Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

अझै पुनःस्थापना हुन सकेनन छोटी भन्सार

डेक्स

डेक्स

अझै पुनःस्थापना हुन सकेनन छोटी भन्सार

भन्सारले समातेका अवैध सामान ।

ADVERTISEMENT

नेपालगञ्ज, ७ माघ ।  द्धन्दकालमा बन्द भएका बाँकेका सात छोटी भन्सार अहिलेसम्म पनि पुनः स्थापना हुन सकेका छैनन । 
उक्त भन्सार सञ्चालनमा नआउदा छोटी भन्सारबाट उठने भन्सार राजश्व समेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ । 
अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द रहेका छन । यी सबै छोटी भन्सारका केही भवन भत्कीएर काम नलाग्ने अवस्थामा रहेका र केहीको भवन नै नभएको बताइएको छ । 
यी भन्सार कार्यालयबाट विगतमा हुने आर्थिक कारोवारको कुनै अभिलेखिकरण भएको समेत पाइदैन ।
‘भएका छोटी भन्सार सञ्चालनमा आउन भारतले पनि सञ्चालनमा ल्याउनुपर्छ त्यसपछि मात्रै यहाँबाट भन्सार सञ्चालन हुन सक्छ’ भन्सार कार्यालय, नेपालगञ्जका भन्सार अधिकृत तथा सूचना अधिकारी डिल्लु प्रसाद शर्माले भन्नुभयो । 
उहाँले भारतमा पनि ‘काउण्टर पार्ट’स्थापना गरे छोटी भन्सार सञ्चालन हुन सक्ने जानकारी दिदै नेपालले चाहेर मात्रै सञ्चालन नहुने बताउनुभयो । यस्ता छोटी भन्सारबाट साना साम्रगी धेरै आउने गरेको बताइएको छ ।  
बाँकेमा चीनीको चोरी, पैठारी बढदै 
नेपालगञ्ज भन्सारबाट चीनीको आयात कोटा प्रणालीमा हुने भएपछि चीनीको चोरी, पैठारी हुने गरेको छ । 
चीनीमा ४० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि चीनीको चोरी, पैठारी हुने गरेको छ । 
‘जुन वस्तुमा भन्सार महसुल वढी हुन्छ त्यस्तो वस्तुको चोरी, पैठारी बढी हुन्छ’ भन्सार अधिकृत डिल्लु प्रसाद शर्माले भन्नुभयो । 
भारतले चीनी आयातमा प्रतिबन्ध लगाएपछि बरुण वेभरेज र बोटलर्स नेपालले नेपालगञ्ज भन्सार हुँदै करिव ५०० मेट्रिक टन चीनी नेपाल भित्राउने गरेको छ । तर पनि नेपाली बजारमा भारतीय चीनी छयाप्छयाप्ती देखिएको छ । 
गत असारमा मात्रै नेपालगञ्जस्थित बजारबाट ४२० बोरा अवैध रुपमा ल्याएको चीनी प्रहरीले बरामद गरेको थियो । करिव २१ टन सो चीनी रु. २२ लाखमा लिलामी समेत भइसकेको  भन्सार कार्यालय, नेपालगञ्जले जनाएको छ । चीनीबाट गत आर्थिक बर्षमा मात्रै रु. १ अर्ब १४ करोड राजश्व सङ्कलन भएकोमा चालू आर्थिक बर्षको पुष मसान्तसम्म रु. ५० करोड राजश्व उठेको छ । 
यस बाहेक गहँु र मैदामा पनि भारतले प्रतिबन्ध लगाएपनि यसको चोरी पैठारी हुने गरेको पाइएको छ । तर गहुँ र मैदाको कोटा प्रणाली लागू नभएको र कोटा प्रणाली दिने सूचना आएको भन्सार अधिकृत शर्माले जानकारी दिनुभयो । 
गहुँको कृषि शुल्क ९ प्रतिशत रहेको छ । मैदाको भन्सार शुल्क १० प्रतिशत रहेको छ । 
चोरी गरेर ल्याएको करिव २४ टन गहुँ गत कात्तिकमा प्रहरीले डुडुवा गाउँपालिकाबाट बरामद गरेको थियो । 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…