Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्जको १२औं नगरसभाद्धारा चार विधेयक पारित

डेक्स

डेक्स

नेपालगञ्जको १२औं नगरसभाद्धारा चार विधेयक पारित
ADVERTISEMENT

नेपालगञ्ज १, फागुन 

नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको हो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव पनि पारित भएको छ ।



नगरसभा सदस्य मुजम्मिल हुसैन हल्वाईले स्वास्थ्य सेवा विधेयक, नगरसभा सदस्य कौशलकुमार धोवीले सार्वजनिक निजी साझेदारी विधेयक, नगरसभा सदस्य गोपाल पुनले खानेपानी तथा स्वच्छता सम्बन्धि विधेयक र  नगरसभा सदस्य विना थापाले विनियोजन विधेयकको प्रथम संशोधन नगरसभामा प्रस्तुत गर्नुभएको थियो । यसैगरी नगरसभा सदस्य पुष्षा सिंहले प्रस्तुत गर्नुभएको प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव  र नगरसभा सदस्य गोविन्द रेग्मीले प्रस्तुत गर्नुभएको बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । नगरसभाले दिवंगत जनप्रतिनिधि र कर्मचारीहरुको शोक प्रस्ताब पनि पारित गरेको छ ।

नगरसभामा नगरप्रमुख विष्टले हालसम्मको संक्षिप्त प्रगति विवरण र उपप्रमुख कमरुद्दिन राईले वित्तीय तथा राजश्व प्रगति प्रस्तुत गर्नुभएको प्रबक्ता प्रमोद रिजालले बताउनुभयो । नगर प्रमुख विष्टले आफ्नो प्रगति विवरण उल्लेखित बक्तब्यमा बागेश्वरी मन्दिरमा महाआरती शुभारम्भ, मोतिविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन, दादुरा प्रकोप देखिएपछि सञ्चालित खोप अभियानमा सतप्रतिशत बढी कभरेज, दीर्घरोगीहरुलाई विपद व्यवस्थापन कोषबाट रकम भुक्तानी, केही वडाहरुमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण, सबै वडामा इन्टरनेटको पहुँच, नगरका मुख्य स्थानमा फ्रि-वाइफाई जोन, अनलाइन सिफारिस प्रणाली, मुलुकमै दोस्रो स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र स्थापना गरी कार्यान्वयन गरेको विषयलाई समेट्नुभएको छ ।

यस्तै उहाँले प्रगति विवरणमा नगरमा पुराना डिप बोरिंगहरुको मर्मत कार्य सञ्चालन, जग्गा नापजाँचको कार्यका लागि आवश्यक नियन्त्रण विन्दु स्थापना, मदरसा बोर्ड गठन, उपमहानगरको कृषि र गैरकृषि क्षेत्र निर्धारण, मंगलप्रसाद कन्या कलेजमा हाल स्नातक तर्फका केही विषयहरुमा अध्यापन सुरुवात, सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति पदपूर्ति, अपांगता परिचयपत्र वितरणसहित सचेतनामूलक कार्यक्रम सञ्चालन, न्यायिक समितिमा चालू आर्थिक बर्षमा परेका १७ उजुरी मध्ये २ वटा निर्णय भई बाँकी प्रक्रियामा रहेको विषयहरु उल्लेख गर्नुभएको छ । नगर प्रमुख विष्टले चाडपर्वको लामो विदा, संघ र प्रदेशको चुनाव लगायतका कारणले सुरुवाती दिनमा लय पकड्न गाह्रो भएपनि अब उपमहानगर आफ्नो शैली र गतिमा अघि बढ्ने बताउनुभयो ।

नगर उपप्रमुख राईले वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै चालू आर्थिक बर्षको पौष मसान्तसम्म २५.१० प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो । राईले चालूतर्फ ३४.६८, पूँजीगततर्फ ९.४४ र वित्तीय व्यवस्थातर्फ ३९.३४ प्रतिशत रकम खर्च भएको बताउनुभयो । उहाँले आर्थिक बर्ष २०७९/८० को ११औं नगरसभाबाट स्वीकृत कुल बजेट मध्ये विभिन्न बजेट शिर्षकमा पौष मसान्तसम्म रु.१ करोड २ लाख ११ हजार बढी प्राप्त भएको तथा अनुमान भन्दा बढी निकासा प्राप्त भएको भन्दै जम्मा १ अर्ब ९८ करोड ४२ लाख ५४ हजार रुपैयाँ स्वीकृतिका लागि नगरसभामा पेश गर्नुभएको थियो ।

प्रस्तावित अनुमानित आय मध्ये पौष मसान्तसम्म रु.१ अर्ब ९ करोड ६७ लाख ८५ हजार गरी करिब ५५ प्रतिशत आम्दानी प्राप्त भएको बताइएको छ । यस्तै आन्तरिक आयमा करिब ५८ प्रतिशत प्रगति भएको छ । उपप्रमुख राईले करदाताहरुको सहज पहुँचका लागि सम्पत्तिकर वडा कार्यालयबाटै अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको बताउँदै व्यवसाय र घरबहाल कर समेत वडामै बुझाउन सकिने गरी व्यवस्था गर्न प्रयासरत रहेको जानकारी गराउनुभयो । नगरसभामा जनसरोकार र समसामयिक विषयमा छलफल गरिएको थियो । छलफलमा नगरसभा सदस्यहरुले सक्रिय सहभागिता जनाउनुभएको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…