Pairabi logo

माघ १७, २०८२, शुक्रबार                    

लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया

सम्वाददाता

सम्वाददाता

लोकतन्त्र र नागरिक शिक्षा अन्तरक्रिया
ADVERTISEMENT

नेपालगन्ज २७ भदौ  । नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभुति गर्न नपाएको एक कार्यक्रममा बताइएको छ । जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनितिक दललाई मस्ती भएको भन्दै ऐतिहासिक रुपमा निमार्ण भएको संविधानको कार्यन्वयनमा चुनौती उत्पन्न भएको सहभागिहरुले बताएका थिए ।

एफ इ एस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज गरेको बदलिंदो परिस्थतीमा लोकतन्त्र र नागरिक शिक्षा विषयक अन्र्तक्रियाका सहभागिहरुले लोकतन्त्र र संघिय पुर्नंरचनापछि नागरिकका सबै अधिकार सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको चिन्ता व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले तीन वटै सरकारको गुणस्तरिय, सेवा, पारदर्शिता, र विद्यामान कानूनको कार्यन्वयन गरि नागरिकलाई सामान रुपमा सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए । 


कार्यक्रममा राष्टिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको संघियतामा सुशासन आर्थिक आयमका बारे प्रस्तुतीकरण गर्दै नेपालको नयाँ संघियता कार्यन्वयनतर्फ अघि बढेको भन्दै अझै तीन वटै सरकारका काम कारवाही प्रक्रियाबारे समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक संकट तथा बेरोजगारीको अन्त्य गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने भन्दै नागरिकका सम्पुर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।  


प्राध्यापक गणेशदत्त भटले आसन्न निर्वाचन, नेपालमा लोकतन्त्र र यसका समस्या चुनौतीबारे प्रस्तुतीकरण गर्दै पछिल्लो अवस्थामा मुलुकमा नया परिवर्तनसंगै सकारात्मक दिशातर्फ उन्मुख भएका बताउनुभयो ।

उहाँले देशमा कानून, ऐन लगायत सबै सफ्टवेयर संरचना व्यवस्थित रुपमा रहेपनि त्यसको प्रभावकारी कार्यन्वयन नहुदा समस्या भएको भन्दै भएको सफ्टवेयर हार्डवेयर तथा अभ्यासमा लग्नुपर्नेमा जोड दिनुभयो । महिला विकास अधिकृत मञ्जु पाण्डेले सामाजिक न्यायका बारेमा आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्ट उपमेयर कमरुद्दिन राई, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, बुद्धिजिवी तथा नागरिक अगुवा नरेन्द्रजंग पिटर, सनत रेग्मी, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, कृष्णजंग कार्की, अधिवक्ता रामकुमार दिक्षित, रामगोपाल कुर्मी, बरिष्ठ अधिवक्ता विजय गप्ता, प्राध्यापक हरि तिमिल्सेना गुरुप्रसाद गौतम, अर्जुन पोख्रेल, रुद्रप्रसाद तिम्लिसेना,डा।हरि तिवारी अभियन्ता लक्ष्मी ज्ञवाली, पत्रकार झलक गैरे, शाहिदा शाह, अधिबक्ता बसन्त गौतम, सामाजिक अभियन्ता डा विनोद कर्ण, रविन्द्र ज्ञवाली, पत्रकार आरिफ अन्सारी, नागरिक सामाज अगुवा कृष्ण प्रसाद श्रेष्ठ स्थानीय लक्ष्मी जसवाल लगायतले प्रस्तुत विषयमाथी आ आफना जिज्ञासा तथा वचार राख्नुभएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एफ इएसका चन्द्रदेव भट र अधिबक्ता पार्वता राउतले बोल्नुभएको थिया भने कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विश्वजित तिवारीले सहजीकरण गर्नुभएको थियो ।

ताजा

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

लोकप्रिय

सबै

वेष्ट जोन हाइस्कुलमा खाना महोत्सव

नेपालगन्ज १५ माघः बाँकेको नेपालगन्जस्थित वेष्ट जोन इङ्लिस मिडीयम हाइस्कुलमा पहिलो पटक…

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

यो पनि

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

बाँकेका तीनै  निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न आग्रह

नेपालगन्ज १५ माघः निर्वाचन आयोगद्धारा जारी निर्वाचन आचारसंहिता पालना सम्वन्धि सर्वदलीय…

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …