Pairabi logo

बैशाख २६, २०८२, शुक्रबार                    

बाँकेमा चुनावी सरगर्मी, क्षेत्र नंं. २ बढी चर्चामा

सम्वाददाता

सम्वाददाता

बाँकेमा चुनावी सरगर्मी, क्षेत्र नंं. २ बढी चर्चामा
ADVERTISEMENT

नेपालगन्ज १८ कात्तिक । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । तर २०७४ को निर्वाचनमा देखिएको राजनीतिक गठबन्धन यसपटक भने बदलिएको छ । बाँकेमा प्रतिनिधिसभाका लागि तीन वटै निर्वाचन क्षेत्र छन् । जसमध्ये बाँके निर्वाचन क्षेत्र नं २ सबैभन्दा बढी चर्चामा छ ।

 बाँके निर्वाचन क्षेत्र नं १ मा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ९८ हजार तीन सय २० मतदाता थिए । जसमध्ये ६९ हजार आठ सय ३५ मत खसेको थियो भने तीन हजार पाँच सय ९२ मत बदर भएको थियो । २०७४ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वरजङ्ग गहतराज निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा ३१ हजार एक सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम् नेपाली कांग्रेसका माधवराम खत्रीले २८ हजार दुई सय १७ मत प्राप्त गर्नुभएको थियो ।

    गहतराज यसपटक पनि बाँके क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार हुनुहुन्छ । उहाँसँगै प्रतिनिधिसभाका लागि नेकपा (एमाले)का सूर्य ढकाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका रामचरण चौधरीलगायतले प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा रहनुभएको छ । निर्वाचन क्षेत्र नं १ मा ढकाल र गहतराजबीच प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को निर्वाचनमा एमालेले गहतराजलाई सहयोग गरेको थियो ।

    विसं २०७४ मा ९८ हजार तीन सय २० मतदाता रहेको बाँके क्षेत्र नं १ मा अहिले मतदाताको सङ्ख्या एक लाख २१ हजार एक सय पुगेको छ । २०७४ भन्दा आगामी निर्वाचनका लागि २२ हजार सात सय ८० मतदाता थपिएका छन् । बाँके क्षेत्र नं १ (१) मा २०७४ को निर्वाचनमा माओवादीका कृष्णा केसी विजयी हुनुभएको थियो । उहाँ आगामी निर्वाचनमा पनि प्रदेशसभामा (१)बाट प्रदेशसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । उहाँले २०७४ मा १३ हजार चार सय २६ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम् कांग्रेसका शरदचन्द्र बर्माले १० हजार दुई सय ४० मत प्राप्त गर्नुभएको थियो ।

    बाँके क्षेत्र नं १ (१) मा २०७४ मा ४७ हजार १९ मतदाता रहेकामा ३२ हजार सात सय सात मत खसेको थियो भने दुई हजार तीन सय चार मत बदर भएको थियो । अब हुने प्रदेशसभा (१) निर्वाचनका लागि ५५ हजार आठ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । 

    विसं २०७४ को तुलनामा आठ हजार आठ सय २६ ले बढी हो । आगामी निर्वाचनका लागि क्षेत्र नं १ (१) बाट जसपा नेपालका अम्मरबहादुर खड्का, माओवादी केन्द्रबाट केसी, राप्रपाबाट नरेन्द्रकुमार पौडेल उम्मेदवार हुनुहुन्छ । केसी गठबन्धनबाट र पौडेल एमालेको समर्थनमा उम्मेदवार हुनुहुन्छ ।

    बाँके क्षेत्र नं १ (२) मा २०७४ मा ५१ हजार तीन सय एक मतदाता रहेका थिए । जुन अहिले बढेर ६५ हजार दुई सय ५५ पुगेको छ । करिब नौ हजार मतदाता क्षेत्र नं १ (२) मा थपिएका छन् । २०७४ को निर्वाचनमा बाँके क्षेत्र नं १ (२) बाट एमालेका आरती पौडेल विजयी हुनुभएको थियो । आगामी प्रदेशसभा निर्वाचनका लागि बाँके क्षेत्र नं १ (२)का लागि एमालेबाट दुर्गाप्रसाद चौधरी, कांग्रेसबाट फुलाराम थारू, जसपाबाट लालबहादुर शाहलगायत उम्मेदवार हुनुहुन्छ । 

    सत्ता गठबन्धनबाट जसपाका केन्द्रीय नेतासमेत रहनुभएका पूर्वमन्त्री मोहम्मद इस्त्यिाक राई र एमालेको समर्थनमा उम्मेदवार बन्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय महामन्त्रीसमेत रहनुभएका डा धवलशम्शेर राणाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । तर सत्ता गठबन्धनको दल जसपा गठबन्धनबाट अलग भएर एमालेसँग तालमेल गर्न पुगेपछि बाँके क्षेत्र नं २ को प्रतिस्पर्धा रोचक हुने भएको छ । 

    जसपा सत्ता गठबन्धनबाट अलग्गिएपछि अहिले क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणा, एमालेको समर्थनमा राप्रपाका धवलशम्शेर राणा र जसपाबाट उम्मेदवार मन्त्री राईबीच कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । जसपाले बाँकेमा भने एमालेसँग चुनावी तालमेल गरेको छैन ।

    बाँके क्षेत्र नं २ मा २०७४ को निर्वाचनमा ८२ हजार नौ सय ४७ मतदाता रहेका थिए । जसमध्ये ५९ हजार एक सय एक मत खसेकामा चार हजार आठ सय २८ मत बदर भएको थियो । २०७४ मा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट इस्तियाक राई २१ हजार पाँच सय ७५ मतसहित विजयी हुनुभएको थियो । 
    
    उहाँका निकटतम् रहनुभएका एमालेबाट पशुपतिदयाल मिश्रले १५ हजार नौ सय ५१, राप्रपाका ओमप्रकाश आजादले ११ हजार छ सय २२, राजपा नेपालका विजयकुमार गुप्ताले एक हजार चार सय ८७ मत प्राप्त गर्नुभएको थियो । २०७४ मा कांग्रेसले राप्रपालाई सघाएको थियो भने माओवादी र एमाले मिलेर चुनाव लडेका थिए । 

    विसं २०७४ भन्दा अहिले धेरै मतदाता थपिएका छन् । बाँके निर्वाचन क्षेत्र नं २ मा मतदाताको सङ्ख्या ९७ हजार आठ सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जुन २०७४ को भन्दा १४ हजार आठ सय ६२ ले बढी भएको हो ।
 
    विसं २०७४ मा बाँके क्षेत्र नं २ (१) मा सङ्घीय समाजवादी फोरमका विजयबहादुर यादव ११ हजार पाँच सय ७४ मतसहित विजयी हुनुभएको थियो । उहाँ निकट रहेका कांग्रेसका उम्मेदवार निरञ्जनसिंह सिजापतिले सात हजार सात सय ५१ मत प्राप्त गर्नुभएको थियो भने माओवादीका कामताप्रसाद खटिकले चार हजार आठ सय ९८ मत प्राप्त गर्नुभएको थियो । 

    बाँके क्षेत्र नं २ (१) मा २०७४ को प्रदेशसभा निर्वाचनमा ४२ हजार २५ मतदाता रहेकामा अहिले त्यो सङ्ख्या बढेर ५० हजार तीन सय १३ पुगेको छ । क्षेत्र नं २ (२) मा आठ हजार दुई सय ८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

    विसं २०७४ मा सङ्घीय समाजवादी फोरमबाट निर्वाचन जित्नुभएका यादव अहिले एमालेबाट बाँके क्षेत्र नं २ (१) बाट उम्मेदवार हुनुहुन्छ । उहाँबाहेक प्रदेश (१) मा कांग्रेसका राजकुमार बर्मा र जसपाका भण्डारीलाल यादव बलियो उम्मेदवारका रूपमा हुनुहुन्छ ।

    बाँके क्षेत्र नं २ (२) मा आगामी प्रदेशसभाका लागि कांग्रेसका सुरेन्द्रबहादुर हमाल, एमालेका निरकबहादुर गुरुङ, माओवादी केन्द्रका अक्कलबहादुर बम, जसपाका आदेशकुमार अग्रवाललगायतका उम्मेदवार हुनुहुन्छ । यस्तै क्षेत्र नं २ (२) मा सामाजिक अभियन्ता डा विनोदकुमार कर्ण, अब्दुलहकिम हलावाई, विनयचन्द्र गुप्ताले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

    विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका हमाल बाँके क्षेत्र नं २ बाट नौ हजार दुई सय ११ मतसहित विजयी हुनुभएको थियो । उहाँका निकटतम् सङ्घीय समाजवादी फोरम नेपालका दुर्गेशकुमार वैश्यले आठ हजार चार सय ३२, एमालेका विजयकुमार गुप्ताले पाँच हजार तीन सय २७ मत प्राप्त गर्नुभएको थियो । 

    विसं २०७४ को निर्वाचनमा बाँके क्षेत्र नं २ (२) मा ४० हजार नौ सय २२ मतदाता रहेकामा २८ हजार दुई सय ६२ मतमात्रै खसेको थियो । जसमध्ये एक हजार पाँच सय २८ मत बदर भएको थियो ।

    बाँके जिल्लामा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । बाँके जिल्लामा तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । जसमा एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताउनुभयो । नौ जना अन्य मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
 

ताजा

सबै

बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विष…

बालबालिका तथा अभिभावकलाई लागु औषधविरुद्धको चेतनामुलक अभिमुखीकरण शुरु

बैजनाथ (बाँके) २५ बैशाख । बाँकेको बैजनाथ गाउँपालिकाका बालबालिका तथा अभिभावकका ल…

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहर…

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

लोकप्रिय

सबै

बर्दियामा वन विनास रोक्ने विषयमा उच्च अदालतद्धारा लिखित जावफ माग

बर्दिया जिल्लामा रहेका वन क्षेत्र भित्र विकास निमार्ण गर्ने वाहानमा वन विनास रोक्ने विष…

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार

प्रारम्भ कर्णालीको मेरो पहिलो साक्षात्कार जन्मले होइन, अनुभूति र अपनत्वले कर्णालीसँग मे…

मधुवन नगरपालिकाको शिक्षा निति र शैक्षिक योजना बारे सुझाव संकलन

बर्दिया २३ बैशाख । बर्दियाको मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२/२०९१ र शिक्षा नीत…

बर्दियाका ५० जना युवतिले व्यवसायमूलक तालिम लिए

बर्दिया । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकाका युवाहर…

यो पनि

‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा

‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किन्दैन ।’ महामन्त्री शर्मा

नेपालगन्ज, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने …

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी

नेपाली काँग्रेस जनतासंग जोडिएर अघि बढ्नुपर्छ—केन्द्रीय सदस्य भण्डारी

कोहलपुर (बाँके), २८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कांग्र…

तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ—सभापति गौडेल

तेस्रो जिल्ला सम्मेलन पार्टीका लागि कोशेढुंगा सावित हुन्छ—सभापति गौडेल

नेपालगञ्ज, २८ चैत । नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपालगञ्जम…

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम

गोली हानेर हैन् सरकारले जनताको असन्तुष्टी पत्ता लगाउनु पर्छ : सांसद गौतम

कमल राज पौडेल (देवकमल) बर्दिया, २३ चैत । संघीय सांसद संजय कुमार गौतमले गोली हाने…