Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनिती

डेक्स

डेक्स

मातृ मृत्युदर घटाउन डुडुवाको विशेष रणनिती
ADVERTISEMENT

डुडुवा (बाँके) २० चैत । मातृ मत्युदर तथा नवजात शिशु मृत्युदर घटाउनका लागि बाँके डुडुवा गाउँपालिकाले विशेष रणनितिका साथ कार्य गर्दै आएको छ ।

विगत दुई वर्षदेखि मातृमृत्युदरको अवस्था शुन्यमा झरेको तर चालु आर्थिक वर्षमा एक जना गर्भवती महिलाको मृत्यु भएकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्ययोजना निमार्ण गरिएको हो । 


गाउँपालिका स्वास्थ्य शाखाद्धारा आज सोमबार आयोजित सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीका सहभागी नर्सिङ्ग कर्मचारीहरुले आगामी दिनमा मृत्युदर शुन्यमा झार्न कार्ययोजना निमार्ण गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख धबहादुर बुढाले बताउनुभयो ।

उहाँका अनुसार डुडुवामा एक जना गर्भवतीको मृत्यु हुनुको कारण भनेको इक्लामसीया रोगका कारण भएको हो, यस्ता राग तथा समस्याबारे पहिलै नै सचेत भई स्वास्थ्यकर्मीसंगको सम्पर्कमा रहनुपर्दछ । 


डुडुवाको कम्दी, बनकट्टी, बेतहानी र हिरिमिनिया गरि ४ स्थानमा प्रभावकारी प्रसुती केन्द्रहरु संचालनमा रहेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक विरेन्द्रबहादुर घलेले बताउनुभयो ।

उहाँका अनुसार एक वर्षमा करिब एक हजार बढी महिलाहरु संस्थागत सुत्केरी गराउने गरेका छन भने केन्द्रमार्फत २४ सै घण्टा सेवा उपलब्ध गराइएको छ । अभिमुखीकरणमा स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्यकर्मी र नर्सिङ्ग कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…