Pairabi logo

असोज १७, २०८३, शनिबार                    

बाँकेमा चुनावी सरगर्मी, क्षेत्र नंं. २ बढी चर्चामा

सम्वाददाता

सम्वाददाता

बाँकेमा चुनावी सरगर्मी, क्षेत्र नंं. २ बढी चर्चामा
ADVERTISEMENT

नेपालगन्ज १८ कात्तिक । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । तर २०७४ को निर्वाचनमा देखिएको राजनीतिक गठबन्धन यसपटक भने बदलिएको छ । बाँकेमा प्रतिनिधिसभाका लागि तीन वटै निर्वाचन क्षेत्र छन् । जसमध्ये बाँके निर्वाचन क्षेत्र नं २ सबैभन्दा बढी चर्चामा छ ।

 बाँके निर्वाचन क्षेत्र नं १ मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ९८ हजार तीन सय २० मतदाता थिए । जसमध्ये ६९ हजार आठ सय ३५ मत खसेको थियो भने तीन हजार पाँच सय ९२ मत बदर भएको थियो । २०७४ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजङ्ग गहतराज निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा ३१ हजार एक सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम् नेपाली कांग्रेसका माधवराम खत्रीले २८ हजार दुई सय १७ मत प्राप्त गर्नुभएको थियो ।

    गहतराज यसपटक पनि बाँके क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार हुनुहुन्छ । उहाँसँगै प्रतिनिधिसभाका लागि नेकपा (एमाले)का सूर्य ढकाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका रामचरण चौधरीलगायतले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा रहनुभएको छ । निर्वाचन क्षेत्र नं १ मा ढकाल र गहतराजबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा एमालेले गहतराजलाई सहयोग गरेको थियो ।

    विसं २०७४ मा ९८ हजार तीन सय २० मतदाता रहेको बाँके क्षेत्र नं १ मा अहिले मतदाताको सङ्ख्या एक लाख २१ हजार एक सय पुगेको छ । २०७४ भन्दा आगामी निर्वाचनका लागि २२ हजार सात सय ८० मतदाता थपिएका छन् । बाँके क्षेत्र नं १ (१) मा २०७४ को निर्वाचनमा माओवादीका कृष्णा केसी विजयी हुनुभएको थियो । उहाँ आगामी निर्वाचनमा पनि प्रदेशसभामा (१)बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । उहाँले २०७४ मा १३ हजार चार सय २६ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम् कांग्रेसका शरदचन्द्र बर्माले १० हजार दुई सय ४० मत प्राप्त गर्नुभएको थियो ।

    बाँके क्षेत्र नं १ (१) मा २०७४ मा ४७ हजार १९ मतदाता रहेकामा ३२ हजार सात सय सात मत खसेको थियो भने दुई हजार तीन सय चार मत बदर भएको थियो । अब हुने प्रदेशसभा (१) निर्वाचनका लागि ५५ हजार आठ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । 

    विसं २०७४ को तुलनामा आठ हजार आठ सय २६ ले बढी हो । आगामी निर्वाचनका लागि क्षेत्र नं १ (१) बाट जसपा नेपालका अम्मरबहादुर खड्का, माओवादी केन्द्रबाट केसी, राप्रपाबाट नरेन्द्रकुमार पौडेल उम्मेदवार हुनुहुन्छ । केसी गठबन्धनबाट र पौडेल एमालेको समर्थनमा उम्मेदवार हुनुहुन्छ ।

    बाँके क्षेत्र नं १ (२) मा २०७४ मा ५१ हजार तीन सय एक मतदाता रहेका थिए । जुन अहिले बढेर ६५ हजार दुई सय ५५ पुगेको छ । करिब नौ हजार मतदाता क्षेत्र नं १ (२) मा थपिएका छन् । २०७४ को निर्वाचनमा बाँके क्षेत्र नं १ (२) बाट एमालेका आरती पौडेल विजयी हुनुभएको थियो । आगामी प्रदेशसभा निर्वाचनका लागि बाँके क्षेत्र नं १ (२)का लागि एमालेबाट दुर्गाप्रसाद चौधरी, कांग्रेसबाट फुलाराम थारू, जसपाबाट लालबहादुर शाहलगायत उम्मेदवार हुनुहुन्छ । 

    सत्ता गठबन्धनबाट जसपाका केन्द्रीय नेतासमेत रहनुभएका पूर्वमन्त्री मोहम्मद इस्त्यिाक राई र एमालेको समर्थनमा उम्मेदवार बन्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्रीसमेत रहनुभएका डा धवलशम्शेर राणाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । तर सत्ता गठबन्धनको दल जसपा गठबन्धनबाट अलग भएर एमालेसँग तालमेल गर्न पुगेपछि बाँके क्षेत्र नं २ को प्रतिस्पर्धा रोचक हुने भएको छ । 

