Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधाको आइसियु सेवा सुरु

डेक्स

डेक्स

वेष्टर्न अस्पतालमा अत्याधुनिक सुबिधाको आइसियु सेवा सुरु
ADVERTISEMENT

नेपालगञ्ज ।  विगत १९ वर्षदेखि नेपालगन्जमा सञ्चालित वेष्टर्न अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन ८ बेडको ‘लेभल ३ आइसियु’ सेवा आजदेखि सुरु गरेको छ । आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक÷एक जना तालिम प्राप्त ‘डेडिकेटेड नर्स’का साथै २४ सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ डाक्टरको निगरानी रहने ब्यवस्था मिलाइएको छ ।

यस्तो सुबिधा भएको आइसियु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाण्डौँ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो । आइसियुमा भर्ना हुने बिरामीमा हुने बिरामीको स्वास्थ्य सूचकहरुको बारेमा जानकारी दिनका लागि डब्लुएचओको प्रोटोकल अनुसार बिरामीको हेल्थ इन्डिकेटर इन्फरमेशन प्रबन्ध  मिलाइएको छ ।

आइसियुमा अन्र्तराष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभबी चिकित्सक र नर्सहरु कार्यरत छन् ।  यस अस्पतालले ‘क्वालिटी अफ नर्सिङ’ र आइसियु मै २४ घण्टा ‘कन्सलटेन्ट चिकित्सक’को ब्यवस्था गरेर गुणस्तरीय उपचार सेवालाई बिशेष फोकस गरेको छ ।

त्यसैगरी उपचार सेवालाई थप प्रभावकारी बनाउन यस अस्पतालले टिचिङ, ह्याम्स, ग्राण्डी जस्ता सुबिधा सम्पन्न अस्पतालको आइसियु बिभागमा लामो समय काम गरेका बिशेषज्ञ चिकित्सक र नर्सिङ स्टाफहरुसँग सहकार्य गर्दै आइरहेको छ । यसका साथै आइसियु मै डाइलासिस सुबिधा छ । ६ वटा भेन्टिलेर सहित अत्याधुनिक उपकरणहरु छन् ।

बेष्टर्न अस्पतालले आईतबारदेखि ६ बेडको एचडियु सेवा पनि सुरु गरेकोछ । केहि दिन मै ६ बेडको एनआइसियु सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक डाक्टर राहुल थापाले जानकारी दिनुभयो । बेष्टर्न अस्पतालमा ९ बेडको अप्रेशन थेयटर छ । साथै आइसियु लगायतका सुबिधाहरु बढाउनका लागि करिब रु.५ करोडको लागतमा उपकरण र पुर्बाधारहरु थप गरिएको प्रबन्ध निर्देशक  थापाले बताउनुभयो ।

अस्पतालको क्रिटिकल केयर बिभागमा डाक्टर पारस पाण्डे, मेडिसिन बिभागमा कन्सल्टेन्ट फिडिसियन डाक्टर मधु अर्याल सहितका चिकित्सक र नर्सिङ स्टाफहरुको टीम कार्यरत छ । एक सय बेडको क्षमताको बेष्टर्न अस्पतालले अर्थोपेडिक, ट्रमा, जनरल र्सजरी, प्रसुति तथा स्त्री रोग, नाक कान घाँटी, जनरल मेडिसिन, म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको प्रबन्ध निर्देशक थापाले उल्लेख गर्नुभयो ।

अस्पतालले निकट भबिष्य मै बालरोग, मानसिक रोग, न्युरो सर्जरीका साथै डाइलासिस सेवा सञ्चालन गर्ने तयारी गरि रहेको छ ।  यसअघि आइसियुमा काम गर्ने नर्सहरुलाई दक्ष बनाउने उद्देश्यले नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेशन र क्रिटिकल केयर नर्सिङ एसोसियशन नेपालको समन्वयमा वेष्टर्न अस्पतालले नेपाल मै पहिलो पल्ट काठमाण्डौँ उपत्यका बाहिर ‘बेसिक फर नर्सिङ तालिम’ सञ्चालन गरेको थियो । 

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन बाँकेमा १६औँ पटक संचालन

नेपालगन्ज ७ माघ । बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण नभएपछि यो वर्ष बाँके ज…

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…