Pairabi logo

असोज २८, २०८३, बुधबार                    

किसानका घरमै निःशुल्क पशु उपचार सेवा

डेक्स

डेक्स

किसानका घरमै निःशुल्क पशु उपचार सेवा
ADVERTISEMENT

डुडुवा (बाँके) ८ कात्तिक । हल्कारापुरुवाका रामसुहावन यादवले भैँसी बिरामी रहेको खबर गर्नुभयो । पालिकाबाट पशु प्राविधिकको टोलीले यादवको घरमै गएर भैसीको उपचार गरिदियो । यादव डुडुवाका धेरै भैसी पाल्ने कृषकमा गनिनुहुन्छ । उहाँसँग एक सय २० वटा भैँसी छन् । भैँसीपालन फार्म सञ्चालन गर्नुभएका यादवले दैनिक तीन सय लिटर बढी दूध नेपालगञ्ज र कोहलपुर पु¥याउनुहुन्छ । 

 रामबहादुर थापा र गीता बोहराले फोनवाट आप्mनो पशु बिरामी भएको खबर पालिकामा गर्नुभयो । पशु प्राविधिकको टोलीले दुवै जनाको घरमा गएर उपचार र औषधि दियो ।  यसरी पालिकाले घरमै गएर पशुको उपचार गरिदिने भएपछि कृषक लाभान्वित भएका छन् । ‘घरघरमा पशु स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन भएपछि पशु पाल्ने ठूलो सङ्ख्यामा किसानले लाभ लिएका छन् । डुडुवा गाउँपालिकामा दश हजार घरधुरीमध्ये आठ हजार सात ८६ घरधुरीले पशुपालन गरिरहेका छन् । कृषकले पालेका पशुलाई पालिकाले नौ जना प्राविधिक खटाएर घरमै सेवा दिइरहेको पशु शाखाका प्रमुख अशोककुमार पाण्डेले जानकारी दिनुभयो । 

पालिकाले घरघरमा पशु स्वास्थ्य कार्ड वितरण गरेको छ । कार्डमा जनचेतनामूलक सन्देशका साथै दुई वटा मोबाइल नम्बर लेखिएको छ । ९८४४८५१०६९ र ९८५८०४६०४७ नम्बरको मोबाइलमा किसानले फोन गरेर आफ्ना समस्या राख्न सक्छन् । आफ्ना पशु बिरामी भएको खबर गर्न सक्छन् । यसमा रहेको पहिलो नम्बर पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको हो । उहाँले स्वयम् कुनै पनि नागरिक तथा किसान सेवाबाट बञ्चित नहोस र आफूले पनि सेवाको अनुभुतिका लागि पनि आफ्नो सम्पर्क नम्बर राख्नुभएको छ । उहाँले सेवाको गुणस्तरीयताका लागि आफ्नो नम्बर राख्नुभएको हो । अध्यक्ष चौधरीलाई किसानले पशु बिरामीसँगै आफ्ना अन्य समस्या पनि राख्ने गर्दछन् ।

यो नम्बरमा फोन आउने बित्तिकै पालिकाबाट पशु प्राविधिक किसानको घरमै पुग्छन् र पशुको उपचार गर्छन् । पालिकाले फोन उठाउनका लागि शङ्कर यादवलाई खटाएको छ । यादवको काम नै किसानको फोन उठाउने र प्राविधिकलाई खबर गर्ने रहेको छ । यादवलाई किसानको फोन उठाउने र पशु प्राविधिकलाई खबर गर्न भ्याइनभ्याइ नै हुन्छ । दिनमा सय कल बढी फोन आउने पशु शाखा प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको फोनलाई पछ्याएर पशु प्राविधिकहरु उहाँको घरमा पुग्नु हुन्छ ।”

