Pairabi logo

पुस १९, २०८२, शनिबार                    

भारी वर्षाले राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध

सम्वाददाता

सम्वाददाता

भारी वर्षाले राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध
ADVERTISEMENT

नेपालगन्ज २१ असोज । तीनदिनको झरीसंगै आज विहानदेखि परेको भिषण वर्षाले राप्ती नदीको सतह हवात्तै बढेपछि तटिय क्षेत्रका नागरिकहरु त्रासित भएका छन । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । भने स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ ।  

वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ८ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज शुक्रबार बिहान विस्तारै घटेपनि भारी वर्षा भएपछि दिउसोदखि कुसुममा नदीको सतह अहिले ८ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । यो सबै भन्दा बढी हो नदीको सतह ८ मिटर पुग्ने वित्तिकै बाढीको उच्च खतरा मानिन्छ ।

नदीको बहाब उच्च रुपमा बढेपछि जिल्ला विपद व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गर्नुभयो । प्रजिअ खत्रीले नदी किनारको तल्लो तटिय क्षेत्रमा नदि किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्ने जस्ता कार्य नगर्न सबैमा आग्रह गर्नुभयो । साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदायहरु सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जान समेत उहाँले आग्रह गर्नुभयो  । 

 राप्ती नदीको माथिल्लो तटिय तथा तल्लो तटिय क्षेत्रमा समेत भारी वर्षा भईरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढने पुर्वानमान रहेकाले आसपासका नागरिकहरुलाई उच्च सर्तकताका लागि सूचना प्रवाह गरिएका जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकास गाउँहरु डुबानमा पर्ने गर्दछन । 

 बाढी र डुबान शुरु भएछि त्यस आसपास क्षेत्रका सर्वसाधारणहरु त्रसित बनेका छन । 
भारी वर्षाले नेपालगन्ज नगरका अधिकास स्थानहरु जलमग्न भएका छन । नेपालगन्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउ लगायतका स्थान तथा सडकहरु जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । 

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकास स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई हाई अलर्ट अवस्थामा  राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । 

ताजा

सबै

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

नेपालगन्ज, १५ पुसः नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच…

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज, १५ पुसः नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा एक साताका ला…

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

लोकप्रिय

यो पनि

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

मधुवन र गुलरिया नगरपालिकामा किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा भवन हस्तान्तरण

बर्दिया, पुस ६ । बर्दियाको मधुवन र गुलरिया नगरपालिकामा नवनिर्मित किशोरकिशोरीमैत्री …

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

गुणस्तरियतासंगै ब्रान्डिङ्ग बनाउदै सुनाखरी रेष्टुरेण्ट

नेपालगन्ज ६ पुस । सुनाखरी रेष्टुरेण्ट प्रा लि. नेपालगन्जले गुणस्तरियतासंगै ब्रान्डिङ्ग ग…