखामा पाइने काफ्ल हाम्रै घरआँगनमा किन्न पाउदा राम्रो कुरा भएको बताउनुभयो । 

रोल्पाबाट दाङ हुदै नेपालगन्जमा काफल बिक्रि गर्न आउनुभएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला) काफल बिक्रि गर्नु हुन्छ । काफलले नेपालगन्जमा राम्रो बजार पाएको उहाँ बताउनुहुुन्छ ।  

पहाडी क्षेत्रको बजारमा काफलले बजार नपाएपछि व्यपारीहरु अहिले काफल बिक्रि गर्दै तराईसम्म झरेका हुन । जिल्लाको कोहलपुर, नेपालगन्ज, खजुरालगायत्का स्थानमा काफल सजिलै बिक्रि वितरण हुने गरेको छ । काफल बेचेर दैनिक रु दुई हजारसम्म आम्दानी गर्ने गरेको व्यापारीहरु बताउछन् । घोराहीबाट नेपालगन्जमा काफल बिक्रि गर्न आउनुभएका अर्का व्यापारी हरि नारायण चौधरीले पहाडबाट ल्याएको काफलले यहाँ राम्रो आर्थिक आम्दानी हुने गरेको बताउनुभयो । 

काफल खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउनुहुन्छ । पहाडमा पाकेको काफल दुई दिनमा नेपालगन्ज क्षेत्रमा आईपुग्छ । परिवारको सहयोगमा व्यापारीहरु ल्याएर यहाँका बजारमा विक्रीवितरण गरिरहेका छन । उक्त काफल भित्रको पोषक तत्वलाई जोगाई ब्रण्डीङ गरेर बिक्रि गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पुर्व वडाध्यक्ष सुनिलसिंह हमालको भनाई छ । 

काफल एउटा प्रकृतिक फल हो । गर्मी मौसममा पहाडका वन पाखाहरूमा पाइन्छ । यसको स्वाद अमिलो मिठो हुन्छ । चैतदेखि साउनसम्म पाक्ने यो फल स्वास्थ्यको लागि पनि फाइदाजनक हुने भएकाले ब्राण्डिङ गरी बजारीकरणमा जोड दिइने व्यापारीहरु ब्ताउछन । 

काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाई निको हुने र कैसर, कालो तिल र गुण र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिक धर्म सम्बन्धी कष्ट आराम हुने बरिष्ट आयुर्वेद डा. राम बहादुर बोहरा बताउनुहुन्छ । उहाँका अनुसार काफल फलसंगै एउटा जडीबुटीको समेत काम गर्दछ । 

 

ताजा

सबै

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नेपाल रेडक्रसको विधान संशोधन सुझाव कार्यशाला

प्रहलाद विश्वर्मा नेपालगंज ६ पुस ।। नेपाल रेडक्रस सोसाइटीको विधान संशोधनका लागि सुझ…

लोकप्रिय

सबै

बढैयाताल गाउँपालिकाको पुर्नस्थापना तथा सेवा कोष ऐन २०८२ निमार्ण

नेपालगन्ज, १० पुस । मानव बेचविखन तथा लैङ्गिक हिंसाबाट पिडितहरुको पुर्नस्थापना, तत्का…

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड, ५ बुँदे नरैनापुर घोषणा–पत्र जारी

बाँके (नरैनापुर), । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न मिडियाको तर्फबाट सशक्तरुपल…

यो पनि

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्जमा प्राइमोको शेयर कारोवार सुरु

नेपालगन्ज । धितोपत्र बोर्डको दलाल (ब्रोकर)कार्यालयको सङ्ख्या नेपालगन्जमा तीन पुगेको छ ।…

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

“साइडवेज बजार” नयाँ उचाँइमा पुग्ने सुरुवाती अवस्था हो

नेपालगन्ज पश्चिम नेपालका लागि आर्थिक हबका रुपमा परिचित रहेको छ । यससँगै पछिल्लो समय…