Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

खेलकुद शाखाको विकास गरिने छ –नगरप्रमुख खड्का

डेक्स

डेक्स

खेलकुद शाखाको विकास गरिने छ –नगरप्रमुख खड्का
ADVERTISEMENT

शिवा शर्मा 
बदिैया, २१ मसिंर । बर्दिया बासगढी नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को शैक्षिक क्यालेन्डर अन्र्तगत माध्यमिक तहको नगरस्तरिय २ दिने भलिबल प्रतियोगिता बासगढी नगरपालिकाको सहयोग र समन्वयमा नेपाल. राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरको आयोजनामा संचालन भएको छ ।
बासगढी नगरपालिकाको विकासका लागि हामीले विभिन्न माध्यमहरु अपनाई रहेका छौ । जसमध्ये खेलकुदलाई पनि महत्वपूर्ण रुपमा लिई रहेका छौ । बासगढी नगरपालिकाको शैक्षिक क्यालेन्डर २०७९ मा हामीले बासगढी नगरपालिकामा संचालित ५५ वटा विद्यालयलाई साप्ताहिक र मासिकरुपबाट फरक फरक क्रियाकलापहरु लक्षित गरेर शैक्षिक क्यालेन्डर विद्यालयलाई तोकेका छौ । त्यो सम्पूर्ण लगानी बासगढी नगरपालिकाले ब्यहोर्ने गर्दछ । त्यसको आयोजना र ब्यवस्थापनगर्ने काम तोकिएका विद्यालयहरुले गर्ने गर्दछन । सोही अनुरुप आजको यो खेलको आयोजना नगरपालिकाले तोके बमोजिम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्षमणपुरले गरेको बासगढी नगरपालिकाको शिक्षा शाखा प्रमुख छत्रबहादुर शाहीले बताउनु भयो ।
नगरस्तरीय भलिबलआयोजक नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीका अनुसार – बासगढी नगरपालिकाभित्रका १८ वटा माध्यमिक विद्यालयमध्य १० वटा विद्यालयको यो प्रतियोगितामा सहभागिता  रहेको छ । छात्र तर्फ १० वटा टिम छ भने छात्रा तर्फ ७ वटा टिम रहेको छ । यो प्रतियोगितामा १७ वटा टिमको प्रतिस्पर्धा हुदैछ । यो खेलबाट विशेष गरेर आगामी दिनमा हुने मेयरकप रनिङसिल्डमा सहभागि हुने खोलाडीहरुलाई समेत पूर्व तयारीका लागि ठुलो टेवा पुग्ने छ भन्नु हुन्छ प्रधानाध्यापक तिवारी ।
अब आउने दिनमा हामीले  शिक्षा शाखाभित्र खेलकुद विकास शाखा बनाएर सबै माध्यमिक विद्यालयहरुलगायत अन्य खेलकुद क्लबहरु जोडेर खेल क्षेत्रका सबै क्षेत्रहरुलाई समाबेश गरेर  हाम्रो बासगढी नगरपालिका अगाडी बढने छ । सम्पूर्ण खेलप्रेमीमित्रहरु लगायत भाईबैनिहरुलाई हाम्रो अनुरोध आग्राह छ कितपाई आफनो जिवनलाई व्यवस्थित गर्नका निम्ति ,अनुशासन बनाउनका निम्ति र भोलिका जिवनलाई व्यवस्थित गरी अगाडी बढने उदेश्यका साथ अध्ययन गरी रहनु भएको छ । 
प्रतियोगिताको बासगढी नगरपालिकाको नगरप्रमुख खडक बहादुर खड्काले  २०७९ मंसिर २० गते उद्घाटन गर्नु भएको थियो । प्रतियोगितामा नगर भित्रका १८ वटा माध्यमिक विद्यालयहरु मध्य १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको कुरा बासगढी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…