Pairabi logo

भदौ २६, २०८३, शुक्रबार                    

दुईसय वर्ष पुरानो रानीतलाउ पुनः जिर्ण वन्दै

डेक्स

डेक्स

दुईसय वर्ष पुरानो रानीतलाउ पुनः जिर्ण वन्दै
ADVERTISEMENT

 नेपालगन्ज १७ पुस । निकै तामझामका साथ नेपालगन्जको ऐतिहासिक पर्यटकिय ताल रानीतलाउलाई संचालनमा ल्याइएपनि अहिले संरक्षणको अभावमा पुनः जिर्ण हुन थालेको छ । करिब पाँच वर्ष अघि निर्वाचित नेपालगन्जका मेयर डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताललाई हाल आएर संरक्षणको अभावमा पुन पहिलाको जस्तै भएको छ । 

धेरै वर्षपछि रु ३५ लाख खर्च गरेर दोस्रोपटक संचालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य, डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ । बोटिङ बन्द भएको छ । सरसरफाइमा कमी छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “नेपालगन्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत दुःख लागेको छ, नेपालगन्ज शहरको आकर्षण र पुरानो गहनाको रुपमा रहेको यो तालको दुरदसा हेर्दा लज्जित महसुस गरेको छु ।” 

सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक रु १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुँङ्गा कामै नलाग्ने अवस्थामा रहेका छन् । 

नेपालगन्जको इतिहास बोकेको दुईसय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको संख्या घटेको छ । रानितलाउको जिर्णेद्धारपछि शुरुवात्को बर्षमा अन्तरिक तथा बाह्रय पर्यटकले भरिभराउ रहने तलाउ अहिले पुनः जिर्ण बन्दै गएपछि तलाउमा पर्यटकको संख्या घटेको छ । 

फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँको रुपमा परिचत रानीतलाउ पुनः जिर्ण बन्दै गएपछि तालाउ घुम्न आउने पर्यटकको संख्या घटेको छ । बालबालिका खेल्नका लागि तलाउमा परिसरमा राखिएको झुला, चिप्लेटी लगायत्का समाग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फुलबारी पनि जिर्ण बनेको छ । तलाउ परसरमा भेटिनुभएका नेपालगन्जका नबिन रोकायले संरक्षणका अभावमा जिर्ण बन्दै गएकाले संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । 

राज्य पुर्नसंरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले तलाउलाई जिर्णेद्धार गरेका थिए । निरन्तर मर्मतसंम्भार तथा संरक्षणको अभावका कारण अहिले पुनःतलाउ जिर्ण बन्दै गएको छ । सरसफाईको अभावका कारण तलाउको पानी एकदमै फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय गिरवरप्रसाद अग्रवाल बताउनुहुन्छ । 

२०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरियो, त्यसपछि वडा नं. ८ ले करिव चार महिना रानीतलाउ सञ्चालन ग¥यो । वडा कार्यालयका अनुुसार सो अवधीमा रु ६ लाख कमाइ भयो । शुरुआतमा मान्छेको भीड नै लाग्यो । लामो समयपछि बोटिङ सञ्चालनमा आएपछि मान्छे ओइरिए । करिव चार महिनामा रु ६ लाख आम्दानी भएको देखेका ठेकेदारहरुले बढाबढ गरेर बोले । 
    
रु १० लाखबाट शुरु भएको ठेक्का कबोल रु १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर शुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाव बन्द गरिएको थियो । कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक–एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको नदेखिएको त्यहाका कर्मचारी सुदेश केसीले बताउनुभयो । 

शुरुवाती चरणमा करिब दुई बर्ष मात्रै तलाउ राम्रै संञ्चालनमा आएपनि कोरोना महामारीका कारण तलाउ बन्दभएको थियो । कोरोना पश्चात तलाउ जिर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन । तलाउ मर्मतसंम्भार गरेर पुनःपहिलेकै जस्तै बनाउने योजना रहेको नेपालगन्जका उपमेयर कमरुद्दिन राईले बताउनुभयो । 

रानीतालउमा सरसफाईको कमी, तालको फोहर पानी, जिर्ण बन्दै गएको र बालबालिका खेल्ने समाग्री तथा पर्यटन प्रर्वद्धनको कमीका कारण पर्यटकहरुको संख्या घट्दै गएको देखिन्छ । सरोकारवाला निकायले थप अर्कषण र मनोरञ्जन गर्ने समाग्री जडान गरी नियामित मर्मत संम्भार गरी संञ्चालन गर्न स्थानीयले माग गरेका छन । 
 

ताजा

सबै

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

प्रदेश मन्त्रीद्धारा साइनिङ्ग अस्पतालको अनुगमन

पवन जायसवाल नेपालगन्ज, २५ भदौ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुग…

बारबर्दियामा जोखिममा रहेका बालबालिकाको पहिचान गरिने

बर्दिया, २५ भदौ । बर्दियाको बारबर्दिया नगरपालिकामा नगर बाल अधिकार समितिको त्रैमासिक…

लोकप्रिय

सबै

लगातार तीन वर्षदेखि डुडुवा गाउँपालिका स्वास्थ्यमा बाँके जिल्ला कै उत्कृष्ट

डुडुवा (बाँके), २५ भदौ । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…