Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जमा ट्राफिक सिग्नल लाइट जडान हुदै

डेक्स

डेक्स

नेपालगन्जमा ट्राफिक सिग्नल लाइट जडान हुदै
ADVERTISEMENT

नेपालगन्ज २५ भदौ । सहरीकरण संगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न शहरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । 
भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँच वटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरि सकिएको छ ।


 शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चोक, पुष्पलाल चोक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ । ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । 


जमुनाहादेखि कोहलपुरसम्मको रत्न राजमार्गमा लामो समयदेखि आकाशे पुल निर्माण र ट्राफिक सिग्नल लाईट जडान गर्नु पर्ने माग स्थानीयद्वारा गरिंदै आएको थियो । तर, बाँके क्षेत्र नम्बर २ का सांसद राई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएको सानो समयमै यी दुबै माग पुरा भएका छन् पाँच ठाउँमा आकाशे पुल निर्माणको मन्त्री राईले शिलान्यास समेत गरिसकेका छन् भने ट्राफिक सिग्नल लाईट जडानको शिलान्यास पनि केही दिनमा गरिने भएको छ । 


मन्त्री राईले डुडुवा गाउँपालिकामा पाँच वटा पक्की पुलसँगे हुलाकी राजमार्गमा रहेको डुडुवाको पुल र राप्ती नदीमा नयाँ पुल निर्माणको पनि शिलान्यास गरिसकेर प्रक्रिया अगाडी बढेको सडक डिभिजन तथा हुलाकी राजमार्ग कार्यालयले जनाएको छ । 
उहाँ यसअधि सहरी विकास मन्त्री रहेको बेला पनि नेपालगञ्जमा ५२ वटा सडकहरूसंगे हाईमास्ट लाइट, भेरी अस्पतालको अत्याधुनिक भवन, अत्याधुनिक सभाहलसंगे दर्जनो मन्दिर, मस्जिद लगायतका धार्मिक स्थलहरुको पनि जिर्णोद्धार र निर्माण गराईसक्नु भएको छ ।
 

ताजा

सबै

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…