Pairabi logo

माघ १३, २०८२, सोमबार                    

जानकीमा रनिङ शिल्ड प्रतियोगिता सुरु

डेक्स

डेक्स

जानकीमा रनिङ शिल्ड प्रतियोगिता सुरु
ADVERTISEMENT

 नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय पाचौं औ अध्यक्ष कप प्रतियोगिता आजदेखि सुरु भएको छ । जानकी गाउँपालिका  वडा नम्वर–३ मानपुर स्थित  नेपाल राष्ट्रिय प्रा वि मानपुरमा सुरु भएको प्रतियोगिताको  सासंद किशोर सिंह राठोर  लुम्विनी प्रदेश सभा सदस्य बाद्शाह कुर्मी र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन सिह राठोरले विध्यालयको विध्यार्थी जिवनअत्यन्तै महत्वपुर्ण जिवन भएकोले यसलाई सार्थक बनाउन खेलकुद क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभएको  छ । उहाहरुले   पालिकामा अहिलेसम्म  प्लस टु सम्मको पढाई नहुनु दुखको विषय भएको भन्दै मिलेर प्लस टु सम्मको पढाई शुरु गर्ने वातावरण वनाउनुपर्नेमा जोड दिनुभएको छ  ।  । जसलाई जे मन लाग्यो त्यो बोल्ने स्थिती देशमा श्रृजना भएकोले वालवालिकालाई पढाईमा अनुशासित र खेलतिर पनि ध्यान केन्द्रित गर्न जरुरी रहेको समेत उहाँहरुले बताउनुभएको छ । 
     लुम्विनी प्रदेश सभा सदस्य  बादशाह कुर्मीले  दश जोड दुईका विध्यार्थीहरुलाई निशूल्क पढाउने व्यवस्था  गाउपालिकाबाट वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।  
   गाउँपालिकाका अध्यक्ष  छब्बन खाँले दश जोड दुईको पढाईका लागि समेत प्रयास जारी रहने बताउनुभयो । 
 प्रमुख प्रशासकिय अधिकृत सिंहराज डागीले  प्रतियोगितालाई अझै व्यवस्थित र भव्य वनाउनका लागी र खेलकुदको माध्यमबाट यसलाई चिनाउन आवश्यक रहेको बताउनुभयो । 
    विहिवार पहिलो दिन छात्रा तर्फ व्राईटस्टार र शिवपुरी , बन्जाडेगाउ र जोगागाउ र भाटनपुर र बालविकास बिच कवड्डी  खेल भएको थियो त्यसैगरी भलिवल छात्रतर्फ भाटनपुर र बालविकास , शिवपुरी र बन्जाडेगाउ , जोगागाउ र जानकी विच भलिवल खेल भएको थियो ।  जानकी गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरेको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका रहेका ४५ वटा विद्यालय मध्ये ३८ विद्यालय  मात्र बुधवार दर्ता भएका थिए । प्रतियोगिता २१ गतेसम्म सन्चालन हुने आयोजक समितिले जनाएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …