Pairabi logo

भदौ २५, २०८३, बिहीबार                    

नेपालगन्जमा चिसो बढ्यो

डेक्स

डेक्स

नेपालगन्जमा चिसो बढ्यो

फाइल फोटो

ADVERTISEMENT

नेपालगन्ज, १ पुस । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । विहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले विहान आवतजावत गर्ने विशेष गरि विद्यार्थी, मजदुर, बालबालिका, गरिबअसाहय, ज्येष्ठ नागरिकहरु बढी प्रभावित भएका छन । 
    
बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम तापक्रम २१.७ डिग्री सेल्सियस रहयो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।

 न्याना कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठ्यांग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारी साधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का राम प्रसाद थारु बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सवारी साधन कम गतिमा बत्ती बालेर गुड्नु परेको छ, हुस्सुले दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सावधानी पुर्वक सवारी चलाउने गर्छो ।” 
    
 चिसोकै कारण बिरामी समेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी,ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी पिजिसियन डा. संकेत रिसालले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले दैनिक आउने एक सय बढी विराममध्ये आधा जति चिसोले समस्या भएर आउने गरेका छन । 

बाक्लो हुस्सु लागेपछि यहाँका हवाई उडान सेवा प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको नेपाल नागरिक उडडन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि एक हजार ६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । 
–––

ताजा

सबै

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

सयपत्री कला प्रतिष्ठानद्धारा रक्तदान

पवन जायसवाल नेपालगन्ज २३ भदौ । सयपत्री कला प्रतिष्ठान लम्की चुहा १ लम्की कैलालीको आयो…

लोकप्रिय

सबै

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तीनदिने तालिम सम्पन्न

बर्दिया, २३ भदौ । बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा कार्यरत प्रा…

विद्यालयस्तरमा बाल संरक्षण सुदृढीकरणका लागि मधुवनमा समीक्षा तथा प्रतिबिम्ब बैठक

मधुवन, बर्दिया भदौ २२ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सा…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

यो पनि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान

बर्दिया | ८ सेप्टेम्बर २०२६ Safe Future Project अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध …

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

बाढीपिडितका लागि हनुमानगढी मन्दिर व्यवस्थापन समितिद्धारा आर्थिक सहयोग

नेपालगन्ज, २३ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुन…

भोटेकोशी बाढीः एक हजार ३५६ शव फेला

भोटेकोशी बाढीः एक हजार ३५६ शव फेला

काठमाडौँ, २२ भदौः रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फ…

विपद् प्रभावितलाई सहयोग गरिने

विपद् प्रभावितलाई सहयोग गरिने

प्रहलाद विश्वकर्मा नेपालगंज, : नेपाल रेडक्रस सोसाइटी स्थापना दिवसको पूर्वासन्ध्यामा बाँ…