Pairabi logo

जेठ ०८, २०८३, शुक्रबार                    

धानबाली जोगाउन रातभरी मचानमा जाग्राम

सम्वाददाता

सम्वाददाता

धानबाली जोगाउन रातभरी मचानमा जाग्राम
ADVERTISEMENT

मधुवन (बर्दिया), ८ कात्तिक :  बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेका छन्।

गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र दक्षिणतर्फ भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको बीचमा करिब ८०० बिघा आवादी जग्गा छ । मधुवन नगरपालिका–१,२ र ३ मा रहेको भग्रैया, पथ्थरबोझी, कैलासी, बड्की टडुवा, छोट्की टडुवा, रजवारा र कुसुम्मा गाउँका बासिन्दालाई अहिले धान बाली जोगाउने चिन्ता छ ।

उनीहरु निरन्तर गाउँको खेतमा मचान बनाएर रातभर जाग्राम बस्छन्् । करिब ८०० बिघा जग्गामा लागाइएको धान जोगाउन अग्ला रुखमा किसानले काठका मचान बनाएका छन् ।

हरेक वर्ष जङ्गली हात्ती, चित्तल, बँदेल, गैंडा र बादरजस्ता वन्यजन्तुले धान खाई नष्ट गर्ने भएकाले बाली लगाएदेखि नकाटेसम्म मचान बनाएर कुर्ने गरिएको स्थानीय घनश्याम भारतीले बताउनुभयो । हाम्रो यो वार्षिक तालिका जस्तै छ, रोपाइँ गरेर बाली नकाटेसम्म हामी राति मचानमा जाग्राम बस्छौँ । तीन वटा मचान अग्लो रुखमा र काठबाट बनाइएको छ ।

तीन हप्तायता जङ्गली हात्तीको समूह निकै सक्रिय भई दिउँसो र राति आउने गरेकाले हामीले पनि कुर्ने क्रम बढाएको उहाँको भनाइ थियो ।

अर्का स्थानीयवासी सुन्दर थारुले हरेक वर्ष वन्यजन्तुले बालीनाली नष्ट गर्दा आफूले आधा बाली मात्र पाउने गरेको उहाँको गुनासो थियो । “वर्षेनी यो अवस्था हाम्रा लागि नियतिजस्तै बनेको छ । रोपाइँ गरे पछि हामी मचान मर्मत गरी तयार पाछौँ । हाम्रो बास मचान मै हुन्छ, बाली नकाटेसम्म, मचानमै हामीले आवश्यक पर्ने खानेकुरा पानी, टर्चलाइट, राँको, मोबाईलदेखि ओछ्यान र झुलसमेतको ब्यवस्था गरेको हुन्छौँ,” सुन्दरले भन्नुभयो ।

मचानमा एक्लै राति समय बिताउन गाह्रो हुने भएकाले गाउँले साथीभाइ, केटाकेटी, वृद्ध र महिलासमेत मिलेर बस्ने गरेको उहाँले बताउनुभयो । एकजना मात्रै जाग्राम बस्न गाह्रो हुने भएकाले तीन जनासम्म पालैपालो जाग्राम बसेर धानबाली कुर्ने गरेका छौँ ।

अर्का स्थानीयवासी धनीराम चौधरीले भन्नुभयो, “हरेक वर्ष जङ्गली हात्तीले हाम्रो बाली खाई नष्ट गरिदिन्छ । जङ्गली हात्ती आएमा विभिन्न सङ्घसंस्थाले हामीलाई साईरन (लाउडिस्पिकर) दिएको छ । त्यस साईरनमार्फत हामी गाउँलेलाई कुन क्षेत्रमा हात्ती आएको छ भनी सतर्क गराइ एक ठाउँमा जम्मा भएर हात्ती धपाउने काम गर्छौँ र पालैपालो रातभर जाग्राम बसी आफ्नो बालीनाली जङ्गली वन्यजन्तुबाट सुरक्षा गदै आएका छौँ । एकदिन मात्रै जङ्गली हात्ती नआए पनि निन्द्रासमेत लाग्दैन, यो हाम्रो नियमित काम जस्तै भएको छ ।”

भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सानो तर अति सम्वेदनशिल क्षेत्र खाता जैविक मार्ग छेउछाउ बसोवास गर्ने बासिन्दा जङ्गली वन्यजन्तुबाट वर्षौदेखि पीडित हुँदै आएका छन् । यस जैविक मार्ग आसपास क्षेत्रमा करिब छ हजार ५०० घरधुरी छ भने लगभग २५ हजार जनसङ्ख्या छ । पैँसठ्ठी प्रतिशत घरधुरी रैथाने आदिवासी थारु जातीको बाहुल्यता रहेको छ । (रासस)

ताजा

सबै

सचेतनामूलक तथा क्षमता विकास तालिम

बाँके ६ जेष्ठ । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीक…

बर्दियाका युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी कार्यशाला

बर्दिया, जेठ ६ । बर्दियाका युवा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

नेपालगञ्ज ६ जेठः करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरासिध…

लोकप्रिय

सबै

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्न अभिभावक शिक्षा कार्यक्रम

बर्दिया, ५ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइ…

सचेतनामूलक तथा क्षमता विकास तालिम

बाँके ६ जेष्ठ । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीक…

यो पनि

सचेतनामूलक तथा क्षमता विकास तालिम

सचेतनामूलक तथा क्षमता विकास तालिम

बाँके ६ जेष्ठ । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीक…

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

बुद्धएयरको नेपालगञ्ज पोखरा उडान स्थगन

नेपालगञ्ज ६ जेठः करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगञ्ज पोखरासिध…

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घ…

वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर

वैदेशिक रोजगारबाट फर्किएकाको सीपलाई स्थानीय विकाससँग जोड्दै कोहलपुर

कोहलपुर ६, जेठ । बाँके कोहलपुरमा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूको अनुभव, स…