Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती

डेक्स

डेक्स

बागेश्वरी मन्दिरमा दोस्रो पटक महाआरती
ADVERTISEMENT

नेपालगन्ज, २४ माघ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा सोमबार राती दोस्रोपटक ’महाआरती’ गरिएको छ । नाट्टा बाँके च्याप्टर नेपालगञ्ज र वेष्टर्न ट्राभल्ल मार्ट नेपालको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सयुक्त सहकार्यमा ’महाआरती’ गरिएको  हो । 
    
’महाआरती’मा नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट र उहाँकी धर्मपत्नी रेखा विष्ट प्रमुखकर्ताका रुपमा हुनुहुन्थ्यो । भक्तजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा गरिएको ’महाआरती’ उल्लासपूर्ण देखिएको थियो । 
    
बागेश्वरी मन्दिरमा अब प्रत्येक सोमबार ’महाआरती’ गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग गर्ने मेयर प्रशान्त विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महाआरती’लाई नियमितरुपमा सञ्चालन गर्न मू प्रतिबद्ध छु, यसले धार्मिक पर्यटनतफ आकर्षण गर्छ ।” नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले ’महाआरती’लाई नियमित गर्न सरोकारवाला सबै पक्षको इमान्दार सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा माघ १५ गते ’महाआरती’ गरिएको थियो । नेपालगञ्जमा आयोजित दोस्रो वेष्टर्न ट्राभल मार्टका बेला पहिलो ’महाआरती’ गरिएको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …