Pairabi logo

मंसिर ०७, २०८१, शुक्रबार                    

आगलागी नियन्त्रणको विधि सिकाइदै

डेक्स

डेक्स

आगलागी नियन्त्रणको विधि सिकाइदै
ADVERTISEMENT

नेपालगञ्ज, १३ पुस ।  नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा आगलागी भएपछि नियन्त्रण गर्ने विधि सिकाइएको छ । 
खास गरी घरमा गृहिणीले काम गर्दा ग्यास चुल्होबाट हुने आगलागी र विद्युत सर्ट भएर हुने आगलागीका घटनालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई अभ्यास गराएर सिकाइएको हो । 
करिव ७० महिला सहभागिता रहेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, नेपालगञ्जका सुपरभाइजर हिरामणी घर्ति र नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका आन्नद बर्माले छुट्टछुटै कार्यक्रममा आगलागी नियन्त्रणका लागि अभ्यास गरेर देखाउनुभएको थियो । 
सुपरभाइजर घर्तिले तारको छनौट गर्न नसक्दा विद्युतीय दुर्घटना भएको उल्लेख गर्दै आगलागी हुने वित्तिकै हतास नभएर प्रभावकारी रुपमा आगोलाई नियत्तणमा लिन सकिने बताउनुभयो । 
दमकल शाखाका बर्माले ग्यास चुल्होबाट हुने आगलागीबाट बच्न ग्यास चुल्होको रेगुलेटर बन्द गर्ने विधि सिकाउदै आगो नियन्त्रणमा लिन नआत्तिन आग्रह गर्नुभयो । 
शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) का अधिकृत शिव सुवेदीले अहिलेसम्म छ ठाँउमा आगलागी नियन्त्रणको विधि सिकाइएको उल्लेख गर्दै यसबाट सुमदाय लाभावन्वित भएको बताउनुभयो । उपमहानगरपालिकाको वडा नं ३ र ७ मा परियोजनाले यस्ता विपद सम्वन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको  छ । 
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

ताजा

सबै

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

मर्यादित महिनावारी हाम्रो दायित्व विषयक वक्तृत्वकला प्रतियोगिता

नेपालगन्ज, मंसिर ६ । विश्व बाल दिवसको अवसर पारेर मर्यादित महिनावारी हाम्रो दायित्व व…

अपाङ्गता परीक्षण शिविर

नेपालगन्ज, मंसिर ६ गते । विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

लोकप्रिय

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

यो पनि

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

सार्वजनिक स्थानमा फोहोर फालेपछि आशिर्वाद पेन्ट्सलाई १० हजार जरिवाना

नेपालगञ्ज, मंसिर ६ । नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई का…

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै

नेपालगन्ज, ६ मसिंर :नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ । ने…

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

‘वैकुण्ठधाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ’

नेपालगञ्ज, ५ मङ्सिरः बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठधाम …

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना हुदै

नेपालगन्ज, ३ मसिंर :राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाले ट…