    जसपा सत्ता गठबन्धनबाट अलग्गिएपछि अहिले क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणा, एमालेको समर्थनमा राप्रपाका धवलशम्शेर राणा र जसपाबाट उम्मेदवार मन्त्री राईबीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । जसपाले बाँकेमा भने एमालेसँग चुनावी तालमेल गरेको छैन ।

    बाँके क्षेत्र नं २ मा २०७४ को निर्वाचनमा ८२ हजार नौ सय ४७ मतदाता रहेका थिए । जसमध्ये ५९ हजार एक सय एक मत खसेकामा चार हजार आठ सय २८ मत बदर भएको थियो । २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट इस्तियाक राई २१ हजार पाँच सय ७५ मतसहित विजयी हुनुभएको थियो । 
    
    उहाँका निकटतम् रहनुभएका एमालेबाट पशुपतिदयाल मिश्रले १५ हजार नौ सय ५१, राप्रपाका ओमप्रकाश आजादले ११ हजार छ सय २२, राजपा नेपालका विजयकुमार गुप्ताले एक हजार चार सय ८७ मत प्राप्त गर्नुभएको थियो । २०७४ मा कांग्रेसले राप्रपालाई सघाएको थियो भने माओवादी र एमाले मिलेर चुनाव लडेका थिए । 

    विसं २०७४ भन्दा अहिले धेरै मतदाता थपिएका छन् । बाँके निर्वाचन क्षेत्र नं २ मा मतदाताको सङ्ख्या ९७ हजार आठ सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जुन २०७४ को भन्दा १४ हजार आठ सय ६२ ले बढी भएको हो ।
 
    विसं २०७४ मा बाँके क्षेत्र नं २ (१) मा सङ्घीय समाजवादी फोरमका विजयबहादुर यादव ११ हजार पाँच सय ७४ मतसहित विजयी हुनुभएको थियो । उहाँ निकट रहेका कांग्रेसका उम्मेदवार निरञ्जनसिंह सिजापतिले सात हजार सात सय ५१ मत प्राप्त गर्नुभएको थियो भने माओवादीका कामताप्रसाद खटिकले चार हजार आठ सय ९८ मत प्राप्त गर्नुभएको थियो । 

    बाँके क्षेत्र नं २ (१) मा २०७४ को प्रदेशसभा निर्वाचनमा ४२ हजार २५ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर ५० हजार तीन सय १३ पुगेको छ । क्षेत्र नं २ (२) मा आठ हजार दुई सय ८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

    विसं २०७४ मा सङ्घीय समाजवादी फोरमबाट निर्वाचन जित्नुभएका यादव अहिले एमालेबाट बाँके क्षेत्र नं २ (१) बाट उम्मेदवार हुनुहुन्छ । उहाँबाहेक प्रदेश (१) मा कांग्रेसका राजकुमार बर्मा र जसपाका भण्डारीलाल यादव बलियो उम्मेदवारका रूपमा हुनुहुन्छ ।

    बाँके क्षेत्र नं २ (२) मा आगामी प्रदेशसभाका लागि कांग्रेसका सुरेन्द्रबहादुर हमाल, एमालेका निरकबहादुर गुरुङ, माओवादी केन्द्रका अक्कलबहादुर बम, जसपाका आदेशकुमार अग्रवाललगायतका उम्मेदवार हुनुहुन्छ । यस्तै क्षेत्र नं २ (२) मा सामाजिक अभियन्ता डा विनोदकुमार कर्ण, अब्दुलहकिम हलावाई, विनयचन्द्र गुप्ताले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

    विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका हमाल बाँके क्षेत्र नं २ बाट नौ हजार दुई सय ११ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम् सङ्घीय समाजवादी फोरम नेपालका दुर्गेशकुमार वैश्यले आठ हजार चार सय ३२, एमालेका विजयकुमार गुप्ताले पाँच हजार तीन सय २७ मत प्राप्त गर्नुभएको थियो । 

    विसं २०७४ को निर्वाचनमा बाँके क्षेत्र नं २ (२) मा ४० हजार नौ सय २२ मतदाता रहेकामा २८ हजार दुई सय ६२ मतमात्रै खसेको थियो । जसमध्ये एक हजार पाँच सय २८ मत बदर भएको थियो ।

    बाँके जिल्लामा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । बाँके जिल्लामा तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । जसमा एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । नौ जना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
 

ताजा

सबै

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…

लोकप्रिय

सबै

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल

बर्दिया असोज १४ । बर्दियाको गुलरिया नगरपालिकामा हिंसाबाट प्रभावित तथा पीडितका लागि…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

नेपालगन्ज, १६ असोज । नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मणसिग्…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…