Pairabi logo

कात्तिक १७, २०८२, आइतबार                    

बाँकेमा घडियाल गोहीको संरक्षण हुँदै

डेक्स

डेक्स

बाँकेमा घडियाल गोहीको संरक्षण हुँदै
ADVERTISEMENT

नेपालगन्ज ।   बाँके राष्ट्रिय निकुञ्जले संकटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ । 
बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको संख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खलबलिन नदिन  निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा जलचरमध्ये संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । 
उक्त घडियाल गोहीको संरक्षण अभियान अन्तरगत पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा १० घडियाल गोही छाडिएको छ । ती गोहीमध्ये दुई भाले र आठ पोथी रहेका छन । जलचर विज्ञहरूले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिले समेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए । त्यसैका आधारमा बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले गोही संरक्षणको प्रयास थालेको बताइएको छ ।  घडियाल गोही सुरुमा चितवनबाट बर्दिया ल्याइएको थियो । राप्ती नदीमा गोहीको संख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जले जनाएको छ ।  राप्ती नदीको पानीमा प्रदूषण न्यून रहेको र स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको गोहीको मुख्य आहारा माछा हो । राप्ती नदीमा दुवै उपलब्ध रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह बताउँनुहुन्छ । उहाँले गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाईे नियन्त्रण गरिने उल्लेख गर्नुभयो ।     निकुञ्जका प्रमुख शाहले भन्नुभयो ‘संकटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्ने संकल्प गररेका छौ ।’ गोही दुई प्रजातीको हुने जानकारी दिदै उहाँले घडियाल गोही शान्त स्वभावको हुने उल्लेख गर्नुभयो । ‘मगर प्रजातीको गोही भन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र  बस्न रुचाउँछ,’ उहाँ भन्नुहुन्छ । संरक्षित सूचीमा  रहेको घडियाल गोहीको शिकार गरेमा वा मारेको ठहर भएमा रु.एक लाखदेखी ५ लाखसम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । नदीमा आश्रित हुने समुदायका लागि निकुञ्जले बल्छी प्रयोग गरेर माछा मार्न पाउने लाइसेन्स दिएको छ । बल्छीबाहेक जाल प्रयोग गरेर माछा मार्न प्रतिबन्ध लगाइएको छ । जाल प्रयोग गर्दा घडियाल गोहीको चुच्चो अर्थात् मुख जालमा अल्झेर भाँच्चिन सक्ने र संरक्षणमा बाधा पुग्ने भएकाले रोक लगाइएको निकुञ्जले जनाएकोछ ।  बर्दियाको कर्णाली र बबई नदीसहित नेपालमा करिब २ सय ५० वटा घडियाल गोही संरक्षण गरिएको बताइएको छ  । बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा करिव ८ वर्षसम्म हुर्काइएका वयस्क घडियाल गोही बाँके ल्याइएको थियो । 

ताजा

सबै

अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन

नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयलले यहाँक…

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

नेपालगञ्जमा जयगुरुदेवको सतसङ्ग

नेपालगन्ज ,१२ कात्तिकः बाबा जयगुरुदेव आध्यात्मिक सङगत नेपालको आयोजनामा नेपालगञ्जमा स…

लोकप्रिय

यो पनि

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्जमा इस्लामिक कला अन्तर्राष्ट्रिय दिवस मनाइने

नेपालगन्ज ।द मदर फाउण्डेशनले विगत लामो समयदेखि सांस्कृतिक कूटनीतिको माध्यमबाट अन्तर्र…

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो

नेपालगन्ज , ९ कात्तिकः राप्तीसोनारी गाउँपालिका३ नारायणपुरबाट दाङको राजपुर गाउँपालि…

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

पुष्पखेती घट्दै गएपछि नेपालगञ्जमा फूलको अभाव

नेपालगन्ज । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण बाँकेमा पुष्प व्…

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ, २८ असोजः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम स…