 डुडुवामा करिब २६ हजार बढी गाई-भैँसी र आठ हजार बढी बाख्रा पालिएका छन् । माथिल्लो भेगमा बाख्रा र तल्लो भेगमा भँसी पाल्ने कृषक बढी छन् । नेपालगञ्जमा आउने दूध धेरैजसो डुडुवाका किसानकै हुने गर्दछ । पशु शाखाका अनुसार डुडुवाका किसानले छ वटा डेरीमार्फत महिनामा १८ लाख लिटर दूध बेच्ने गर्दछन् । 

 पालिकाले आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम सञ्चालन गरेको छ । छ÷छ महिना प्राविधिकहरु घरमै गएर जुका र जुम्राको औषधि दिने गर्छन् । छ हजार चार सय ९७ घरधुरीमा पुगेर यो वर्ष औषधि दिइएको छ । पालिकाले सञ्चालन गरेको ल्याबमा गोबर परीक्षण हुन्छ । पशुमा जुका देखिएमा नियमित औषधि दिने गरिन्छ । कुनै किसानको पशु बिरामी भयो भने पशु प्राविधिक किसानको घरमा गइरहन्छन् । 

पालिकाले किसानको पशुको बिमामा जोड दिएको छ । पशु बिमाप्रति किसानको ध्यान गइसकेको छैन । किसान रामसुहावनले ६० वटा भैँसीको बिमा गराउनु भएको छ । बिमा गराउने किसानलाई पालिकाले अनुदान दिने गरेको छ । पालिकाले आफैँले बिमा गरिदिने नीति अघि सारेको छ । 

पालिकाले सुरु गरेको नश्ल सुधार कार्यक्रममार्फत कृत्रिम गर्भाधान गरेर उन्नत जातको पाडी र बाछी जन्माइन्छ । पालिकाले तीन सय ८८ वटा भैसी र गाईको कृत्रिम गर्भाधान गरेको छ । कृत्रिम गर्भाधान गर्दा उन्नत जातको पाडी र बाछी जन्मिने र त्यसले बढी दूध दिने विश्वास गरिन्छ । स्थानीय जातका गाईमा जर्सी र भैसीमा मुर्रा जातको राँगाबाट गर्भाधान गरिन्छ । कृत्रिम गर्भाधान गरिएको आमालेभन्दा पाडी र बाछीले बढी दूध दिने पशु प्राविधिक हिक्मतबहादुर खत्री बताउनुहुन्छ । 

पालिकाले बाख्रामा पनि कृत्रिम गर्भाधान गराउने नीति अघि सारेको छ । स्थानीय जातको बाख्रामा उन्नत जातको बोकाबाट कृत्रिम गर्भाधान गराउदा राम्रो पाठापाठी जन्मिने गर्दछ । राम्रो र ठूलो साइजका पाठापाठी जन्मिएपछि किसानलाई बेच्दा फाइदा हुन्छ । आगामी वर्षदेखि केही किसानलाई समेटेर बिउका लागि उन्नत जातका बोका वितरण गर्ने रणनीति बनाइएको पालिकाले जनाएको छ । किसानले आफ्ना बाख्रामा कृत्रिम गर्भाधान पनि गर्न सक्छन् । 

गाउँपालिकाले हरेक वर्ष पशु विकास कार्यक्रमका लागि ठूलो बजेट छुट्याउने गरेको छ । आर्थिक वर्ष २०७८/0८९ का लागि रु एक करोड ४१ लाख बजेट विनियोजन गरेको थियो भने यो वर्ष गाउँसभा अहिलेसम्म नहुँदा नयाँ बजेट विनियोजन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत कृणप्रसाद पौडेलले बताउनुभयो । निर्वाहमुखी नभएर किसानलाई व्यवसायीकरण गर्दै लैजाने नीति अघि सारिएको उहाँको भनाइ छ । चरिचरन, घाँसको सुविधा रहेकाले डुडुवाका किसानलाई पशुपालन सहज भएको छ । (रासस) 
 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

‘जेनजी’ आन्दोलनका दुई सहिदको परिचय बाँकेको स्थानीय पाठ्यक्रममा समेटिँदै

नेपालगञ्ज, १५ असोजः नेपालगञ्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका …

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…