Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

दुईदेशका सुरक्षा अधिकारीको बैठक, सिमा सिल गर्ने

डेक्स

डेक्स

दुईदेशका सुरक्षा अधिकारीको बैठक, सिमा सिल गर्ने
ADVERTISEMENT

नेपालगन्ज २३ कात्तिक । नेपाल भारतका सुरक्षाअधिकारीहरुको बैठक आज बुधबार नेपालगन्जमा बसेको छ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सिमाक्षेत्रमा हुन सक्ने विभिन्न किसिमका अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नेलगायतका विषयमा निर्णय भएको हो । 

बैठकले आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरी दुबैदेशकातर्फबाट निर्वाचनको दिन अथार्त मङ्सिर ४ गतेसम्म ७२ घण्टा सिमा क्षेत्र शिल गर्ने, सिमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापको नियन्त्रण गर्ने, सिमा क्षेत्रबाट हुनसक्ने गैरकानूनी कार्य, अवैध हातहतियार ओसारपसार, लागूऔषध ओसारपसार, मानवबेचखिन जस्ता कार्य कडाईका साथ दुबैतर्फ विशेष चेकजाँचको कार्यलाई सक्रिय बनाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनुभयो । 

उहाँका अनुसार निर्वाचनलाई लक्षितगरी बाँके र बर्दिया जिल्लाका विभिन्न सिमा नाकाहरुमा हुन सक्ने विभिन्न खालका अपराधजन्य गतिबिधी अवाञ्छित कृयाकलापलाई नियन्त्रण गर्नका लागि दुई पक्षिय सुरक्षालाई सुदृढ बनाई चेकजाँच तथा निगरानी बढाइने सहमती भएको छ । 
सो बैठकमा भारतको बहराईचका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) डा. दिनेश चन्द्र, श्रावस्तीका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रेड) नेहा प्रकाशलगायत भारतीय प्रहरी तथा एसएसवीका अधिकारीहरु, बाँकेका प्रमख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, बर्दियााक प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी, बर्दियाका प्रहरी प्रमुख, विरेन्द्रबहादुर शाहीलगायत सहायक प्रमुख जिल्ला अधिकारी, शसस्त्र तथा राष्टिय अनुसन्धानका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।  



 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर ! सुशील कोइरालाको विरासत जोगाउने कसरतमा कांग्रेस

तुला अधिकारी निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा चुनाउ भनिन्छ । २ वर्षअघि नै अकस्मा…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

नेपालगञ्ज, ८ मङसिर : बाँकेमा विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा पदयात्रा गर्न पाउ…

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

नयाँ पेसा र पहिचानको खोजीमा महाउत समुदाय

भेषराज बस्नेत । बाँकेको डुडुवा गाउँपालिका६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम महाउ…