Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

नेपालगन्जमा ट्राफिक सिग्नल लाइट जडान हुदै

डेक्स

डेक्स

नेपालगन्जमा ट्राफिक सिग्नल लाइट जडान हुदै
ADVERTISEMENT

नेपालगन्ज २५ भदौ । सहरीकरण संगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न शहरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ । 
भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँच वटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरि सकिएको छ ।


 शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चोक, पुष्पलाल चोक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ । ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । 


जमुनाहादेखि कोहलपुरसम्मको रत्न राजमार्गमा लामो समयदेखि आकाशे पुल निर्माण र ट्राफिक सिग्नल लाईट जडान गर्नु पर्ने माग स्थानीयद्वारा गरिंदै आएको थियो । तर, बाँके क्षेत्र नम्बर २ का सांसद राई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएको सानो समयमै यी दुबै माग पुरा भएका छन् पाँच ठाउँमा आकाशे पुल निर्माणको मन्त्री राईले शिलान्यास समेत गरिसकेका छन् भने ट्राफिक सिग्नल लाईट जडानको शिलान्यास पनि केही दिनमा गरिने भएको छ । 


मन्त्री राईले डुडुवा गाउँपालिकामा पाँच वटा पक्की पुलसँगे हुलाकी राजमार्गमा रहेको डुडुवाको पुल र राप्ती नदीमा नयाँ पुल निर्माणको पनि शिलान्यास गरिसकेर प्रक्रिया अगाडी बढेको सडक डिभिजन तथा हुलाकी राजमार्ग कार्यालयले जनाएको छ । 
उहाँ यसअधि सहरी विकास मन्त्री रहेको बेला पनि नेपालगञ्जमा ५२ वटा सडकहरूसंगे हाईमास्ट लाइट, भेरी अस्पतालको अत्याधुनिक भवन, अत्याधुनिक सभाहलसंगे दर्जनो मन्दिर, मस्जिद लगायतका धार्मिक स्थलहरुको पनि जिर्णोद्धार र निर्माण गराईसक्नु भएको छ ।
 

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…