Pairabi logo

असोज २६, २०८३, सोमबार                    

क्यान्सर अस्पतालको स्तरबृद्धि

डेक्स

डेक्स

क्यान्सर अस्पतालको स्तरबृद्धि
ADVERTISEMENT

खजुरा, ७ पुस । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको छोटो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालका अनुसार गत एक वर्षको अवधिमा मात्रै अस्पतालद्धारा पाँच सय ३२ जना बिरामीको शल्यक्रियासहितको सफल उपचार गरेको तथा हिस्टोप्याथोलोजी सेवामार्फत करिब आठ सय जना शङ्कास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको यकिन गरिसकेको छ । 

सर्जरी र हिस्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका बिरामीले सहजै उपचार सेवा पाउन थालेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो । 

उहाँले क्यान्सर पहिचान भइसकेका बिरामीलाई औषधीमार्फत दिइने किमो सेवालाई पनि निरन्तरता दिइरहेको बताउनुभयो । अस्पतालमा पछिल्ला दिनहरूमा करिब तीन सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् । 

डेढ वर्षको अवधीमा नौ जना विशेषज्ञ चिकित्सक, छ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्स जनशक्तिमार्फत अस्पतालले सेवा दिइरहेको छ । सो अस्पतालमा कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले क्यान्सरका बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा दिन थालेका छन् ।

अस्पतालका अनुसार जनरल मेडिसिन, नाक, कान, घाँटी, छालारोग, स्त्रीरोग, उपचार सेवा पनि अस्पतालले विस्तार गरिसकेको छ । गत वर्षसम्म दैनिक २०–२५ जना बिरामी आउने अस्पतालमा अहिले एक सय ५० जना बिरामी आउन थालेको अध्यक्ष मल्लले बताउनुभयो । । बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालको आम्दानी समेत बढ्दै गएको छ ।

मासिक रु एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी हाल दैनिक एक लाख पुगेको छ । अस्पतालका अध्यक्ष मल्लका अनुसार अस्पतालले क्यान्सरका बिरामीको भित्री सेकाइ गरेर गरिने उपचारको ब्राकीथेरापी सेवा सुरु गर्ने तयारी रहेकोले माघ महिनाभित्रै यो सुरु गर्ने लक्ष्य लिइएको छ । 

अध्यक्ष मल्लले भन्नुभयो, “अस्पतालले ६ शैय्याको आइसीयू सेवा सुरु गर्ने तयारी  गरेको छ, शैय्याको संख्या ४० बाट बढाएर एक सय पुरयाउने लक्ष्य छ, लिन्याक मेसिनका लागि सङ्घीय सरकारबाट रु २९ करोड ४० लाख बजेटबाट खरिदको प्रक्रिया अघि बढेको छ ।”

काठमाडौंस्थित नेपाल कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्यमा क्यान्सर अस्पतालले खजुरामै दुरबिन प्रविधिबाट महिलाहरुको पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया सेवा दिन सुरु गरेको छ । 
–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…