Pairabi logo

असोज २८, २०८३, बुधबार                    

अझै पुनःस्थापना हुन सकेनन छोटी भन्सार

डेक्स

डेक्स

अझै पुनःस्थापना हुन सकेनन छोटी भन्सार

भन्सारले समातेका अवैध सामान ।

ADVERTISEMENT

नेपालगञ्ज, ७ माघ ।  द्धन्दकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार अहिलेसम्म पनि पुनः स्थापना हुन सकेका छैनन । 
उक्त भन्सार सञ्चालनमा नआउदा छोटी भन्सारबाट उठने भन्सार राजश्व समेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । 
अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन । यी सबै छोटी भन्सारका केही भवन भत्कीएर काम नलाग्ने अवस्थामा रहेका र केहीको भवन नै नभएको बताइएको छ । 
यी भन्सार कार्यालयबाट विगतमा हुने आर्थिक कारोवारको कुनै अभिलेखिकरण भएको समेत पाइदैन ।
‘भएका छोटी भन्सार सञ्चालनमा आउन भारतले पनि सञ्चालनमा ल्याउनुपर्छ त्यसपछि मात्रै यहाँबाट भन्सार सञ्चालन हुन सक्छ’ भन्सार कार्यालय, नेपालगञ्जका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लु प्रसाद शर्माले भन्नुभयो । 
उहाँले भारतमा पनि ‘काउण्टर पार्ट’स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिदै नेपालले चाहेर मात्रै सञ्चालन नहुने बताउनुभयो । यस्ता छोटी भन्सारबाट साना साम्रगी धेरै आउने गरेको बताइएको छ ।  
बाँकेमा चीनीको चोरी, पैठारी बढदै 
नेपालगञ्ज भन्सारबाट चीनीको आयात कोटा प्रणालीमा हुने भएपछि चीनीको चोरी, पैठारी हुने गरेको छ । 
चीनीमा ४० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि चीनीको चोरी, पैठारी हुने गरेको छ । 
‘जुन वस्तुमा भन्सार महसुल वढी हुन्छ त्यस्तो वस्तुको चोरी, पैठारी बढी हुन्छ’ भन्सार अधिकृत डिल्लु प्रसाद शर्माले भन्नुभयो । 
भारतले चीनी आयातमा प्रतिबन्ध लगाएपछि बरुण वेभरेज र बोटलर्स नेपालले नेपालगञ्ज भन्सार हुँदै करिव ५०० मेट्रिक टन चीनी नेपाल भित्राउने गरेको छ । तर पनि नेपाली बजारमा भारतीय चीनी छयाप्छयाप्ती देखिएको छ । 
गत असारमा मात्रै नेपालगञ्जस्थित बजारबाट ४२० बोरा अवैध रुपमा ल्याएको चीनी प्रहरीले बरामद गरेको थियो । करिव २१ टन सो चीनी रु. २२ लाखमा लिलामी समेत भइसकेको  भन्सार कार्यालय, नेपालगञ्जले जनाएको छ । चीनीबाट गत आर्थिक बर्षमा मात्रै रु. १ अर्ब १४ करोड राजश्व सङ्कलन भएकोमा चालू आर्थिक बर्षको पुष मसान्तसम्म रु. ५० करोड राजश्व उठेको छ । 
यस बाहेक गहँु र मैदामा पनि भारतले प्रतिबन्ध लगाएपनि यसको चोरी पैठारी हुने गरेको पाइएको छ । तर गहुँ र मैदाको कोटा प्रणाली लागू नभएको र कोटा प्रणाली दिने सूचना आएको भन्सार अधिकृत शर्माले जानकारी दिनुभयो । 
गहुँको कृषि शुल्क ९ प्रतिशत रहेको छ । मैदाको भन्सार शुल्क १० प्रतिशत रहेको छ । 
चोरी गरेर ल्याएको करिव २४ टन गहुँ गत कात्तिकमा प्रहरीले डुडुवा गाउँपालिकाबाट बरामद गरेको थियो । 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…