Pairabi logo

माघ १३, २०८२, सोमबार                    

एन टिभी समयअनुसार परिमार्जन हुनुपर्नेमा जाेड

डेक्स

डेक्स

एन टिभी समयअनुसार परिमार्जन हुनुपर्नेमा जाेड
ADVERTISEMENT

नेपालगन्ज, २ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिभिजन प्रसारण केन्द्रले समय अनुसार आफुलाई परिमार्जन गर्दै जानुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर प्रसारण केन्द्रको आज यहाँ निरीक्षण गर्दै मन्त्री शर्माले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेको दर्शकले रुचाउने किसिमका सामाग्री उत्पादन गरि समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री शर्माले नेपालको संविधानमा गरिएको व्यवस्थाबारे समुदायका लक्षित वर्गलाई जानकारी दिने जस्ता जनमुखी कार्यक्रम उत्पादन तथा प्रसारण गर्न आग्रह गर्नुभयो । उहाँले सरकारको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सयुक्त रुपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउदै स्थानीय सरकारसंग सहकार्य गर्न निर्देशन दिनुभयो । 

त्यस अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समिरजंङ्ग शाहले संस्थानलाई आवश्यक जनशक्ति व्यवस्थापनका लागि नेतृत्व तह लागि रहेको भन्दै टेलिभिजनका कार्यक्रम लगायतमा परिमार्जन गरि नया ढंगले अघि बढने प्रतिबद्धता गर्नुभयो । नेपाल टेलिभिजन कोहलपुर प्रसार केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याका बारेमा जानकारी गराउनुभएको थियो । 

कोहलपुर च्यानल प्रमुख विजयकुमार वर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुर्णा सुवेदी, जिल्ला हुलाक कार्यालयको प्रमुख गोविन्द पाण्डे लगायत जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


यसैबिच संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आजै कोहलपुरस्थित गोरखापत्र दैनिक पत्रिकाको प्रकाशन गृहको अनुगमन तथा निरिक्षण गर्नु भएको छ । सो क्रममा उहाँले गोरखापत्रको थप विकासमा लागि पर्ने बताउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …