Pairabi logo

असोज १७, २०८३, शनिबार                    

वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधाको आइसियु सेवा सुरु

डेक्स

डेक्स

वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधाको आइसियु सेवा सुरु
ADVERTISEMENT

नेपालगञ्ज ।  विगत १९ वर्षदेखि नेपालगन्जमा सञ्चालित वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको ‘लेभल ३ आइसियु’ सेवा आजदेखि सुरु गरेको छ । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक÷एक जना तालिम प्राप्त ‘डेडिकेटेड नर्स’का साथै २४ सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ डाक्टरको निगरानी रहने ब्यवस्था मिलाइएको छ ।

यस्तो सुबिधा भएको आइसियु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाण्डौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो । आइसियुमा भर्ना हुने बिरामीमा हुने बिरामीको स्वास्थ्य सूचकहरुको बारेमा जानकारी दिनका लागि डब्लुएचओको प्रोटोकल अनुसार बिरामीको हेल्थ इन्डिकेटर इन्फरमेशन प्रबन्ध  मिलाइएको छ ।

आइसियुमा अन्र्तराष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभबी चिकित्सक र नर्सहरु कार्यरत छन् ।  यस अस्पतालले ‘क्वालिटी अफ नर्सिङ’ र आइसियु मै २४ घण्टा ‘कन्सलटेन्ट चिकित्सक’को ब्यवस्था गरेर गुणस्तरीय उपचार सेवालाई बिशेष फोकस गरेको छ ।

त्यसैगरी उपचार सेवालाई थप प्रभावकारी बनाउन यस अस्पतालले टिचिङ, ह्याम्स, ग्राण्डी जस्ता सुबिधा सम्पन्न अस्पतालको आइसियु बिभागमा लामो समय काम गरेका बिशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफहरुसँग सहकार्य गर्दै आइरहेको छ । यसका साथै आइसियु मै डाइलासिस सुबिधा छ । ६ वटा भेन्टिलेर सहित अत्याधुनिक उपकरणहरु छन् ।

बेष्टर्न अस्पतालले आईतबारदेखि ६ बेडको एचडियु सेवा पनि सुरु गरेकोछ । केहि दिन मै ६ बेडको एनआइसियु सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक डाक्टर राहुल थापाले जानकारी दिनुभयो । बेष्टर्न अस्पतालमा ९ बेडको अप्रेशन थेयटर छ । साथै आइसियु लगायतका सुबिधाहरु बढाउनका लागि करिब रु.५ करोडको लागतमा उपकरण र पुर्बाधारहरु थप गरिएको प्रबन्ध निर्देशक  थापाले बताउनुभयो ।

अस्पतालको क्रिटिकल केयर बिभागमा डाक्टर पारस पाण्डे, मेडिसिन बिभागमा कन्सल्टेन्ट फिडिसियन डाक्टर मधु अर्याल सहितका चिकित्सक र नर्सिङ स्टाफहरुको टीम कार्यरत छ । एक सय बेडको क्षमताको बेष्टर्न अस्पतालले अर्थोपेडिक, ट्रमा, जनरल र्सजरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको प्रबन्ध निर्देशक थापाले उल्लेख गर्नुभयो ।

अस्पतालले निकट भबिष्य मै बालरोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालन गर्ने तयारी गरि रहेको छ ।  यसअघि आइसियुमा काम गर्ने नर्सहरुलाई दक्ष बनाउने उद्देश्यले नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन र क्रिटिकल केयर नर्सिङ एसोसियशन नेपालको समन्वयमा वेष्टर्न अस्पतालले नेपाल मै पहिलो पल्ट काठमाण्डौँ उपत्यका बाहिर ‘बेसिक फर नर्सिङ तालिम’ सञ्चालन गरेको थियो । 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

नेपालगन्ज, ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका…

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

रक्त अभियन्तालाई सम्मानसहित फाउण्डेसनमा ६३ जनाले गरे रक्तदान

पवन जायसवाल ४ असोज । गोपालनीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा लामो सम…

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौँ, ४ असोजः प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्ष…