Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालन

डेक्स

डेक्स

नेपालगन्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालन
ADVERTISEMENT

नेपालगन्ज, ३ फागुन । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज हैन्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ ।

विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले बताउनुभयो । उहाँका अनुसार अब विभिन्न ठाउँबाट नेपालगञ्ज आउने यात्रुको सामानलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन सकिनेछ । रु दुई करोड बढीको लागतमा विमानस्थलको आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ प्रणाली जडान गरिएको हो ।

यसअघि आगमन कक्षमा आएको यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा निकै समय लाग्ने र झन्झटिलो समेत रहेको थियो । यो सेवा संचालन भएपछि अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज भएको छ । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४०.६ मिटर र लगेज हैन्डलिङ क्षमता प्रतिघण्टा दुई हजार चार सयदेखि तीन हजारसम्म रहेको छ ।

नेपालका विभिन्न आन्तरिक विमानस्थलमा यात्रुको सेवासुविधा अभिवृद्धि गर्ने योजनाअनुरूप पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढीमा ब्यागेज हैन्डलिङ सिस्टमअन्तर्गत कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…