Pairabi logo

माघ १३, २०८२, सोमबार                    

क्यान्सर अस्पतालको स्तरबृद्धि

डेक्स

डेक्स

क्यान्सर अस्पतालको स्तरबृद्धि
ADVERTISEMENT

खजुरा, ७ पुस । बाँके खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा सुरु गरेको छोटो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालका अनुसार गत एक वर्षको अवधिमा मात्रै अस्पतालद्धारा पाँच सय ३२ जना बिरामीको शल्यक्रियासहितको सफल उपचार गरेको तथा हिस्टोप्याथोलोजी सेवामार्फत करिब आठ सय जना शङ्कास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको यकिन गरिसकेको छ । 

सर्जरी र हिस्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका बिरामीले सहजै उपचार सेवा पाउन थालेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो । 

उहाँले क्यान्सर पहिचान भइसकेका बिरामीलाई औषधीमार्फत दिइने किमो सेवालाई पनि निरन्तरता दिइरहेको बताउनुभयो । अस्पतालमा पछिल्ला दिनहरूमा करिब तीन सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् । 

डेढ वर्षको अवधीमा नौ जना विशेषज्ञ चिकित्सक, छ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्स जनशक्तिमार्फत अस्पतालले सेवा दिइरहेको छ । सो अस्पतालमा कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले क्यान्सरका बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा दिन थालेका छन् ।

अस्पतालका अनुसार जनरल मेडिसिन, नाक, कान, घाँटी, छालारोग, स्त्रीरोग, उपचार सेवा पनि अस्पतालले विस्तार गरिसकेको छ । गत वर्षसम्म दैनिक २०–२५ जना बिरामी आउने अस्पतालमा अहिले एक सय ५० जना बिरामी आउन थालेको अध्यक्ष मल्लले बताउनुभयो । । बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालको आम्दानी समेत बढ्दै गएको छ ।

मासिक रु एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी हाल दैनिक एक लाख पुगेको छ । अस्पतालका अध्यक्ष मल्लका अनुसार अस्पतालले क्यान्सरका बिरामीको भित्री सेकाइ गरेर गरिने उपचारको ब्राकीथेरापी सेवा सुरु गर्ने तयारी रहेकोले माघ महिनाभित्रै यो सुरु गर्ने लक्ष्य लिइएको छ । 

अध्यक्ष मल्लले भन्नुभयो, “अस्पतालले ६ शैय्याको आइसीयू सेवा सुरु गर्ने तयारी  गरेको छ, शैय्याको संख्या ४० बाट बढाएर एक सय पुरयाउने लक्ष्य छ, लिन्याक मेसिनका लागि सङ्घीय सरकारबाट रु २९ करोड ४० लाख बजेटबाट खरिदको प्रक्रिया अघि बढेको छ ।”

काठमाडौंस्थित नेपाल कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्यमा क्यान्सर अस्पतालले खजुरामै दुरबिन प्रविधिबाट महिलाहरुको पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया सेवा दिन सुरु गरेको छ । 
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …