Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँके उद्योगको क्षेत्रमा फस्टाउदै

डेक्स

डेक्स

बाँके उद्योगको क्षेत्रमा फस्टाउदै
ADVERTISEMENT

 नेपालगन्ज २६ चैत । उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याका आधारमा बाँके जिल्लामा उद्योग भएको १५औं जिल्लामा पर्छ । जिल्लामा रहेका अधिकांश उद्योग नेपालगन्ज उपमहानगरपालिका, जानकी गाँपालिका र कोहलपुर नगरपालिकामा केन्द्रित छन । 

विशेषगरी यस्ता उद्योग नेपालगन्ज र कोहलपुर जोड़ने रत्न राजमार्ग आसपासमा रहेका छन ।  नेपालगन्ज बजारदेखि कोहलपुरसम्म बस्ती बसीसकेको छ । यही क्षेत्रमा उद्योग स्थापना भएर नेपालगन्ज र कोहलपुरको बीचको खाली भाग उद्योगले परिचित बनेको छ । 
    
जानकी गाउँपालिकाको वडा नम्बर ६ स्थित गनापुर क्षेत्र उद्योगको बाहुल्यता भएको क्षेत्र हो । गनापुर क्षेत्रमा मात्रै साना ठूला गरी करिब ६ दर्जन उद्योग सञ्चालनमा छन् । यस क्षेत्रमा सिमेन्ट, आइरन, खाद्य, ईंटा, जडीबुटी, रोजिन, ओषधीजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला उद्योगहरू सञ्चालनमा रहेको नेपालगन्ज औद्योगिक क्षेत्रले जनाएको छ । 

गनापुरमा स्थापना भएका ६२ उद्योगमध्ये ६ वटा उद्योग बन्द अवस्थामा रहेका छन् भने पाँचवटा नयाँ उद्योग सञ्चालनमा आउँदै गरेको सो कार्यालयले जनाएको छ । 

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र ठूलो उद्योग स्थापना गर्न जमिन उपलब्धता नभएको र जग्गा महँगो पनि पर्ने भएकाले अधिकांश उद्योगीको रोजाइमा कोहलपुर र नेपालगन्जबीचको जानकी गाउँपालिकाको क्षेत्र परेको नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्यले बताउनुभयो । उहाँका अनुसार सहरी क्षेत्रभन्दा टाढा रहेको र पहुँचका हिसाबले पनि पायक पर्ने भएकोले यो क्षेत्र उद्योगहरूका लागि रोजाइमा परेको छ । 

उद्योगहरूको कारण जमुनाहसम्मको बाहुल्यता कोहलपुरदेखि रत्न राजमार्ग क्षेत्रलाई ओद्योगिक करिडोरका रूपमा विकास गरिनुपर्ने माग यहाँका उद्योगीहरूले गर्दै आएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले यस खण्डलाई औद्योगिक करिडोर बनाउने भन्दै बजेटमा सम्बोधन गरेको थियो । त्यसपछिका बजेटमा यस विषयले प्राथमिकता पाउन सकेन । 

सो क्षेत्रका उद्योगहरूलाई बिजुलीको छुट्टै औद्योगिक फिडर दिइएको छ । तर, ओद्योगिक करिडोर क्षेत्रका उद्योगहरूले विद्युत् महसुल र करलगायतमा विशेष छुट दिनुपर्नेमा त्यसो हुन नसकेको उद्योगीहरु बताउछन । औद्योगिक करिडोर निर्माण गर्नका लागि जग्गा, बिजुली, ढलजस्ता पूर्वाधार अतिआवश्यक पर्ने नेपालगन्ज उद्योग बाणिज्य संघका महाचिव चिरञ्जीवी ओलीले बताउनुभयो । उहाँका अनुसार बाँकेमा ठूला लगानीका उद्योगहरू थपिने क्रम जारी छ । गत आर्थिक वर्षमा मात्रे ६ वटा उद्योगहरू थपिएका छन् ।

ती उद्योगहरूको रु एक अर्ब ६ करोडभन्दा बढी पुँजी छ । विगत ५ वर्षमा मात्रे २७ वटा ठूला उद्योग थपिएका छन् । जिल्लामा आर्थिक वर्ष २०७४÷०७५ मा सातवटा उद्योग थपिएकोमा आर्थिक वर्ष २०७५÷०७६ मा आठ, २०७६÷७७ मा तीन र २०७७÷७८ मा तीन उद्योग नयाँ दर्ता भएको उद्योग विभागले जनाएको छ । 

बाँकेको उद्योगबाट उत्पादन भइ भारत निकासी हुने मुख्य वस्तु रोजिन, टर्पेनटाइन र कत्था रहेको छ । यी बस्तु उत्पादन गर्ने उद्योगहरू प्रायः कोहलपुर र नेपालगन्जको बीचमै सञ्चालित छन् । 
    
उत्पादनहरू भारत निकासी गर्ने मुख्य उद्योगहरू गंगा रोजिन एण्ड टर्पेन्टाइन, शिव कत्था उद्योग, ओम कत्था इण्डष्ट्रिज, पशुपति कत्था मिल्स, गणपति कत्था एण्ड एलाइड इण्डष्ट्रिज, बागेश्वरी कत्था उद्योग, खनाल रोजिन एण्ड टर्पेन्टाइन, बंगलामुखी रोजिन एण्ड टर्पेन्टाइन, दीपमाला रोजिन एण्ड टर्पेन्टाइन आदि रहेका छन् । 

यसैगरी तोरी तेल निर्यात गर्ने सौरभ आयल एण्ड एग्रो इण्डष्ट्रिज, कटन सिड आयल, एभरेष्ट नेपाल एग्रो इण्डष्ट्रिज, ओम प्लाई एण्ड फर्निचर उद्योगहरू रहेका छन् ।
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…