Pairabi logo

माघ १३, २०८२, सोमबार                    

लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ मुद्दा

डेक्स

डेक्स

लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ मुद्दा
ADVERTISEMENT


नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारविरुद्ध हालसम्म १२८ वटा रिट निवेदन दर्ता भएका छन् । प्रदेश सरकार स्थापना भएदेखि लुम्बिनी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई ती मुद्दा दर्ता भएका हुन् । न्यायाधिवक्ताको कार्यालय बुटवलका अनुसार तीमध्ये ४८ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ८० वटामा फैसला हुन बाँकी छ ।
लुम्बिनी प्रदेश सरकारविरुद्ध सबैभन्दा बढी मुद्दा सर्वोच्च अदालतमा छन् । सर्वोच्चमा लुम्बिनी सरकारविरुद्ध ७० वाट मुद्दा परेका छन् । तीमध्ये १० वटा मुद्दा फैसला भएको र ६० वटा विचाराधीन छ ।
यस्तै लुम्बिनी सरकारविरुद्ध उच्च अदालत पाटनमा एउटा, उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा ३५ वटा मुद्दा दर्ता भएका छन् । जसमा २१ वटा मुद्दाको फैसला भइसकेको छ भने १४ वटा मुद्दा विचाराधीन छन् ।
उच्च अदालत तुल्सीपुरमा ९ वटा मुद्दा परेकामध्ये ४ वटा फैसला भएको र ५ वटाको फैसला हुन बाँकी रहेको जनाइएको छ ।
यस्तै उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा प्रदेश सरकारविरुद्ध ९ वटा मुद्दा परेकोमा ८ वटा मुद्दाको फैसला भएको छ भने एउटा विचाराधीन छ ।
जिल्ला अदालत दाङ र कपिलवस्तुमा परेका एक–एक मुद्दाको फैसला हुन बाँकी छ । लुम्बिनी प्रदेश सरकार र मातहतमा निकायलाई विपक्षी बनाएर दर्ता भएका मुद्दामध्ये कर्मचारी नियुक्ति, वन, अस्पताल विकास समिति, नदीजन्य बस्तुको दोहन आदि विषयमा सम्बन्धित रहेको न्यायाधिवक्ता कार्यालय बुटवलका प्रमुख हरिहर पौडेलले बताए ।
यस्तै विद्यालय व्यवस्थापन समिति परिवर्तनदेखि गाउँपालिकाको केन्द्र परिवर्तनका विषयमा पनि प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध मुद्दा परेको छ । लुम्बिनी प्रदेश अस्पतालको ठेक्का, अस्पताल विकास समितिको व्यवस्थापन समिति लगायतका विषयसँग सम्बन्धित मुद्दा पनि दर्ता भएका छन् ।
सर्वोच्च अदालतमा मुद्दाको चाप धेरै भएकाले कतिपय मुद्दा फर्छ्योटमा ढिलाइ भएको पौडेलले बताए । मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले आफू भर्खरमात्र नियुक्त भएकाले प्रदेश सरकारविरुद्ध दर्ता भएका मुद्दाहरु अध्ययन गरिरहेको रातोपाटीलाई बताए ।
उनले भने, ‘म नियुक्त भएको एक महिना पनि पुगेको छैन । म आएपछि नयाँ मुद्दा दर्ता भएका छैनन्, पुराना मुद्दाहरु अगाडि बढाउने र अध्ययन गर्ने काम भइरहेको छ ।’
लुम्बिनी प्रदेशको राजधानी दाङ भए पनि अहिले मुख्य न्यायाधिवक्ताको सम्पर्क कार्यालय बुटवलमा छ । दाङमा अझै भौतिक पूर्वाधार नभएको र बुटवलमा पनि मुद्दाहरु धेरै हेर्नुपर्ने भएकाले दुईतिर कार्यालय बनाइएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …