Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

क्षयरोगबारे नेपालगन्जमा सचेतना अभियान

डेक्स

डेक्स

क्षयरोगबारे नेपालगन्जमा सचेतना अभियान
ADVERTISEMENT

नेपालगन्ज १० चैत । बिश्व क्षयरोग दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा विभिन्न संघसंस्थासँगको सहयोगमा अन्तरक्रिया, र्याली, बिरामीलाई फलफूल तथा सामाग्री हस्तान्तरण गरेर दिवस मनाइएको हो ।

संवाद कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन मानव नेपालीले सन २०५० मा नेपालबाट क्षयरोग निवारण गर्ने लक्ष्य रहेको भन्दै त्यसै अनुसार कार्यक्रमहरु भैरहेको जानकारी दिनुभयो । प्रति एकलाखमा एक जनामा मात्र टिबी देखियो भने टिबी अन्त्य भएको मानिन्छ । तर अहिले नेपालमा प्रति लाखमा २ सय २९ जनामा टिबी देखिएको छ । उहाँका अनुसार २०७७÷७८ मा प्रतिलाखमा ५८ जना मृत्यु रहेकोमा ०८२÷०८३ मा त्यसलाई २३ मा झार्ने लक्ष्य रहेको छ ।

बाँकेमा टिबी निवारणका लागि नयाँ टिबी रोगीको पहिचान, उपचारका कार्यक्रम भैरहेका छन् । जिल्लामा ७५ वटा डट सेन्टर रहेका छन् । एउटा होस्टेल छ भने दुईवटा सब डट सेन्टर रहेका छन् । बाँकेमा आर्थिक वर्ष ०७८÷०७९ मा एक हजार १ य ८९ जना नयाँ टिबीका बिरामी फेला परेका थिए भने चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ५ सय १८ जना नयाँ रोगी फेला परेको फोकल पर्सन नेपालीले जानकारी दिनुभयो । यस्तै यो अबधिमा १३ जनाको मृत्यु भएको छ । 

कार्यक्रममा टिबी रोगको उपचारबाट निको हुने अन्तिम चरणमा रहेका बिरामीहरुले आ–आफ्नो अनुभव सुनाएका थिए । टिबी अस्पतालमा उपचाररत उनीहरुले टिबी रोगको पहिचान हुनु भन्दा अघि झेल्नु परेका समस्या र पहिचानपछि टिबी अस्पतालले प्रबाह गरेको सेवाबारे अनुभव सुनाएका हुन् ।

अन्तरक्रिया अघि आज बिहान नेपालगन्जमा ¥याली निकालिएको थियो भने टिबी अस्पतालका बिरामीलाई फलफूल र विभिन्न सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा क्षयरोगका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।


स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको सभापतित्त्वमा भएको बृहत अन्तरक्रिया तथा अन्तर संवाद कार्यक्रममा क्षयरोगी, अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 
 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…