Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

डुडुवामा दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु

डेक्स

डेक्स

डुडुवामा दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो शुरु
ADVERTISEMENT

नेपालगञ्ज, १९ फागुन । बाँके डुडुवा गाउँपालिकामा आज शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो डोजो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । 
आज एक कार्यक्रमका विच प्रतियोगिताको उदघाटन गर्दै डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले खेल क्षेत्रले सकारात्मक प्रतिस्पर्धाको भावना जागृत गर्ने भएकाले यसतर्फ आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो । 


उहाँले खेलकुदमार्फत देशलाई बिश्वमै चिनाएको र यसले देशको प्रतिष्ठा बनाउन मद्दत पुर्याउने भएकाले स्थानीय तहले यस्ता गतिबिधिका लागि गम्भीर रहेको बताउनुभयो । उदघाटन कार्यक्रममा वडा नं ५ का अध्यक्ष झंक बहादुर थापा, वडा नं ४ का वडा अध्यक्ष सगिर खाँ, इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख बिष्णु शाही, जुडोका संस्थापक नोम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । लुम्बिनी प्रदेशका चार जिल्लाको खेलाडीहरुको सहभागिता रहेको कम्दी जुडो डोजोका अध्यक्ष एव प्रशिक्षक पदम बहादुर बुढाथोकीले बताउनुभयो । 


प्रतियोगितामा महिला पुरुषतर्फ ६–६ बिद्यामा प्रतिस्पर्धा हुँदैछ । शनिबार समापन हुने प्रतियोगितामा महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । 


लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दांङ, कपिलबस्तु र बाँकेको खजुरा, नेपालगञ्जका बिभिन्न स्थानमा रहेका एक सय ३० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…