Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डको विश्लेषण

डेक्स

डेक्स

स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डको विश्लेषण
ADVERTISEMENT

नेपालगन्ज २३ चैत । डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकीहरुको न्युनतम सेवा मापदण्डको विश्लेषण गरिएको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवाहरुको गुणस्तरियता र प्रभावकारिताको अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको हो । 


६ वटा स्वास्थ्य चौकीमध्ये कम्दी स्वास्थ्य चौकीले ८८ प्रतिशत अंक ल्याएर पहिलो स्थानमा रहेको छ भने होलिया स्वास्थ्य चौकीले सबै भन्दा कम ६३ प्रतिशत अंक ल्याएको स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्र घलेल बताउनुभयो । उहाँका अनुसार अधिकतम अंक ल्याउनेमा कम्दी स्वास्थ्य चौकी मात्र रहेको, अन्यले मध्यम अंक ल्याएका छन र होलियाले सबैभन्दा कम अंक ल्याएकोले मापनमा देखिएका कमी कमजोरीलाई सुधार गर्न कार्ययोजना निमार्ण गरिएको छ । 


मापनमा होलियाले ६३ प्रतिशत, बेतहानीले ८५ प्रतिशत, बनकट्टीले ८४ प्रतिशत, शाहपुर्वाले ८० प्रतिशत, कम्दीले ८८ प्रतिशत, हिरिमिनियाले ८६ प्रतिशत र समग्र पालिकाले ७९ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार सुशासन र व्यवस्थापन, क्लिनिकल व्यवस्थापन र स्वास्थ्य चौकी सहयोग सेवा व्यवस्थापन अन्र्तगत एक सय बढी सूचकहरुमा अध्ययन तथा मुल्याकंन गरि अंक प्रदान गरिएको छ । 


स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाको गुणस्तरियता र प्रभावकारीताका बारेमा देखिएका समस्या र कमी कमजोरीलाई अध्ययन गरि सुधार गर्नका लागि कार्ययोजना निमार्ण गरिएको शाखा प्रमुख बुढाले बताउनुभयो । 


यसैविषयमा बुधबार पालिकास्तरिय न्युनतम सेवा मापदण्ड कार्यक्रमहरुको समिक्षा तथा सुदृढिकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, झंकबहादुर थापा, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन गोपाल गौतम, जनस्वास्थ्य निरिक्षक देवनारायण उपाध्याय, ६ वटै स्वास्थ्य चौकीका इन्चार्ज, पालिकाका शाखा प्रमुख लगायतको सभागिता रहेको थियो । 
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…