Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

नेपालगञ्जको घना बस्ती भुकम्पको उच्च जोखिममा

डेक्स

डेक्स

नेपालगञ्जको घना बस्ती भुकम्पको उच्च जोखिममा
ADVERTISEMENT

नेपालगञ्ज, २३ मङ्सिर । बाँकेको नेपालगञ्ज बजारको घना बस्तीमा भूकम्पको उच्च जोखिम भएको पूर्वानुमान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा निर्माण भएका परम्परागत र पुराना घरका कारण ७ रेक्टर स्केल माथिको भुकम्प गए त्यसले ठूलो जनधनको क्षति व्यहोनुपर्ने अध्ययनले देखाएको छ । 
उपमहानगरपालिकामा रहेका घरहरुको बनोटले ७ रेक्टर स्केल वा सो भन्दा माथीको भुकम्प गएमा यहाँका करिव दुई हजार भन्दा बढी घर बस्न नमिल्ने गरि भत्किन सक्ने संभावना रहेको शहरी विपद तथा भुकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) का गेहेन्द्र बलमे जानकारी दिनुभयो । सो भुकम्पका कारण ७० देखि ८० प्रतिशत घर बस्न नमिल्ने अवस्थामा रहने उल्लेख गर्दै उहाँले त्यसका लागि दिगो प्रतिकार्यको योजना आवश्यक भएको बताउनुभयो । ती वडा बाहेक वडा नं १, २ र ४ समेत प्रभावित हुने अनुमान गरिएको छ । यसका लागि खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी, शिक्षा, पुनः स्थापना र पुनः निर्माण लगायत विषयगत क्षेत्रलाई चनाखो हुन  आग्रह गरिएको छ । 
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले विपद जोखिम व्यवस्थापन र न्युनिकरणको विषयमा स्थानीय सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै विपद जोखिम न्यूनिकरण उपायको अध्ययन र अनुसन्धान आवश्यक भएको बताउनुभयो । 
नेपाल रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले दिगो समस्या समाधानका लागि उपायको खोजी गर्न आग्रह गर्नुभयो । 
भुकम्प लगायत विपदका विषयमा सो परियोजनाले केही महिनादेखि समुदायस्तरमा अध्धयन र अनुसन्धान गर्दै आएको परियोजनाका अधिकृत शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले विपद प्रतिकार्य योजना तयार हुन लागेको उल्लेख गर्दै त्यसका लागि समुदायस्तरमा चार सय स्वंयसेवक तयारी अवस्थामा रहेको समेत बताउनुभयो । 
आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत भुकम्प लगायत विपदको प्रतिकार्य योजनाले मात्रै विपदलाई न्युनिकरण गर्न सहज हुने बताउनुभयो । 
यस क्षेत्रमा वाढी तथा डुबानले विगतका वर्षहरुमा निकै क्षति गरेको छ । वि.स २०७१ तथा २०७४ सालमा जस्तै बाढी आएमा करिव पाँच हजार घर बाहेक करिव दुई हजार पाँच सय जनसंख्या प्रत्यक्ष रुपमा प्रभावित हुने परियोजनाले जनाएको छ ।  विपदबाट सबैभन्दा वढी, महिला, बालवालिका, जेष्ठ नागरिक अशक्त, सामाजिक विभेदका परेका पीडित हुने बताइएको छ । 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

‘दसैँ गाउँमा नै रमाइलो’

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …