Pairabi logo

असोज २६, २०८३, सोमबार                    

काफल विक्रीबाट राम्रो आम्दानी

डेक्स

डेक्स

काफल विक्रीबाट राम्रो आम्दानी
ADVERTISEMENT


अहिलेको यो सिजन काफलको हो । मध्य र पहाडी क्षेत्रका वन जंगलपाखाहरूमा अहिले काफल पाकिरहेको छ । पहाडमा पाकेको काफल अहिले तराईमा पनि बिक्रि वितरण भैरहेको छ । तराईका बजारमा सजिलै बिक्रि भैरहेको व्यापारीहरु बताउछन् । नेपालगन्ज, कोहलपुरमा काफलले राम्रो बजार पाएको छ । 

नेपालको मध्य र पहाडी क्षेत्रमा फलेको काफल तराईमा खान पाउदा उपभोक्ताहरु खुशी भएर किन्ने गरेका छन् । बर्षौ पहिले तराई झरेकाहरु अहिले तराईमा नै काफल खान पाउदा आफु निकै हर्षित भएको नेपालगन्जमा काफल किन्दै गर्नुभएका एरिका कुरेलले बताउनुभयो । 

पहाडबाट तराई झरेकाहरुको पहिलो रोजाईमा काफल पर्ने गरेको छ । पहाडमा हुदां खाएको काफल अहिले तराईमा बिक्रि भएको देख्ने बित्तिकै अधिकांसले किन्ने गरेका छन् । नेपालगन्जको धम्बोझीमा काफल किन्दै गर्नुभएका अर्का स्थानीय मुस्कान सत्यालले पहाडको बनपाखामा पाइने काफ्ल हाम्रै घरआँगनमा किन्न पाउदा राम्रो कुरा भएको बताउनुभयो । 

रोल्पाबाट दाङ हुदै नेपालगन्जमा काफल बिक्रि गर्न आउनुभएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला) काफल बिक्रि गर्नु हुन्छ । काफलले नेपालगन्जमा राम्रो बजार पाएको उहाँ बताउनुहुुन्छ ।  

पहाडी क्षेत्रको बजारमा काफलले बजार नपाएपछि व्यपारीहरु अहिले काफल बिक्रि गर्दै तराईसम्म झरेका हुन । जिल्लाको कोहलपुर, नेपालगन्ज, खजुरालगायत्का स्थानमा काफल सजिलै बिक्रि वितरण हुने गरेको छ । काफल बेचेर दैनिक रु दुई हजारसम्म आम्दानी गर्ने गरेको व्यापारीहरु बताउछन् । घोराहीबाट नेपालगन्जमा काफल बिक्रि गर्न आउनुभएका अर्का व्यापारी हरि नारायण चौधरीले पहाडबाट ल्याएको काफलले यहाँ राम्रो आर्थिक आम्दानी हुने गरेको बताउनुभयो । 

काफल खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउनुहुन्छ । पहाडमा पाकेको काफल दुई दिनमा नेपालगन्ज क्षेत्रमा आईपुग्छ । परिवारको सहयोगमा व्यापारीहरु ल्याएर यहाँका बजारमा विक्रीवितरण गरिरहेका छन । उक्त काफल भित्रको पोषक तत्वलाई जोगाई ब्रण्डीङ गरेर बिक्रि गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पुर्व वडाध्यक्ष सुनिलसिंह हमालको भनाई छ । 

काफल एउटा प्रकृतिक फल हो । गर्मी मौसममा पहाडका वन पाखाहरूमा पाइन्छ । यसको स्वाद अमिलो मिठो हुन्छ । चैतदेखि साउनसम्म पाक्ने यो फल स्वास्थ्यको लागि पनि फाइदाजनक हुने भएकाले ब्राण्डिङ गरी बजारीकरणमा जोड दिइने व्यापारीहरु ब्ताउछन । 

काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाई निको हुने र कैसर, कालो तिल र गुण र काफलको बोक्रा मिलाई काडा पकाएर पिलाए मासिक धर्म सम्बन्धी कष्ट आराम हुने बरिष्ट आयुर्वेद डा. राम बहादुर बोहरा बताउनुहुन्छ । उहाँका अनुसार काफल फलसंगै एउटा जडीबुटीको समेत काम गर्दछ । 

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…