Pairabi logo

असोज १९, २०८३, सोमबार                    

जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई

डेक्स

डेक्स

जनताले कहिल्यै हार्दैनन्, त्यही नै हाम्रो जित हो : इश्तियाक राई
ADVERTISEMENT

१ मंसिर बाँके। जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले यस क्षेत्रका आम मतदाताको चाहना र उत्साहले चुनाव जित्ने आत्मविश्वास बढिरहेको बताउनुभएको छ । यो क्षेत्रका नागरिकले सधैं विवेकपूर्ण मतदान गरिरहेको र विकास अनि समृद्धि र भाइचारको जनभावनालाई आफूले जीवनभरि सम्मान गरिरहने राईको प्रतिवद्धता छ। 
मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम तयारीमा जुटेका राईले सबै मतदाताहरूलाई निर्वाचनमा सहभागी भएर आफ्ना प्रतिनिधि छान्ने मौलिक अधिकार प्रयोग गर्न पनि अपिल गर्नुभयो । आफूले चुनेका उम्मेदवारहरू यो देशका सांसद वा मन्त्रीमात्रै हुँदैनन्। आफ्नो क्षेत्रका विकास र समृद्धिका भविष्य पनि हुन्। कस्ता उम्मेदवार चुन्ने, कस्ता प्रतिनिधि छान्नेरु हरेक नागरिको त्यो छनोटले आफ्नो क्षेत्रको भविष्य पनि संकेत गरिरहेको हुन्छ’ चुनावको स्थिर अवधि सुरू हुनुअघि मतदातालाई सम्बोधन गर्दै राईले भन्नुभयो । ‘त्यही अधिकारको प्रयोग गर्नुस्। तपाईं हाम्रो हरेक मतमा यो क्षेत्रको मात्रै होइन, हाम्रो मात्रै होइन, हाम्रो पुस्ताको समेत भविष्यण कोरिन्छ। यो देशको भविष्य कोरिएको हुन्छ। त्यसैले मंसिर ४ गते मताधिकार प्राप्त सबैजनाले विवेकपूर्ण मतदान गरौं।’
जनताले पटक पटक परीक्षण गरिसकेको हुँदा फेरि पनि आम मतदाताले त्यसैलाई अनुमोदन गर्ने दरिलो आशा र विश्वास आफूसँग भएको भन्दै राईले मतदाताको विश्वास र भरोसालाई कहिल्यै नतोड्ने वाचा पनि गर्नुभयो । ‘मैले सदैव यहाँको विकास(निर्माण र सेवा प्राप्तिको चाहनालाई आत्मसात गर्दै आफ्नो तर्फबाट सम्भव भएसम्मका काम गरिरहेको विषयमा यहाँहरू सबै हुनुहुन्छ। बाँके जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं। २ का मतदाताले २०७४ सालको आम निर्वाचनमा विजयी गराएर जनाउनुभएको विश्वास कायमै राख्न म निरन्तर प्रयत्नरत रहें’ उहाँले भन्नुभयो ‘मैले गरेका कामहरूका आधारमा यहाँहरूले मेरो पछिल्लो कार्यकालको विश्लेषण र मूल्यांकन गर्नु नै भएको छ। मैले आगामी ५ वर्षमा ल्याउने कार्यक्रम र नीति समेटिएको ‘१० दृष्टि’ मार्फत यस क्षेत्रका लागि हाम्रो भावि योजनाबारे पनि प्रष्ट्याइसकेको छु। जसलाई यहाँहरूले अत्यन्तै मनपराई दिनुभएको र विश्वास गरिदिनुभएकोमा आभार पनि व्यक्त गर्दछु।’
पदमा रहे पनि नरहे पनि यो क्षेत्रको विकास र नागरिकको सुख, दुस्खमा आफू सधैं लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै राईले प्राप्त उपलब्धीहरूलाई जोगाउनका लागि आफू जुनसुकै ठाउँबाट जीवनभरि लडिरहने पनि राईले बताउनुभयो । 
उहाँले विकास विरोधी र यो क्षेत्रको समाजिक सद्भाव भत्काउने प्रयासलाई विफल पार्नका लागि मंसिर ४ गते उनीहरूलाई त्यही मतपत्रबाट जवाफ दिन पनि मतदातालाई अपिल गर्नुभयो । ‘हामीले यसअघि विकास(निर्माणलाई एकसुत्रीय लक्ष्य बनाएर कामहरू गर्यौां। त्यसैको बदौलत हामीकहाँ थुप्रै पूर्वाधार निर्माणका कामहरू भएको सम्भवतस् यहाँहरूले पनि महसुस गर्नुभएकै छ। हामी फेरि प्रतिनिधि सभारप्रदेश सभा निर्वाचनमा छौं। अहिले मतदातालाई धर्मरसम्प्रदायका नाममा विभाजन गर्न र आफ्ना ‘राजनीतिक’ स्वार्थ पूरा गर्न उद्धत केही व्यक्तिरशक्ति लागिपरेका छन्’ राईले भन्नुभएको छ ‘तर त्यस्ता दुराग्रहपूर्ण सोच राख्ने कुनै पनि व्यक्ति वा शक्तिलाई यहाँहरूले निर्वाचनका माध्यमबाट तह लगाउनुहुनेछ अनि सामाजिक एकता जोगाउन र विकास(निर्माणमा सहकार्य गर्न यसअघि झैं जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।’ 
विकास, समृद्धि र समाजिक सद्भावको चाहनासँग आफू सधैं सन्निकट रहिरहने भन्दै उम्मेदवार राईले जनताको यो उत्साह अनि सपनाहरूले कहिल्यै हार्नु नपर्ने बताउनुभयो। जनताको यही शक्तिलाई आफ्नो जितका रूपमा लिएको भन्दै उनले फेरि एकपटक यही हिम्मतका साथ चुनावी मैदानमा उत्रिएको पनि बताउनुभयो । 
‘हामीलाई विश्वास छ, जनता कहिल्यै हार्दैन। र जनताको साथमा उभिनेहरू त्यही शक्तिले जितिरहेका हुन्छन्। अरू कसैको भरमा होइन, कुनै अर्को राजनीतिक शक्तिको भरोसमा होइन, हामी आफ्नै ताकतमा उभिएका छौं, त्यो ताकत भनेकै यहाँका आम मतदाता र विकासप्रेमी नागरिकको शक्ति हो। र हाम्रो जितको आधार पनि यही हो’ उनले भनेका छन् ‘सामूहिकताको भावनाबाट अघि बढ्यौं भने हामी यो लक्ष्य पनि अवश्य हासिल गर्न सक्नेछौं। हामीलाई विश्वास छ, मंसिर ४ गते हुने निर्वाचनमा हामीले फेरि पनि विवेकसम्मतरूपले मताधिकारको उपयोग गर्नेछौं र सामूहिक लक्ष्य प्राप्तिका लागि आ(आफ्नो जिम्मेवारी निर्वाह गर्नेछौं।’ 
 

ताजा

सबै

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

लोकप्रिय

सबै

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…