Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपाल पत्रकार महासंघ बाँकेले बनायो वेबसाइट

डेक्स

डेक्स

नेपाल पत्रकार महासंघ बाँकेले बनायो वेबसाइट
ADVERTISEMENT

नेपाल पत्रकार महासंघ बाँकेले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबसाइटको बुधबार शुभारम्भ गरिएको छ । बडादशैं, दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा शाखाको नेपालगञ्ज(४ सञ्चारग्राम ९बसपार्क० स्थित कार्यालयमा आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले वेबसाइटको शुभारम्भ गर्नुभयो ।  

बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा बोलेका बक्ताहरुले नजिकिएका चाडपर्वहरुले सत्प्रेरणा र सकारात्मकता बृद्धिका लागि प्रेरित गर्ने विश्वास ब्यक्त गरे । समाजमा नकारात्मकता बढिरहेको भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका थिए । 

चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर अब्बलता देखाएको भन्दै वेबसाइटको निरन्तरता र अद्यावधिकमा ध्यान दिनुपर्ने बताउनुभयो । शाखा अध्यक्ष गिरीले वेबसाइट सञ्चालन गरेर डिजिटलाइजेशनलाई प्रबद्र्धन गरेको भन्दै शाखाको आन्तरिक जीवन र गतिविधिलाई डिजिटल र पारदर्शी बनाउन वेबसाइट सञ्चालन गरिएको बताउनुभयो । गिरीले साधारण सदस्यहरुको विवरण पनि वेबसाइटमा राखिने जानकारी दिनुभयो। 

कार्यक्रममा पूर्व अध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँकेका सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा सह(सचिव भगतराम थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

वेबसाइट डिजाइन र विकास गरेको सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अर्सद कमल सिद्दिकीले वेबसाइटमा भएका फिचरबारे जानकारी गराएका थिए । उनले उन्नत वेबसाइट बनाइएको जानकारी गराउँदै अहिले सुरुवात गरिए पनि डाटा अपडेट गर्न अझै बाँकी रहेको र काम गरिरहेको बताए । बाँके शाखाको वेबसाइट धधध।ालवदबलपभ।यचन।लउ हो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …