Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

यौन सम्पर्कको समयमा महिलाको प्रतिक्रिया

डेक्स

डेक्स

यौन सम्पर्कको समयमा महिलाको प्रतिक्रिया
ADVERTISEMENT


काठमाण्डौ २२ फागुन ।
यौन सम्पर्कको समयमा महिलाले कसरी प्रतिक्रिया गर्छन् भन्ने आम धारणा जान्नको लागि पर्दामा देखाइने दृश्यहरुलाई ध्यान दिनु पर्याप्त हुन्छ । अश्लील फिल्म वा अन्य मुलधारका चलचित्रमा पनि महिलाहरु चरम आनन्दमा डुबेर चिच्याएको देखाइन्छ । तर, के यति धेरै चिच्याउन सेक्समा वास्तवमा केही छ वा यो सिनेमेटिक लाइसेन्स मात्र हो रु

सन् २०११ मा सेन्ट्रल ल्यान्काशायर विश्वविद्यालयका गेल ब्रेवर र लिड्स विश्वविद्यालयका कोलिन हेन्ड्रीले ‘यौन व्यवहारको अभिलेख’ शीर्षकमा एक अनुसन्धान प्रकाशित गरे जसलाई ‘क्यापुलटरी भोकलाइजेसन’ पनि भनिन्छ । अध्ययनमा यौन सम्पर्कमा सक्रिय १८ देखि ४८ वर्षसम्मका हेटेरोसेक्सुअल महिलाहरुलाई सम्भोगको समयमा आवाज निकाल्ने विषयमा विस्तृत प्रश्नहरु सोधिएको थियो ।

अर्ग्याजमको समयमा मात्र नभई यौन सम्पर्कको बेला धेरै महिलाले आवाज निकाल्ने गरेको अनुसन्धानकर्ताहरुले पाए । ६६ प्रतिशत महिलाले आफ्ना पार्टनरको गति बढाउनका लागि आवाज निकाल्ने गरेको बताए जबकी ८७ प्रतिशत महिलाले आत्मबल वृद्धि गर्नका लागि आवाज निकाल्ने गरेको बताए ।

‘महिला अर्ग्याजम प्रायः फोरप्लेको समयमा अनुभव गरिएको थियो भने क्यापुलटरी भोकलाइजेसन प्रायःजसो पुरुषको स्खलनको साथ र त्यसअघि पाइएको थियो,’ अनुसन्धानमा लेखिएको छ । महिलाहरूले नैराश्यता, थकान र दुखाई कम गर्न पनि यौनको समयमा आवाज निकाल्ने गरेको पाइएको छ । त्यसो भए के सेक्सको समयमा महिलाले आवाज निकाल्नु पुरुषको फाइदाको लागि गर्ने अभिनय मात्र हो त रु

‘यस क्षेत्रमा धेरै अनुसन्धान भएको छैन,’ इन्डियाना विश्वविद्यालयका यौन सम्बन्धी विज्ञ क्रिस्टन मार्कले भने, ‘यौन सम्पर्कको समयमा आवाज निकाल्ने काम अग्र्याजम र यौन आनन्दसँग जोडेर देखाउने मुलधारका मिडियाबाट प्रभावित भएका छौं ।’ अवश्य पनि यसमा नक्कल गर्नु बुद्धिमानी नहोला ।

‘यदि तपाईं अग्र्याजमको नक्कल गर्दै हुनुहुन्छ भने तपाईं आफ्नो पार्टनरलाई उसले सहि तरिकाले गर्दैछ भन्ने संकेत दिंदै हुनुहुन्छ जबकि वास्तवमा उसले त्यस्तो गरिरहेको छैन,’ लेखक तथा यौन शिक्षिका प्याटी ब्रिसबेन बताउँछिन्, ‘आफू उत्तेजित भएको र आनन्दित महसुस गरिरहेको संकेत दिनका लागि चिच्याउनुहोस् । आनन्द नभएको लुकाउनका लागि होइन ।’

सेक्सको क्रममा आवाज निकाल्ले सबालमा महिलाहरु नै पहिलो होइनन् । जनावरहरुमा गरिएको अनुसन्धान अनुसार पोथी बबुनहरू मैथुनका लागि विभिन्न आवाज निकालेर भालेलाई बोलाउँछन् । डिम्ब उत्पादनको समय नजिक हुँदा पोथीले निकाल्ने आवाज निकै जटिल हुन्छ भने उच्च जातको भाले बबुनसँग समागम गर्दा निकाल्ने आवाजमा विभिन्नता पाइन्छ । पोथी मकाकले पनि भाललाई उत्तेजित बनाउन आवाज निकाल्छ ।

‘आफ्नो यौन आवश्यकता र चाहनाहरूको लागि जिम्मेवारी लिन सिक्दै छन् महिलाहरू,’ ब्रिस्बेन भन्छिन्, ‘यसलाई अझ एक कदम अगाडि बढाएर हामीले आफूलाई नै शिक्षक बन्न अनुमति दिनुपर्दछ । आफूलाई के राम्रो लाग्छ, त्यो सिकाउन भोकलाइजेशन प्रयोग गर्न आफ्नो पार्टनरलाई सिकाउनुहोस् ।’

‘जब आवाज निकाल्ने विषयको कुरा गरिन्छ, तब पार्टनरको सन्तुष्टि मात्र एउटा अचम्मको विषय होइन,’ मार्कले भने, ‘सायद आवाज निकाल्दा केही महिलाहरू साँच्चै सक्रिय हुन्छन् र उनीहरूलाई आनन्दित बनाउन मद्धत गर्छ ।’ चरम आनन्दका लागि केहि महिलालाई आवाज निकाल्नुपर्ने विषयमा ब्रिस्बेन सहमत छिन् ।

‘मलाई लाग्छ धेरै महिलाहरु यस्ता छन्, जसलाई अग्र्याजम प्राप्त गर्नका लागि आवाज निकाल्न आवश्यक छ । यसका निश्चित चरणहरु छन् । कुनै समयमा उनीहरु निकै ठूलो स्वरले चिच्याउन सक्छन् र विस्तारै शान्त हुन्छन् ।’ त्यसैले तपाईंलाई जे ठीक लाग्छ त्यही गर्नुहोस् । जब ‘क्यापुलेटरी भोकलाइजेशन’को कुरा आउँछ, तब सायद पुरुषहरूले महिलाहरूबाट पाठ सिक्नुपर्दछ ।

‘महिलाहरू जान्दछन् कि चिच्याउनु पुरुषलाई उत्तेजित गर्नु हो । धेरै महिलाहरूले यसको आनन्द पनि लिन्छन् किनकी उनीहरूले स्वाभाविक रूपमा आउनेभन्दा बढी प्रयास गरेका हुन्छन्,’ यौन शिक्षक तथा ‘हाउ टु गेट योर वाइफ टु ह्याभ सेक्स वीथ यु’ पुस्तकका लेखक लोगन लेवकोफ बताउँछन् । ‘तर यौन आत्मसम्मान दुईपक्षीय सडक हो । तसर्थ काम वासनको अन्त्यमा निकाल्ने आवाज बाहेक पुरुषले अन्य आवाज पनि निकाल्नुपर्छ । त्यसैले हामी सबैले केहि आवाज निकालौं ।

स्रोत एजेन्सी 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…