Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

गुणस्तरहिन ग्यास सिलिण्डर विक्री गर्न रोक

डेक्स

डेक्स

गुणस्तरहिन ग्यास सिलिण्डर विक्री गर्न रोक
ADVERTISEMENT

नेपालगन्ज ६ फागुन । बाँके जिल्लामा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण नगर्न रोक लगाएको छ  । पछिल्लोे समय ग्यास पडकिएर घटना घटेपछि सर्तकर्ताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा अनुगमन गरिएको छ । 

अनुगमनका क्रममा कैफियत भेटिएका सिलिण्डर बजार नपठाउन निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित मनकामना ग्यास उद्योगमा ग्यास लिकेज टेस्टिजमेशिनलाई यथाशीघ्र प्रयोगमा ल्याउन र म्याद समाप्त भएका १ सय ६० वटा ग्याँस सिलिण्डर, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० वटा ग्यास सिलिन्डर र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्याँस र सिलिन्डर गरि जम्मा दुई सय १० ग्यास सिलिण्डरलाई बिक्रीवितरण नगर्न निर्देशन दिइएको छ ।


 
यसैगरि भेरी ग्यास उद्योगमा रहेका म्याद सकिएका करिब ३ हजार ग्यास सिलिन्डर, लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सयवटा ग्यास सिलिन्डर र म्याद सकिन लागेका दुई सय वटा ग्याँस सिलिन्डरलाई बिक्रीवितरण नगर्न संयुक्त बजार अनुगमन समितिले निर्देशन दिएको छ ।

उपभोक्ता हित संरक्षणमा सरोकारवाला सबै सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष अधिवक्ता बसन्त गौतमले बताउनुभयो । उहाँल भन्नुभयो, “ज्यान जानेसम्मका दुर्घटना निम्त्याउने, स्वच्छ खाद्यान्न उपलब्धता र प्रयोगको सुनिश्चिततामा सरोकारवाला जिम्मेवार र उपभोक्ता आफै जागरुक हुनुपर्छ, सचेत भइन भने जोखिमका घटना बढन सक्छन ।”

ग्यास सिलिण्डरका विषयमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले सार्वजनिक महत्वको विषयको रिटमा सुनुवाई गर्दै यसअघि नै सिलिण्डरको तौल चेक गर्ने, गुणस्तर चेक गर्ने तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश गरेको अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…