Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

हप्तामा कति पटक यौन सम्पर्क गर्ने

डेक्स

डेक्स

हप्तामा कति पटक यौन सम्पर्क गर्ने
ADVERTISEMENT

यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै जान्छ, यौन सम्पर्कको दर पनि क्रमस घट्दै जान्छ ।

थुप्रै दम्पतीबीच यौन सक्रियतामा असन्तुलन हुने गर्छ । कतिले आफ्नो पार्टनर यौनमा उदासिन भएको बताइरहेका हुन्छन् । त्यसैगरी कतिले आफ्ना पार्टनर यौनमा बढी नै सक्रिय हुने गुनासो गर्छन् । जबकी यौन सम्पर्कमा दुबैको रुची, उत्सुकता र सक्रियता समान हुनुपर्छ ।

यदि त्यसो भयो भने यौन जीवन सुखमय हुन्छ । अक्सर दम्पतीको यौन सम्बन्धमा तालमेल मिलिरहेको हुँदैन । यहि कारणले उनीहरुको सम्बन्धमा खटपट आउँछ । मनमुटव हुने गर्छ । कतिपय अवस्थामा त डिभोर्स पनि हुने गर्छ ।

जब पार्टनरबाट यौन सन्तुष्टि मिल्दै उनीहरुले अर्कैतिर त्यसको विकल्प खोज्न थाल्छन् । पति वा पत्नी दुबैको हकमा यस्तो हुनसक्छ । त्यसैले यौन सम्बन्धमा दुबै पति पत्नी सक्रिय हुनुपर्छ । तर, यौनमा अधिक रुची हुनु पनि राम्रो मानिदैन ।

साथै यौनमा उदासिन भएको पनि राम्रो मानिदैन । दम्पतीको सम्बन्ध सुमधुर राख्नका लागि यौन जीवनमा सन्तुष्ट चाहिन्छ । यौन जीवन सुखमय भयो भने उनीहरु एकअर्कामा थप नजिक हुनपुग्ने विभिन्न अध्ययनहरुमा पाइएको छ । यसको शारीरिक फाइदा पनि छ ।

भनिन्छ, यौन सम्पर्कको क्रममा शरीरको रक्तप्रवाह राम्ररी हुन पाउँछ । यसले मुटुलाई स्वस्थ्य राख्नदेखि छालामा चमक ल्याउनसम्म सहयोग गर्छ । जो पुरुष हप्तामा दुई पटकभन्दा बढी यौन सम्पर्क गर्छन्, उनीहरुमा हृदयघातको खतरा ४५ प्रतिशत कम हुन्छ ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकासित एक अध्ययनमा के पनि उल्लेख छ भने, स्वस्थ्य यौन जीवनले शरीरमा कार्टिसोल नामको हर्मोन कम उत्पन्न हुन्छ, जसले चिन्ता र उच्च रक्तचापको समस्या पनि हुँदैन ।

स्रोत स् एजेन्सी
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…