Pairabi logo

पुस २७, २०८२, आइतबार                    

दुईसय वर्ष पुरानो रानीतलाउ पुनः जिर्ण वन्दै

डेक्स

डेक्स

दुईसय वर्ष पुरानो रानीतलाउ पुनः जिर्ण वन्दै
ADVERTISEMENT

 नेपालगन्ज १७ पुस । निकै तामझामका साथ नेपालगन्जको ऐतिहासिक पर्यटकिय ताल रानीतलाउलाई संचालनमा ल्याइएपनि अहिले संरक्षणको अभावमा पुनः जिर्ण हुन थालेको छ । करिब पाँच वर्ष अघि निर्वाचित नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा पुन पहिलाको जस्तै भएको छ । 

धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक संचालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य, डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालगन्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत दुःख लागेको छ, नेपालगन्ज शहरको आकर्षण र पुरानो गहनाको रुपमा रहेको यो तालको दुरदसा हेर्दा लज्जित महसुस गरेको छु ।” 

सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक रु १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुँङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् । 

नेपालगन्जको इतिहास बोकेको दुईसय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको संख्या घटेको छ । रानितलाउको जिर्णेद्धारपछि शुरुवात्को बर्षमा अन्तरिक तथा बाह्रय पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जिर्ण बन्दै गएपछि तलाउमा पर्यटकको संख्या घटेको छ । 

फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँको रुपमा परिचत रानीतलाउ पुनः जिर्ण बन्दै गएपछि तालाउ घुम्न आउने पर्यटकको संख्या घटेको छ । बालबालिका खेल्नका लागि तलाउमा परिसरमा राखिएको झुला, चिप्लेटी लगायत्का समाग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फुलबारी पनि जिर्ण बनेको छ । तलाउ परसरमा भेटिनुभएका नेपालगन्जका नबिन रोकायले संरक्षणका अभावमा जिर्ण बन्दै गएकाले संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । 

राज्य पुर्नसंरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले तलाउलाई जिर्णेद्धार गरेका थिए । निरन्तर मर्मतसंम्भार तथा संरक्षणको अभावका कारण अहिले पुनःतलाउ जिर्ण बन्दै गएको छ । सरसफाईको अभावका कारण तलाउको पानी एकदमै फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय गिरवरप्रसाद अग्रवाल बताउनुहुन्छ । 

२०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो, त्यसपछि वडा नं. ८ ले करिव चार महिना रानीतलाउ सञ्चालन ग¥यो । वडा कार्यालयका अनुुसार सो अवधीमा रु ६ लाख कमाइ भयो । शुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिव चार महिनामा रु ६ लाख आम्दानी भएको देखेका ठेकेदारहरुले बढाबढ गरेर बोले । 
    
रु १० लाखबाट शुरु भएको ठेक्का कबोल रु १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर शुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाव बन्द गरिएको थियो । कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको नदेखिएको त्यहाका कर्मचारी सुदेश केसीले बताउनुभयो । 

शुरुवाती चरणमा करिब दुई बर्ष मात्रै तलाउ राम्रै संञ्चालनमा आएपनि कोरोना महामारीका कारण तलाउ बन्दभएको थियो । कोरोना पश्चात तलाउ जिर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसंम्भार गरेर पुनःपहिलेकै जस्तै बनाउने योजना रहेको नेपालगन्जका उपमेयर कमरुद्दिन राईले बताउनुभयो । 

रानीतालउमा सरसफाईको कमी, तालको फोहर पानी, जिर्ण बन्दै गएको र बालबालिका खेल्ने समाग्री तथा पर्यटन प्रर्वद्धनको कमीका कारण पर्यटकहरुको संख्या घट्दै गएको देखिन्छ । सरोकारवाला निकायले थप अर्कषण र मनोरञ्जन गर्ने समाग्री जडान गरी नियामित मर्मत संम्भार गरी संञ्चालन गर्न स्थानीयले माग गरेका छन । 
 

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

यो पनि

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…

अपांगता भएकालाई सामाग्री वितरण

अपांगता भएकालाई सामाग्री वितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का समिम दर्जीले सिलाई मेसिन पाएपछि खुसी व्यक्त…