Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

किसानका घरमै निःशुल्क पशु उपचार सेवा

डेक्स

डेक्स

किसानका घरमै निःशुल्क पशु उपचार सेवा
ADVERTISEMENT

डुडुवा (बाँके) ८ कात्तिक । हल्कारापुरुवाका रामसुहावन यादवले भैँसी बिरामी रहेको खबर गर्नुभयो । पालिकाबाट पशु प्राविधिकको टोलीले यादवको घरमै गएर भैसीको उपचार गरिदियो । यादव डुडुवाका धेरै भैसी पाल्ने कृषकमा गनिनुहुन्छ । उहाँसँग एक सय २० वटा भैँसी छन् । भैँसीपालन फार्म सञ्चालन गर्नुभएका यादवले दैनिक तीन सय लिटर बढी दूध नेपालगञ्ज र कोहलपुर पु¥याउनुहुन्छ । 

 रामबहादुर थापा र गीता बोहराले फोनवाट आप्mनो पशु बिरामी भएको खबर पालिकामा गर्नुभयो । पशु प्राविधिकको टोलीले दुवै जनाको घरमा गएर उपचार र औषधि दियो ।  यसरी पालिकाले घरमै गएर पशुको उपचार गरिदिने भएपछि कृषक लाभान्वित भएका छन् । ‘घरघरमा पशु स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन भएपछि पशु पाल्ने ठूलो सङ्ख्यामा किसानले लाभ लिएका छन् । डुडुवा गाउँपालिकामा दश हजार घरधुरीमध्ये आठ हजार सात ८६ घरधुरीले पशुपालन गरिरहेका छन् । कृषकले पालेका पशुलाई पालिकाले नौ जना प्राविधिक खटाएर घरमै सेवा दिइरहेको पशु शाखाका प्रमुख अशोककुमार पाण्डेले जानकारी दिनुभयो । 

पालिकाले घरघरमा पशु स्वास्थ्य कार्ड वितरण गरेको छ । कार्डमा जनचेतनामूलक सन्देशका साथै दुई वटा मोबाइल नम्बर लेखिएको छ । ९८४४८५१०६९ र ९८५८०४६०४७ नम्बरको मोबाइलमा किसानले फोन गरेर आफ्ना समस्या राख्न सक्छन् । आफ्ना पशु बिरामी भएको खबर गर्न सक्छन् । यसमा रहेको पहिलो नम्बर पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको हो । उहाँले स्वयम् कुनै पनि नागरिक तथा किसान सेवाबाट बञ्चित नहोस र आफूले पनि सेवाको अनुभुतिका लागि पनि आफ्नो सम्पर्क नम्बर राख्नुभएको छ । उहाँले सेवाको गुणस्तरीयताका लागि आफ्नो नम्बर राख्नुभएको हो । अध्यक्ष चौधरीलाई किसानले पशु बिरामीसँगै आफ्ना अन्य समस्या पनि राख्ने गर्दछन् ।

यो नम्बरमा फोन आउने बित्तिकै पालिकाबाट पशु प्राविधिक किसानको घरमै पुग्छन् र पशुको उपचार गर्छन् । पालिकाले फोन उठाउनका लागि शङ्कर यादवलाई खटाएको छ । यादवको काम नै किसानको फोन उठाउने र प्राविधिकलाई खबर गर्ने रहेको छ । यादवलाई किसानको फोन उठाउने र पशु प्राविधिकलाई खबर गर्न भ्याइनभ्याइ नै हुन्छ । दिनमा सय कल बढी फोन आउने पशु शाखा प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको फोनलाई पछ्याएर पशु प्राविधिकहरु उहाँको घरमा पुग्नु हुन्छ ।”

 डुडुवामा करिब २६ हजार बढी गाई-भैँसी र आठ हजार बढी बाख्रा पालिएका छन् । माथिल्लो भेगमा बाख्रा र तल्लो भेगमा भँसी पाल्ने कृषक बढी छन् । नेपालगञ्जमा आउने दूध धेरैजसो डुडुवाका किसानकै हुने गर्दछ । पशु शाखाका अनुसार डुडुवाका किसानले छ वटा डेरीमार्फत महिनामा १८ लाख लिटर दूध बेच्ने गर्दछन् । 

 पालिकाले आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम सञ्चालन गरेको छ । छ÷छ महिना प्राविधिकहरु घरमै गएर जुका र जुम्राको औषधि दिने गर्छन् । छ हजार चार सय ९७ घरधुरीमा पुगेर यो वर्ष औषधि दिइएको छ । पालिकाले सञ्चालन गरेको ल्याबमा गोबर परीक्षण हुन्छ । पशुमा जुका देखिएमा नियमित औषधि दिने गरिन्छ । कुनै किसानको पशु बिरामी भयो भने पशु प्राविधिक किसानको घरमा गइरहन्छन् । 

पालिकाले किसानको पशुको बिमामा जोड दिएको छ । पशु बिमाप्रति किसानको ध्यान गइसकेको छैन । किसान रामसुहावनले ६० वटा भैँसीको बिमा गराउनु भएको छ । बिमा गराउने किसानलाई पालिकाले अनुदान दिने गरेको छ । पालिकाले आफैँले बिमा गरिदिने नीति अघि सारेको छ । 

पालिकाले सुरु गरेको नश्ल सुधार कार्यक्रममार्फत कृत्रिम गर्भाधान गरेर उन्नत जातको पाडी र बाछी जन्माइन्छ । पालिकाले तीन सय ८८ वटा भैसी र गाईको कृत्रिम गर्भाधान गरेको छ । कृत्रिम गर्भाधान गर्दा उन्नत जातको पाडी र बाछी जन्मिने र त्यसले बढी दूध दिने विश्वास गरिन्छ । स्थानीय जातका गाईमा जर्सी र भैसीमा मुर्रा जातको राँगाबाट गर्भाधान गरिन्छ । कृत्रिम गर्भाधान गरिएको आमालेभन्दा पाडी र बाछीले बढी दूध दिने पशु प्राविधिक हिक्मतबहादुर खत्री बताउनुहुन्छ । 

पालिकाले बाख्रामा पनि कृत्रिम गर्भाधान गराउने नीति अघि सारेको छ । स्थानीय जातको बाख्रामा उन्नत जातको बोकाबाट कृत्रिम गर्भाधान गराउदा राम्रो पाठापाठी जन्मिने गर्दछ । राम्रो र ठूलो साइजका पाठापाठी जन्मिएपछि किसानलाई बेच्दा फाइदा हुन्छ । आगामी वर्षदेखि केही किसानलाई समेटेर बिउका लागि उन्नत जातका बोका वितरण गर्ने रणनीति बनाइएको पालिकाले जनाएको छ । किसानले आफ्ना बाख्रामा कृत्रिम गर्भाधान पनि गर्न सक्छन् । 

गाउँपालिकाले हरेक वर्ष पशु विकास कार्यक्रमका लागि ठूलो बजेट छुट्याउने गरेको छ । आर्थिक वर्ष २०७८/0८९ का लागि रु एक करोड ४१ लाख बजेट विनियोजन गरेको थियो भने यो वर्ष गाउँसभा अहिलेसम्म नहुँदा नयाँ बजेट विनियोजन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत कृणप्रसाद पौडेलले बताउनुभयो । निर्वाहमुखी नभएर किसानलाई व्यवसायीकरण गर्दै लैजाने नीति अघि सारिएको उहाँको भनाइ छ । चरिचरन, घाँसको सुविधा रहेकाले डुडुवाका किसानलाई पशुपालन सहज भएको छ । (रासस) 
 

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बैतडीमा भूकम्प

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…