Pairabi logo

असोज २६, २०८३, सोमबार                    

पत्रकार महासङ्घले जारी गर्‍यो १५ बुँदे ‘सुर्खेत घोषणा’

डेक्स

डेक्स

पत्रकार महासङ्घले जारी गर्‍यो १५ बुँदे ‘सुर्खेत घोषणा’
ADVERTISEMENT

नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरिएको हो ।

आमपत्रकारलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्नुका साथै सो माध्यममार्फत् प्रेस स्वतन्त्रता हननका घटनामाथि कानुनी कारबाहीका लागि समेत जोडदार गरिएको छ । संविधानअनुसारका सञ्चार कानुन तत्काल निर्माण गर्न र पुराना कानुनमा सुधार ल्याउन सम्बद्ध पक्षसँग माग गरिएको छ ।

श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाको पूर्ण कार्यान्वयन तथा समसामयिक परिमार्जनसहित श्रम समस्या समाधानका लागि नेपाल सरकार र सम्बद्ध पक्षसँग माग गर्दै महासङ्घलाई ट्रेड युनियन संस्थाका रूपमा सामूहिक सौदाबाजीमार्फत श्रम अधिकार स्थापित गर्न निर्देश गरिएको छ ।

साधारणसभाको घोषणामार्फत् नै साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चारमाध्यम दिगो र भरपर्दो ढङ्गले सञ्चालनका लागि सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बढाउन र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरिएको छ ।

साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गरिएको छ । श्रमजीवी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बीमाका सम्बन्धमा विगतमा सरकारले गरेका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ ।

नेपाल पत्रकार महासङ्घका सदस्यको शुद्धीकरणलाई थप प्रभावकारी बनाउन अद्यावधिक गर्न निर्देशन दिइएको छ भने मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानका विषयवस्तु र संरचनालाई लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानलाई आह्वान गरिएको छ ।

छापा, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यममा आएका चुनौती र नयाँ सञ्चारमाध्यमले ल्याएका अवसरलाई आत्मसात गर्नेगरी सञ्चारकर्मीका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि तथा वृत्ति–विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउन निर्देशन दिएको छ ।

प्रेसपासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्बद्ध सबै निकायलाई अपिल गरिएको छ । महासङ्घका विधानअनुरुप हरेक संरचनालाई स्वायत्त, क्रियाशील एवं सवल बनाउन प्रण गर्दै सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक व्यवस्था तत्काल खारेज गर्न माग गरिएको छ ।

यसैगरी पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्दै सांस्कृतिक र पर्यटकीयरूपमा समृद्ध कर्णाली प्रदेशको पर्यटन, भाषा, कला र साहित्यको प्रचार एवं सम्वद्र्धनसँगै यस प्रदेशमा रहेका सबै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, संवद्र्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि सबै तहका सरकारलाई यो साधारणसभामार्फत् आह्वान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारी, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, विभिन्न राजनीतिक दलका नेता, स्थानीय निकायका जनप्रतिनिधि, पत्रकारसम्बद्ध विभिन्न सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका साथै देशभरका केन्द्रीय परिषद् सदस्यलाई साधारणसभामार्फत् धन्यवाद ज्ञापन गरिएको छ ।

साथै आतिथ्यताका लागि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा, संयोजनका लागि नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका साथै सहयोगका लागि कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुलाई धन्यवाद ज्ञापन गरिएको महासचिव पुरीले जानकारी दिनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…