Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया

सम्वाददाता

सम्वाददाता

लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया
ADVERTISEMENT

नेपालगन्ज २७ भदौ  । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको सहभागिहरुले बताएका थिए ।

एफ इ एस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज गरेको बदलिंदो परिस्थतीमा लोकतन्त्र र नागरिक शिक्षा विषयक अन्र्तक्रियाका सहभागिहरुले लोकतन्त्र र संघिय पुर्नंरचनापछि नागरिकका सबै अधिकार सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको चिन्ता व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले तीन वटै सरकारको गुणस्तरिय, सेवा, पारदर्शिता, र विद्यामान कानूनको कार्यन्वयन गरि नागरिकलाई सामान रुपमा सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा राष्टिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको संघियतामा सुशासन आर्थिक आयमका बारे प्रस्तुतीकरण गर्दै नेपालको नयाँ संघियता कार्यन्वयनतर्फ अघि बढेको भन्दै अझै तीन वटै सरकारका काम कारवाही प्रक्रियाबारे समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक संकट तथा बेरोजगारीको अन्त्य गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने भन्दै नागरिकका सम्पुर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।  

प्राध्यापक गणेशदत्त भटले आसन्न निर्वाचन, नेपालमा लोकतन्त्र र यसका समस्या चुनौतीबारे प्रस्तुतीकरण गर्दै पछिल्लो अवस्थामा मुलुकमा नया परिवर्तनसंगै सकारात्मक दिशातर्फ उन्मुख भएका बताउनुभयो ।

उहाँले देशमा कानून, ऐन लगायत सबै सफ्टवेयर संरचना व्यवस्थित रुपमा रहेपनि त्यसको प्रभावकारी कार्यन्वयन नहुदा समस्या भएको भन्दै भएको सफ्टवेयर हार्डवेयर तथा अभ्यासमा लग्नुपर्नेमा जोड दिनुभयो । महिला विकास अधिकृत मञ्जु पाण्डेले सामाजिक न्यायका बारेमा आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्ट उपमेयर कमरुद्दिन राई, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, बुद्धिजिवी तथा नागरिक अगुवा नरेन्द्रजंग पिटर, सनत रेग्मी, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, कृष्णजंग कार्की, अधिवक्ता रामकुमार दिक्षित, रामगोपाल कुर्मी, बरिष्ठ अधिवक्ता विजय गप्ता, प्राध्यापक हरि तिमिल्सेना गुरुप्रसाद गौतम, अर्जुन पोख्रेल, रुद्रप्रसाद तिम्लिसेना,डा।हरि तिवारी अभियन्ता लक्ष्मी ज्ञवाली, पत्रकार झलक गैरे, शाहिदा शाह, अधिबक्ता बसन्त गौतम, सामाजिक अभियन्ता डा विनोद कर्ण, रविन्द्र ज्ञवाली, पत्रकार आरिफ अन्सारी, नागरिक सामाज अगुवा कृष्ण प्रसाद श्रेष्ठ स्थानीय लक्ष्मी जसवाल लगायतले प्रस्तुत विषयमाथी आ आफना जिज्ञासा तथा वचार राख्नुभएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एफ इएसका चन्द्रदेव भट र अधिबक्ता पार्वता राउतले बोल्नुभएको थिया भने कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विश्वजित तिवारीले सहजीकरण गर्नुभएको थियो ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…